Author: महेन्द्रनगर पोष्ट

खोटाङ – खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ म्याग्निच्युडको भूकम्पको क्षतिको विवरण संकलन भइरहेको छ । हालसम्म जनधनको क्षति भएको जानकारी नआएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले जानकारी दिएका छन्। मात्तिमविर्तामा एक घर चर्किएको र एक घरको टायल खसेको जानकारी आएको वडाध्यक्ष जीवन न्यौपानेले बताए। हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले वडा कार्यालयमार्फत क्षतिको विवरण उपलब्ध गराउन सूचना जारी गरेकी छन् । यस्तै, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा केही घरको पर्खालको ढुंगा खसेको वडाध्यक्ष कमल गिरीले बताए । भूकम्पका कारण स्थानीय अत्तालिँदै घर बाहिर निस्केका थिए । पटक–पटक पराकम्पन आएपछि नागरिकमा त्रसित भएका छन् । आज बिहान ८ बजेर…

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर दोब्बरले वृद्धि भएको छ। शुक्रबार १९ जनामा सङ्क्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। यसका साथै साउन महिनाको दुई साताको सङ्क्रमण दर हेर्दा पनि पहिलो भन्दा दोस्रो साता दोब्बरले बढेको पाइएको छ। पहिलो साता ५६ जनामा सङ्क्रमण देखिएकामा दोस्रो साता थप एक सय १३ जनामा सङ्क्रमण पुष्टि भएको छ। भारतमा कोरोना सङ्क्रमण दर नियमितरूपमा बढिरहेकाले सीमा जोडिएको यस प्रदेशमा सङ्क्रमण दर बढ्दै गएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । दुई हप्ता अगाडि शून्यमा झरेको कोरोना सङ्क्रमण दर हाल बढ्दै गएसँगै जोखिम बढेको हो…

Read More

काठमाडौँ – पोखरामा ६ महानगरपालिकाका प्रमुखहरूले संघीय संसदबाट महानगरपालिकाका लागि छुट्टै ऐन जारी गर्न माग गरेका छन् । पोखरामा आयोजित महानगरपालिकाका मेयरहरूको बैठकपछि संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै महानगरपालिकाहरूका लागि छुट्टै ऐन माग गरिएको हो । ‘‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानुनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै महानगरपालिकाहरूका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न समेत अनुरोध गर्दछौँ,’ पोखरा घोषणापत्रमा उल्लेख छ । यसबाट संघीय राज्य व्यवस्थाको सफल कार्यान्वयन सुनिश्चित गर्नका लागि सङ्घ र प्रदेश सरकारहरूसँगको समन्वय, सहयोग र सहकार्यलाई अझ घनीभूत गर्दै महानगरीय सुशासन, नीति तथा योजना व्यवस्थापन, विकास निर्माण र सेवा…

Read More

काठमाडौं – जुम्लाको कनकासुन्दरी गाउँपालिका १ बुलबुलेमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहान करिव साढे ६ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा राराछायानाथ नगरपालिका मुगुका दीपक तिरुवा रहेका छन् । गाडी सुर्खेत बाट मुगुका लागि छुटेको थियो । लु १ ज ३७३४ नम्बरको गाडी बेक्र फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । कानकासुन्दरी गाउँपालिका १ जुम्लाका ड्राइभर दलबहादुर बुढा घाइते छन् । उनलाई प्रतिष्ठान जुम्लामा ल्याइएको छ । गाडीमा ५ जना यात्रु सवार थिए। अरू सकुशल रहेका छन् ।

Read More

काठमाडौं – काठमाडौँमा फेरि भूकम्पको धक्का महसुस भएको छ ।आइतबार बिहान करिब  ८ बजेर १५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । थप विवरण आउन बाँकी

