सुर्खेत – पानी ट्याङ्कीमा डुबेर दैलेखमा दुई जना बालबालिकाको मृत्यु भएको छ ।
दुल्लु नगरपालिका-३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार बेलुका मृत्यु भएको हो ।
कर्णाली-कोटाछाल- दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए ।
‘सोमबार बेलुका उनीहरू मृत फेला परेको भनेर हामीलाई खबर आएको थियो । दुई बालबालिकाको मृत्यु भएको पुष्टि भएछ,’ उनले भने ।
Facebook Comments Box