Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिनुभयो । उहाँका अनुसार देखिएको सङ्क्रमणमा निर्देशक दासले नयाँ प्रजातिको ओमिक्रोन भेरियन्टको अध्ययन गरिरहेको बताउनुभयो । “हामीलाई पनि हिजो धुलिखेल अस्पतालबाट ओमिक्रोनको नयाँ प्रजातिका बारेमा जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “कुन बिरामीमा ओमिक्रोनको नयाँ प्रजाति भेटिएको भन्नेबारमा हामीले अध्ययन गरिरहेका छौँ ।” नेपालमा यसभन्दाअघि ओमिक्रोनको द्यब्द्द प्रजातिको भेरियन्ट भेटिएको थियो । महाशाखाले पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सङ्क्रमित बिरामीको…

Read More

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेस प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । अर्थमन्त्री शैलेन्द्र साहले आफ्नो गृह जिल्ला सप्तरीमा अवैधानिक तरिकाले २० करोड रुपैयाँ दिएको भन्दै लोसपाका सांसदले बैठक अवरुद्ध गरेका हुन् । बैठक सुरु हुनासाथ लोसपा सांसद परमेश्वर साहले सप्तरीमा विनियोजन गरेको २० करोड रुपैयाँबारे जवाफ नदिएसम्म बैठक चल्न नदिने बताएका थिए । यसपछि सभामुख सरोज यादवले अर्थ मन्त्री साहलाई जवाफ दिन भनेपछि साहले प्रक्रिया पुर्‍याएर नै आफूले बजेट दिएको बताए ।

Read More

काठमाडौं – अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ खुला भएको छ । कम्पनीको १८ लाख २० हजार ४७५ कित्ता साधारण सेयरका लागि सोमबारदेखि आवेदन खुला भएको हो । कम्पनीको कुल १ अर्ब ३५ करोड पूँजीबाट २४.५ प्रतिशत अर्थात ३३ लाख ७ हजार ५ सय कित्ता साधारण सेयर निष्काशन गरिएको थियो । यसमध्ये १३ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँट गरिएको छ । ३९ हजार १५० कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरिएको छ । ९७ हजार ८७५ कित्ता सेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी १८ लाख २० हजार ४७५ कित्ता सेयर सर्वसाधारणका लागि खुला भएको…

Read More

डोटी– डोटीका चार वटा पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएका छन् । डोटीका शिखर नगरपालिका, जोरायल, बोगटान फुड्सिल तथा बडिकेदार गाउँपालिकालाई हालै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । जिल्लाका नौ स्थानीय तहमध्ये चार पालिकाले आफ्ना पालिकाभरिमा रहेका १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप लगाइ पूर्णखोप पाएको सुनिश्चित भएपछि पूर्णखोपयुक्त पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए । जिल्लाका बाँकी रहेका पाँच वटा स्थानीय तहलाई पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नका लागि अभियान सञ्चालन भइरहेको जिल्ला पूर्णखोप समन्वय समिति डोटीले जनाएको छ । उक्त अभियानअन्तर्गत अन्य पालिकामा बाल मृत्युदर घटाउने उद्देश्यका साथ १५ महिनाभित्रका…

Read More

काठमाडौँ – काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षा गार्डले ड्युटी समयमै आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैँलाई गोली हानेका हुन् । घटनाबारे सूचना पाए लगत्तै त्यसबारे बुझ्न काठमाडौँ उपत्यका अपराध अनुसन्धानका एसपी दिनेश आचार्य दूतावास पुगेका थिए । घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गरी शव व्यवस्थापन गर्ने तयारी गरेको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । स्रोतका अनुसार सिंहले ड्युटीमा रहेका बेला इन्सास राइफलबाट आफैँलाई गोली चलाएको र उनको घटनास्थलमै मृत्यु भएको दूतावासका अधिकारीले…

Read More

धनगढी – अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर विनोद शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरुले नाराबाजीसहित जिल्ला सरकारी वकिलको कार्यालय र अदालत घेराउ गर्न खोज्दा अछाम सदरमुकाम मंगलसेनमा तनाव भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्दै केही राउण्ड हवाइ फायर समेत गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) नारायण डाँगीले अभियुक्तलाई अदालत पेश गर्ने तयारी भइरहेका बेला नाराबाजी गर्दै स्थानीयबासिन्दाले सरकारी वकिलको कार्यालय र जिल्ला अदालत घेराउ गर्न खोजेपछि बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिइएको बताए । पीडित पक्षले सरकारी वकिल कौशल ढुङ्गानाले…

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकले १८ अर्ब एक करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ९१ दिनको अवधिको लागि ९ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल असोज १८ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि ८ अर्ब ९१ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल वि.सं २०८० साल असार १९ गते परिपक्क हुनेछ । राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज असार २०…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादाबाहिर गएर लेखेको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्ना धारणा राख्दै अध्यक्ष ओलीले त्यसबेला तत्कालीन प्रधानसेनापतिले पत्र लेखेको विषयबारे बोलेका हुन्। उनले प्रधानसेनापतिले राजदूतलाई लेखेको पत्रबारे जानकारी समेत नगराएको बताए। ‘तत्कालीन प्रधानसेनापतिबाट काम भएको छ’, ओलीले भने, ‘यसमा नेपाली सेनाको मैले बाहिर सुन्छु, नेपाली सेना यस्तो चर्चामा आउनुपर्ने पात्र होइन। सेनाले सोझै एम्बेसीलाई पत्र लेख्ने कुरा मर्यादा बाहिर हो। त्यतिखेर प्रधानमन्त्रीलाई अवगत गराइएन । त्यसपछि यो विषय चुपचार रह्यो कसैले चर्चा पनि गरेन।’ ओलीले ‘इनफ’ भन्दा बढी नै भइसकेपछि यहाँ बोल्न बाध्य भएको बताए। ‘इनफ इज…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री हेरफेर गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले तीन जना मन्त्री नियुक्त गरेकी हुन् । जसपाबाट मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको हो । जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । महिन्द्राराय यादव, रेणु यादव र रामसहाय प्रसाद यादवलाई हटाएर उनीहरूलाई नियुक्त गरिएको हो । नवनियुक्त मन्त्रीहरूको सोमबार अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथग्रहण हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षमा छैटौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

Read More

बुटवल – रुपन्देहीबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेहि दुसेन, ५१ वर्षीय अकबर खान र ५५ वर्षीय आसिक अली रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी निरीक्षक युवराजजंग कार्कीको कमाण्डमा खटिएको गस्ती टोलीले उनीहरुलाई पक्रेको हो । गएराति करिब साढे ८ बजे लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ बसपार्कबाट भारतीय नम्बर प्लेटको मोटरसाइकललाई शंका लागेर प्रहरी टोलीले पिछा गरेको थियो । प्रहरीका अनुसार पिछा गर्ने क्रममा मोटरसाइकल अनियन्त्रित भई गोरुलाई…

Read More