काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता जारी छ ।
समाजवादी केन्द्र गठनबारे छलफल भइरहेको स्रोतको भनाइ छ ।
समाचार स्रोतका अनुसार दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेता पनि सिंहदरबार आउनेछन् । अपराह्न उनीहरूको त्रिपक्षीय छलफल गर्ने तय गरेका छन् ।
Facebook Comments Box