काठमाडौँ – काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षा गार्डले ड्युटी समयमै आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।
दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैँलाई गोली हानेका हुन् ।
घटनाबारे सूचना पाए लगत्तै त्यसबारे बुझ्न काठमाडौँ उपत्यका अपराध अनुसन्धानका एसपी दिनेश आचार्य दूतावास पुगेका थिए ।
घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गरी शव व्यवस्थापन गर्ने तयारी गरेको छ ।
उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
स्रोतका अनुसार सिंहले ड्युटीमा रहेका बेला इन्सास राइफलबाट आफैँलाई गोली चलाएको र उनको घटनास्थलमै मृत्यु भएको दूतावासका अधिकारीले नेपाल प्रहरीलाई जानकारी गराएका छन् ।
Facebook Comments Box