Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी भने प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँ र चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको हो भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं – बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष समितिको बैठक अहिले केही बेरमा बस्ने भएको छ । शर्मामाथि छानबिन गर्न बनेको समितिले आज अर्थ मन्त्रालयका सहसचिवहरुसँग छलफल गर्नेछ। यसैबीच समितिले हिजोबाट अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरू गरेको छ। शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल गेटदेखिका सिसिटिभीका गतिविधिहरूमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको हो। समितिका सचिव सुरेन्द्र अर्यालले शनिबार राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र शनिबार नै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थसचिवसँग पनि छलफल गरेका थिए। तत्कालीन अर्थमन्त्री शर्माले २०७९÷८० को बजेट बनाउने क्रममा…

Read More

काठमाडौं – मन्दाकिनी हाइड्रोपावर सर्वसाधारणका लागि आज साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । निष्कासन गर्न लागेको कुल आईपीओमध्ये २३ हजार ५२१ कित्ता कर्मचारीका लागि र ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । १२ साउनसम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन…

Read More

काठमाडौं – गुल्मीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा एक महिने मेला सुरु भएको छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला आयोजना गरेको हो । रेसुङ्गामा पूजा आज गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, बाग्लुङ्ग, प्युठान, रुपन्देही, दाङलगायतका नेपालका विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजनहरू आउने गर्दछन् । पोखरीमा नुहाउन तथा पूजा गर्नेहरूको साउनभर भिड लाग्ने गर्दछ । आज पहिलो दिन भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । साउन १ गते, औँसी र एकादशीका दिन यहाँ विशेष चहलपहल हुन्छ । रेसुङ्गाको पोखरीमा नुहाउनाले पाप नष्ट हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ । यही…

Read More

काठमाडौं – नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (अनुवाद) विभागद्वारा शुक्रवार ‘नेपालमा अनुवादका समस्या र निराकरणका उपायहरू’ विषयक विचार–गोष्ठीको आयोजना गरियो । सहभागी वक्ताहरूले उत्कृष्ट अनुवादका लागि सिद्धान्त अनुसारको अभ्यास गर्नुपर्नेमा जोडदिए । कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा–साहित्यलाई विश्वस्तरमा लैजान नेपाल प्रज्ञा–प्रतिष्ठानले अनुवाद कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनका अनुसार चिनियाँ भाषाका साहित्यिक कृति नेपाली भाषामा र नेपाली भाषाका साहित्यिक कृति चिनियाँ भाषामा अनुवाद भइरहेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन दुई किसिमले चीनमा अनुवाद भइरहेको छ। सन् २०१९ मा बेइजिङमा भएको सम्मेलनले एसियाका प्राचीन ग्रन्थको अनुवाद गर्ने निर्णय गरेको थियो, त्यसअनुसार चीनले व्यवस्थित कार्यक्रम बनायो । जसमा एसियाका १६ देशका…

Read More

काठमाडौँ- डा. बाबुराम भट्टराई पक्षलाई कारबाहीको निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र पक्ष आज विवरण अध्यावधिकका लागि निर्वाचन आयोग जाने तयारीमा छ। यादव पक्षका केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले विवरण अध्यावधिकका लागि आज निर्वाचन आयोग जान लागेको बताए। यादव पक्षको वीरगञ्ज बैठकले संघीय परिषद् अध्यक्षबाट डा. भट्टराईलाई हटाएर सो जिम्मेवारी अशोक राईलाई दिने निर्णय गरेको थियो। साथै भट्टराईसहित केन्द्रीय कार्यकारीणी समितिका नौ जना नेताहरुलाई यादव पक्षले पदमुक्त गरेको थियो। सोही विवरण अध्यावधिक गर्न यादव पक्ष निर्वाचन आयोग जाने तयारीमा छ। राजनीतिक रुपमा विभाजित भइसकेको जसपा निर्वाचन आयोगमा पुगे कानुनी रुपमा पनि औपचारिक विभाजनको प्रक्रिया सुरु हुनेछ। निर्वाचन आयोगले…

Read More

काठमाडौं – हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज र भोलिको देशभरको मौसम सामान्य रहने भएको छ। हाल प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेश भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। भोलिसम्म देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका केही स्थान र अन्य केही ठाउँमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि राति भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि…

Read More

काठमाडौं – संयुक्त राष्ट्र सङ्घ (युएन) ले नेपाली सेनाका उपरथी निर्मल कुमार थापालाई शुक्रवार फोर्स कमान्डर नियुक्त गरेको छ । युएनका महासचिव एन्टोनियो गुटेरेसले गुटेरेसले थापालाई सिरिया र इजरायलबिचको विवादित क्षेत्र गोलान हाइटमा ४० भन्दा बढी मुलुकका शान्ति सैनिकहरूलाई ‘युएन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स’ को नेतृत्व गर्ने जिम्मेवारी दिएका हुन् । शान्ति मिसनको दुई वर्षे जिम्मेवारी पूरा गरेर फर्किसकेका नेपाली सेनाका रथी ईश्वर हमालको ठाउँमा थापाले गएर काम गर्नेछन् । सैनिक मुख्यालयको युद्ध महानिर्देशनालयको महानिर्देशकका रूपमा कार्यरत उपरथी थापालाई नेपाली सेनाको सिफारिसमा सरकारले फोर्स कमान्डरका स्वीकृति दिएको थियो ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रवादी वामपन्थी शक्तिहरू एकै ठाउँमा आउनुपर्ने अवस्था आएको बताएका छन् । नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) ले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपालले असंलग्न परराष्ट्र नीति लिनु पर्ने र यसमा सबै राजनीतिक दलको ऐक्यवद्धता हुनुपर्ने बताए । कार्यक्रममा उनले नेपालमा देशभक्त कोही भए वामपन्थी दलहरू मात्रै भएको दाबी पनि गरे । यही कारण वामपन्थी दलहरूलाई कमजोर बनाउन चौतर्फी रुपमा आक्रमण भइरहेको बताए । जब देशमा वामपन्थीहरू कमजोर हुन्छन् त्यसपछि अन्य मुलुकले पनि हस्तक्षेप गर्न सहज हुने भएकाले सबैले कमजोर बनाउ लागेको उनले बताए । कार्यक्रममा उनले अब वामपन्थीहरू कुनै न कुनै रुपमा एकबद्ध हुनुपर्ने पनि बताए…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन हजार ९० परीक्षणमा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एक हजार १९९ पीसीआर परीक्षणमा १५२ जना र एक हजार ८९१ एन्टिजेन परीक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ रहेको छ । नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या १३८५ पुगेको छ । संक्रमितमध्ये एक हजार ३४४ जना होम आइसोलेसनमा छन् भने ४१ जना संथगत आइसोलेसनमा छन् ।

Read More