Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाएको छ । निवर्तमान अर्थमन्त्री शर्माविरुद्ध लागेको आरोपमाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको मंगलबार बसेको बैठकले शर्मालाई बुधबार बोलाएर बयान लिने निर्णय गरेको हो ।​​ छानबिन प्रक्रिया अन्तिम चरणतर्फ पुग्दै गर्दा संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रीविरुद्ध अभियोग पुष्टि हुने कुनै प्रमाण भेट्टाउन सकेको छैन । समितिका एक सदस्यले छानबिनको काम भइरहेको र अहिलेसम्म पहिलो चरणको सम्पन्न बताएको बताए । उनले अब प्राप्त तथ्यलाई केलाएर विस्तृत प्रतिवेदन तयार गरेर सभामुख समक्ष पेस गर्ने बताए । समितिले यही बिहीबारसम्ममा आफ्नो प्रतिवेदन बुझाउनुपर्ने छ । असार २२ गते प्रमुख प्रतिपक्षी दल…

Read More

काठमाडौं – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले दुई सञ्चारमाध्यमविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् । उनले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजूरी दिएका हुन्। तथ्यहीन र भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै मेयर शाहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनलाई कारबाही गर्न माग गर्दै प्रेस काउन्सिलमा उजूरी दिएका हुन्। ‘नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनले काठमाडौँ महानगरपालिकाले अमुक संस्थालाई अनुदान दिने उद्देश्यले बजेट विनियोजन गरेको भन्ने विषयक भ्रामक र तथ्यहीन समाचार प्रकाशन प्रसारण गरी पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६ सहित)को दफा ४ बमोजिम कर्तव्य पालना गरेको नदेखिएकोले सोही आचारसंहिताको दफा ७ बमोजिम नेपाल समाचारपत्र र हिमालयन टेलिभिजन प्रकाशन प्रशारण गर्ने…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५४ जनाले ज्यान गुमाएका छन्। मंगलबार ६२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १ हजार ९८२ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा १ हजार ८५७ पीसीआर तथा १ हजार ५०० एन्टिजेन परीक्षण भएको छ।

Read More

काठमाडौं – नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गहना चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गौरीघाट बस्ने सिन्धुपाल्चोक चौतारा घर भएका १८ वर्षीया किशोरी, सर्लाही लालबन्दी नगरपालिका–१६ घर भएका २० वर्षीय सिद्दार्थ बुढाथोकी र काठमाडौं खरिबोट बस्ने गुल्मी मुर्साकोट नगरपालिका–२ घर भएका २५ वर्षीय विष्णु पछाई रहेका छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । असार २३ गते राति काठमाडौं महानगरपालिका–१ नक्साल नागपोखरीस्थित सन्तोषी माताको मन्दिरको ताल्चा फोडी करिब १२ लाख बराबरको सुन तथा चाँदीका गहना चोरी भएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी…

Read More

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता जारी छ । समाजवादी केन्द्र गठनबारे छलफल भइरहेको स्रोतको भनाइ छ । समाचार स्रोतका अनुसार दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेता पनि सिंहदरबार आउनेछन् । अपराह्न उनीहरूको त्रिपक्षीय छलफल गर्ने तय गरेका छन् ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो रहेको बताएका छन्।नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा आज राजधानीमा आयोजित ६०औँ इन्जिनियर दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशलाई समृद्ध बनाउन सडक, पुल, पुलेसा, नहर जलविद्युत् आयोजना तथा सूचना र प्रविधिको विकासको आवश्यकता रहेको बताएका हुन्। प्रधानमन्त्री देउवाले लागत किफायती, गुणस्तरीय र वातावरणमैत्री पूर्वाधार निर्माण गर्नु नै नयाँ नेपालको आधारशिला भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। उनले मुलुकको वर्तमान आवश्यकतालाई मध्यनजर गरी इन्जिनियरहरुले दिगो, वातावरणमैत्री र जनताको जीवनयापनमा गुणस्तर वृद्धि हुने गरी कार्य गर्न आवश्यक भएको बताए। नवीनतम विज्ञान र प्रविधिलाई देश सुहाउँदो हुने गरी आवश्यक पूर्वाधार निर्माणका माध्यमबाट…