Read More

आज साउन १५ अर्थात् खीर खाने दिन । आज देशभर खीर खाएर साउन १५ मनाइँदै छ। खीरलाई पवित्र भोजनको रूपमा पनि लिइन्छ । असार १५ मा दही चिउरा खाएको ठिक एक महिनापछि साउन १५ मा खीर खाने चलन रहँदै आएको छ । परम्परादेखि नै साउन १५ मा खीर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ। साउन १५ मा खीर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्त्व पनि रहेको हुन्छ। मानिसमा रोगसँग लड्ने क्षमता बढाउनमा खीर उपयोगी भएको मानिन्छ भने गोठधुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुँदा यसको सांस्कृतिक महत्वसमेत रहँदै आएको छ । खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा,…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। संसदीय छानविन विशेष समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएकाले माओवादीले फेरि शर्मालाई नै अर्थमन्त्रीको रूपमा पठाउने कि अर्को व्यक्तिलाई पठाउने भन्ने निर्णय गर्न सक्ने सम्भावना छ । यसअघि शुक्रबार बसेको स्थायी कमिटि बैठकले प्रदेश बैठकका सेड्यूल हेरफेर गरेको थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठकहरु सारिएको थियो।

Read More

धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेसमेतको मिलेमतोमा पूर्वअर्थमन्त्री जनार्दन शर्माको कमजोरी ढाकछोप गरिएको आरोप लगाएका छन् । शनिबार धनगढीमा आयोजित पार्टीको कार्यक्रममा लामिछानेले पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिनमा यही कारण एमाले मौन रहेको आरोप लगाए। ‘देशमा सत्ता पक्ष र प्रतिपक्ष छन् भनिन्छ तर मैले प्रतिपक्ष देखिन खोइ कहाँ छ? अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसँग एम अधिकारी साटफेर गर्ने प्रतिपक्ष हुन्छ’, लामिछानेले भने । पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिनमा यही कारण एमाले मौन रहेको लामिछानेले आरोप लगाए । विश्वले सूचना प्रविधिमा फड्को मारिरहेका बेला सरकारले सीसीटीभी फुटेज रिकभर हुँदैन भनेर नागरिकमाथि भद्दा मजाक गरिरहेको टिप्पणी गर्दै लामिछानेले भने ‘म चुनौतीका साथ भन्छु…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्जी जम्प गर्ने चाहना व्यक्त गरेका छन् । शनिबार आयोजित पार्टीको युवा संगठन राष्ट्रिय युवा संघको कार्यक्रममा ओलीले बन्जी जम्प गर्ने चाहना व्यक्त गरेका हुन् । उनले बन्जी जान मन भए पनि उमेरका कारण डाक्टरलाई सोध्नुपर्ने बताउँदै भने–‘मलाई पनि बन्जी जम्प जाउँजाउँ जस्तो लाग्छ । तर अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भनेर समस्या हुन सक्छ । डाक्टरलाई सोधेर जानुपर्छ’ । ओलीले साहसिक खेल, पर्वतारोहणजस्ता क्रियाकलापमा युवाको सहभागी हुनुपर्ने भनाइ छ ।

Read More

दार्चुला – दार्चुलामा एक जना पुरुष बेपत्ता भएका छन । जिल्लाको अपि हिमाल गाउँपालिका वडा नं ३ रातोभिटा घर भएका अन्दाजी ५० वर्षीय करविर कार्की वेपत्ता भएका हुन् । बिहिबार साँझ आफनै पसल कोलीगाडबाट घर जाने बेला बाटोबाटै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी जगत मगरले जानकारी दिनु भएको छ । बेपत्ता भएका कार्कीको खोजी कार्य भइरहेको उहाँले बताउनु भयो । बेपत्ता कार्कीको अहिलेसम्म एउटा मोबाइल फोन बाहेक अन्य केही नपाएको प्रहरीले जनाएको छ । बेपत्ता कार्कीलाई खोज्न खण्डेश्वरी प्रहरी चौकी तथा लटिनाथबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतिक विष्टले बताउनु भयो ।…

Read More