Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको हो भन्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिन्छ ।” आगामी सङ्घ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्न दाबी गर्दै निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुनसक्छ ।” वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रदेश नं १ को नामकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको चर्चा गर्दै यसका लागि साझा…

Read More

सुर्खेत – पानी ट्याङ्कीमा डुबेर दैलेखमा दुई जना बालबालिकाको मृत्यु भएको छ । दुल्लु नगरपालिका-३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार बेलुका मृत्यु भएको हो । कर्णाली-कोटाछाल- दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए । ‘सोमबार बेलुका उनीहरू मृत फेला परेको भनेर हामीलाई खबर आएको थियो । दुई बालबालिकाको मृत्यु भएको पुष्टि भएछ,’ उनले भने ।

Read More

काठमाडौं – नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको छ। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा आइपुगेको छ। मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं– बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर पूर्वअर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गराएको आरोपमाथि छानबिन गर्न गठित संसदीय समितिले मंगलबार सीसीटीभी फुटेजका विषयमा प्राविधिक तथा विज्ञसँग छलफल गर्दैछ। संसदीय समितिले अर्थ मन्त्रालयका १० जना कर्मचारीसँग बयान लिइसकेको छ। विज्ञसँग छलफल गरेपछि समितिले पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने तयारी गरेको छ। अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करसहित समितिले अहिलेसम्म १० जना कर्मचारीसँग सीसीटीभी फुटेजका सम्बन्धमा शोधपुछ गरिसकेको छ। समिति सदस्य देव गुरुङका अनुसार फुटेजका विषयमा जानकार व्यक्तिसँग मंगलबार छलफल हुन लागेको हो। यसअघि सोमबारको समितिले मन्त्रालयका आईटी विज्ञसँगसमेत छलफल गरिसकेको छ। गत मंगलबारदेखि छानबिन सुरु गरेको संसदीय समितिले शोधपुछ र…

Read More

काठमाडौँ – ६० औँ इन्जिनियर दिवस आज मनाइँदै छ । दिवसको अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रम आयोजना गर्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थितिमा हुने समारोहमा राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्‍याउने इन्जिनियर र संस्थाहरूलाई सम्मान समेत गरिनेछ । एसोसिएसनका केन्द्रीय सदस्य अनुपम पराजुलीका अनुसार कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, इन्टरप्रेनरसिप अवार्ड, शहीद नवराज विष्ट मेमोरियल अवार्ड, युथ प्रोफेसनल अवार्ड, महिला इन्जिनियर अवार्ड, इन्जिनियरर्स एप्रिसियसन अवार्ड र बेस्ट इन्नोभेसन अवार्ड वितरण गरिने छ । आज दिउँसो २ बजेपछि भने फोहोरको दीर्घकालीन व्यवस्थापन र स्थानीय सरकारमा सूचना प्रविधिको प्रयोग सम्बन्धी विषयमा छलफल हुने छ । साँझ ५ बजेपछि…

Read More

म्याड्रिड–दक्षिणी स्पेनको मारबेलामा रहेको ओपियम नाइटक्लबमा सोमबार बिहान गोली र चक्कु हानाहानमा कम्तीमा पाँच जना घाइते भएका छन् । पीडितमध्ये दुई जना सघन उपचारमा रहेको स्थानीय आपत्कालीन सेवाले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । बन्दुकधारी कोस्टा डेल सोल अस्पतालमा प्रहरी हिरासतमा छन् । उनलाई धेरै चोट लागेको छ । गोली लागेर अस्पताल लगिएका अन्य चारमध्ये दुई जनाको सघन उपचार भइरहेको छ । प्रहरीले गोली प्रहार गर्नेलाई साथ दिएका २६ वर्षीय एकजना संदिग्धलाई पनि पक्राउ गरेको छ ।

Read More

बैतडी – पहिलोपटक जिल्ला अस्पताल बैतडीमा नौ चिकित्सकले सेवा दिन थालेका छन् । दरबन्दीका चिकित्सकको समेत अभाव झेलिरहने जिल्ला अस्पतालमा पछिल्लो समयमा भने दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिन थालेका हुन् । पहिलोपटक जिल्ला अस्पतालमा दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिइरहेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो । उहाँहरु छात्रवृत्ति र करार सेवाका रहेका जनाइएको छ । अस्पताल स्थापना भएको विसं २०३३ देखि पहिलोपटक दुई विशेषज्ञसहित नौ चिकित्सकले अस्पतालमा सेवा दिन थालेका हुन् । जिल्ला अस्पतालमा अन्य दरबन्दीका स्वास्थ्यकर्मीको पनि अभाव नरहेको सूचना अधिकारी पन्तले बताउनुभयो । अस्पतालमा अहिले एक एमडिजिपी चिकित्सक छन्…

Read More

काठमाडौं – क्याप्टेन रामेश्वर थापाको गाडीको ठक्करबाट तीन जना घाइते भएका छन् । काठमाडौंको चक्रपथस्थित भाटभटेनी नजिकै थापाको प्रदेश ३–०१–०२२ च ४४३७ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका हुन् । प्रदेश ३–०२–००९ प १७८२ नम्बरको मोटरसाइकलमा सवार दुई जना र अर्का एक सडकमा हिँडिरहेका एक बालक घाइते भएको प्रहरी स्रोतले जनाएको छ। घाइते हुनेमा मोटरसाइकलमा सवार काभ्रेका विवेक अधिकारी र ओखलढुंगाका सुदिप खतिवडा रहेका छन् । उनीहरुको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ भने काठमाडौँकै जरंखुका बालक रुक्सल थापाको चाहिँ त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी स्रोतको भनाइ छ । प्रहरीले ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिएको छ…

Read More

काठमाडौं – सशस्त्र प्रहरीका अधिकृतहरूलाई लक्षित गरी फ्रेन्च भाषा प्रशिक्षण कक्षा सुरु गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा सोमबार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सो प्रशिक्षण कार्यक्रमको उद्घाटन गरे । पौडेलले फ्रेन्च भाषाको आवश्यकता र महत्त्व दिनानुदिन बढ्दै गइरहेको चर्चा गर्दै संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा तैनाथीको लागि जाने सशस्त्र प्रहरी कर्मचारीहरुलाई लक्षित गरी फ्रेन्च भाषामा दक्ष बनाउँदै लैजाने संगठन प्रमुखको उद्देश्य अनुरूप उक्त प्रशिक्षण कक्षा सञ्चालन गरिएको बताए । त्यस अवसरमा एलायन्स फ्रँसेका डेपुटी डाइरेक्टर प्रवीण राणाले फ्रेन्च भाषाको महत्त्व तथा आवश्यकता माथि प्रकाश पार्दै सशस्त्र प्रहरी बल नेपाल र फ्रान्सेली संस्थाबीच समझदारी गरी…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरसबाट संक्रमित हुन पुगेका छन् भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाभित्र गरिएको ४ हजार ६५१ जनाको परीक्षणमा ४५७ जनामा संक्रमित भएको पुष्टि हुन आएको छ । यो भनेको सरदरमा १०० जनाको परीक्षण १ जनाका दरले कोरोना संक्रमण हुन थालेको पुष्टयाइँ हो । विगत २४ घण्टाभित्र भएको यो तथ्यांक पछिल्लो ५ महिनायताकै उच्च संक्रमणको अवस्था हो । यो तथ्यांक २ हजार ३ सय ४१ जनाको पीसीआर र २ हजार ३ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा आएको हो । २ हजार ३४१ जनाको पीसीआर…

Read More