Read More

काठमाडौँ – आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्डमा एक दिवसीय श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ । टोली दिउँसो तीन बजे नेपाल आइपुग्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । राष्ट्रिय क्रिकेट टोली गएको असार १४ गते क्यानडा गएको थियो । त्यहाँ अभ्यास खेल खेलेर स्कटल्यान्ड पुगेको थियो । स्कटल्यान्डमा नेपालले घरेलु टोली र नामिबियासँग दुई-दुई खेल खेलेको थियो । चार खेलमा नेपाल तीनमा पराजित हुँदा एउटा मात्रै खेल जितेको थियो । नेपालले घरेलु टोली स्कटल्यान्डलाई एउटा खेलमा हराएको थियो । नेपाल २० खेलमा १७ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । यो तालिकामा ओमान ३६ खेलमा…

Read More

काठमाडौं – श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि नयाँ राष्ट्रपतिका लागि मंगलबार संसदमा मनोनयन हुँदैछ। गत हप्ता आर्थिक संकट विरुद्धको भीषण प्रदर्शनपछि गोटाबाया देश छोडेर भागेका थिए। बुधबार सांसदहरूले नयाँ राष्ट्रपति चयनको लागि मतदान गर्ने छन्। कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई सत्तारुढ श्रीलंका पिपुल्स फ्रन्टको समर्थन रहेकोले उनी यो अरुभन्दा बलियो देखिएका छन्। ट्रेड युनियनहरूले भने रनिल विक्रमासिंघेको राजपाक्षे परिवारसँग घनिष्ट सम्बन्ध भएकाले उनको मनोनयनको विरोध गर्ने बताएका छन्। श्रीलंकाका प्रमुख विपक्षी नेता सजिथ प्रेमदासाले राष्ट्रपतिको उम्मेदवारीबाट आफ्नो नाम फिर्ता लिने बताएका छन्। उनले केही दिनअघि मात्र उनले राष्ट्रपति पदमा उम्मेदवारी दिने बताएका थिए। एसजेबी पार्टीका नेता सजिथ प्रेमदासालेले ट्विटमा लेखेका…

Read More

काठमाडौँ – गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा भाग लिएका मध्ये रोल्पाका अधिकांश उम्मेदवारले तोकिएको समय भित्र खर्च विवरण पेस गरेका छैनन् । मत परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्चको समग्र विवरण बुझाउनु पर्ने प्रावधान रहे पनि रोल्पाका अधिकांश जनप्रतिनिधिले उक्त प्रावधान लत्त्याएका छन् । जिल्लाको दश स्थानीय तहमा उम्मेदवार बनेका १ हजार २३३ मध्ये ५७४ जनाले मात्रै निर्वाचन खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ । जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाको नगरप्रमुखमा ५ र उपप्रमुखमा ४ जनाको उम्मेदवारी परेकोमा दुवै पदका चार-चार जनाले खर्च विवरण पेस गरेका छन् । नगर उपप्रमुखमा…

Read More

काठमाडौं – अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ‘आर्थिक सहायाता’को नाममा मनपरी रकम वितरण गरेको पाइएको छ । यस्तो रकम गृह मन्त्रालय मार्फत राजनीतिक दलका पहुँचवाला नेता तथा कार्यकर्ता र संस्थाहरुलाई उपलब्ध गरिएको हो । आर्थिक सहयताको नाममा तीन वर्षमा ३० करोड रुपैयाँभन्दा बढी रकम बाँडेको पाइएको छ । यो प्रतिवेदन कुनै निजी संस्थाको होइन, सरकारी निकायले तयार पारेको प्रतिवेदनमा ओली नेतृत्वको सरकारले उक्त रकम आर्थिक सहायता शिर्षकमा वितरण गरेको देखाएको हो । महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सममको तीन वर्षमा आर्थिक सहायता शिर्षकमा कूल ३० करोड १० लाख २९ हजार…

Read More