काठमाडौं – नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको छ। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा झरेको छ।
त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा आइपुगेको छ। मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments Box