Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारले गएका चार वर्षमा बैठक भत्ता, भ्रमण भत्ता र अनुगमन भ्रमणमा ९२ करोड ८९ लाख ५८ हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार अनुगमन मूल्याङ्कन र अनुगमन भ्रमणमा मात्रै करिब ३९ करोड रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष ०७५-७६ देखि ०७८-७९ सम्ममा पदाधिकारीको बैठक भत्ता, पदाधिकारीको अन्य सुविधा, पदाधिकारीको अन्य भत्ता, कर्मचारीको बैठक भत्ता, अनुगमन मूल्याङ्कन खर्च, भ्रमण र अन्य भत्ता शीर्षकमा १ अर्ब ५ करोड ३० लाख विनियोजन गरेको थियो । त्यसबाट प्रदेशसभाका पदाधिकारीको भत्ता सुविधामा ३ करोड ९५ लाख ५५ हजार ७ सय ८५ रुपैयाँ खर्च भएको छ । जसअन्तर्गत पदाधिकारीहरूको…

Read More

काठमाडौं – मन्त्रिपरिषद्‍को बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। बैठकले प्रतिनिधि र प्रदेशको निर्वाचन मिति ताेक्ने सम्भावना छ। हिजो गठबन्धनको बैठकले आउँदाे मंसिर ४ का लागि चुनाव तोक्न सरकारलाई आग्रह गरेको थियो। सोही निर्णयबमोजिम आजको मन्त्रिपरिषद् बैठकले मिति तोक्ने सम्भावना छ। हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्री देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग परामर्श गरिसकेका छन्। उनले गत मंगलबार मन्त्री र सचिवलाई बोलाएर चुनावको मिति छिट्टै घोषणा हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएका थिए। त्यसअघि आजै बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने भएको छ…

Read More

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा एकैदिन ५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा पाँच सय ४६ जनाको परीक्षण गर्दा ५४ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सङ्क्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ३०, कैलालीका २१ र बैतडीका तीन जना रहेका छन् । तीमध्ये भारतबाट फर्किएका १५ जनामा सङ्क्रमण पुष्टि भएको हो । गड्डाचौकी नाकाबाट फर्किएका सात, गौरीफन्टाबाट छ र झुलाघाट नाकाबाट फर्किएका दुई जनामा सङ्क्रमण निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । यस प्रदेशका भारतसँग सीमा जोडिएका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर नाकामै कोरोना परीक्षण…

Read More

काठमाडौं – देशभर थप ९१५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टिजेन विधिबाट ३२५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको मृत्यु भने भएको छैन । त्यस्तै, थप ५५ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

Read More

काठमाडौं – सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेका छन्। दिउँसो ३ बजेदेखि बैठक सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले बताए। बालुवाटार बैठकमा सम्भवतः आगामी प्रदेशसभा र संघीय निर्वाचनको मिति तय हुन सक्नेछ।

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध प्रदर्शन गरेको छ । राप्रपाले भ्रष्टाचार, नागरिकता विधेयक, संघीयतालगायतको विरोधमा बुधबार देशका ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको हो। त्यसैक्रममा राजधानीको माइतीघर मण्डालामा पनि प्रदर्शन गरिएको छ। प्रदर्शनमा सहभागीहरुले निधारमा कालोपट्टी बाँधेका थिए। माइतीघरदेखि बबरमहलसम्म र्‍याली निकालेर प्रदर्शन गरिएको हो। राप्रपाका विभिन्न भ्रातृ संगठनको संयुक्त आयोजनामा प्रदर्शन भएको हो। प्रदर्शनका क्रममा संवैधानिक राजसंस्था कायम गर्न माग गरिएको छ ।

Read More

काठमाडौं – त्रिभुवन विमानस्थलबाट भारतको मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ । कैलाली जिल्ला प्रहरी कार्यालयले उक्त जहाजमा आतंकवादी रहेको सूचना पठाएपछि सिआईबीले उड्न लागेको जहाजलाई रोकेर यात्रुमाथि खानतलासी गरेको थियो । ढोका बन्द भएर उड्न लागेका बेला सीआईबीले अनुसन्धानका लागि जहाज रोकेको थियो । पक्राउ परेका दुईजना श्रीमान् श्रीमती रहेको पनि प्रहरीले जनाएको छ । उनीहरुको बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले अविरल वर्षा, डुबान, बाढी, पहिरो लगायत विपद्का जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरेर आवश्यक स्रोत साधन सहित पूर्व तयारी गरी तत्काल परिचालित हुन सक्ने अवस्थामा रहन सोही गणमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । प्रहरी महानिरीक्षक सिंहले मानव अधिकारको उच्च सम्मानका साथ बल प्रयोगको सिद्धान्तलाई पूर्ण पालना गरी भीड नियन्त्रण तथा व्यवस्थापनमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण अझ व्यावसायिक बन्दै जाने विश्वास व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, ‘कतिपय अवस्थामा संयमता र धैर्यता गुमाएर गरिएको निर्णयले ठूलो मानवीय क्षति हुन गई प्रहरी आलोचित बन्नु परेको दृष्टान्तहरू हामी माझ प्रशस्तै छन् । त्यसकारण परिस्थिती…

Read More

एजेन्सी – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस एसियाली देशहरुको भ्रमणमा जान लाग्नुभएको उहाँका प्रवक्ताले बताउनुभएको छ । महासचिवका प्रवक्ता स्टेफान डुजारिकका अनुसार महासचिव गुटरेस जापान, मङ्गोलिया र दक्षिण कोरियाको भ्रमणमा जान लाग्नुभएको बताउनुभएको हो । महासचिव गुटरेस बिहीबार जापानका लागि प्रस्थान गर्नुहुने छ । जापानमा उहाँ हिरोसिमामा आयोजना हुने शान्ति स्मारक समारोहमा सहभागी हुनुहुने छ । त्यस अवसरमा उहाँले सन् १९४५ मा भएको हिरोसिमा र नागासाकी हमलाका पीडितहरुसँग पनि भेटघाट गर्नुहुने कार्यक्रम छ । जापानमा रहँदा उहाँले त्यहाँका प्रधानमन्त्री फुमियो किसिदाका साथै अन्य विशिष्ट सरकारी अधिकारीहरुसँग पनि भेटवार्ता गर्नुहुने छ । जापानपछि उहाँ मङ्गोलिया र त्यसपछि दक्षिण कोरियाको भ्रमणमा जानुहुने…

Read More

काठमाडौं – उदयपुरको बेलका नगरपालिका–८ लाहुरेखोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेपछि सुनसरी बराहक्षेत्र नगरपालिकाका पाँच सय घरपरिवारका मानिस फसेका छन् । कोसीे नदीको बाँध फुटेर गाउँ पस्दा बराहक्षेत्र–६ र ९ का पाँच सय घरपरिवारका दुई हजार पाँच सयजना फसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उनीहरु श्रीलङ्का टापुमा फसेको उहाँले बताउनुभयो । त्यस क्षेत्रका स्थानीयवासीलाई स्थानान्तरण गर्ने प्रयास गरे पनि उनीहरु आउन नमानेको र फसेकाहरु सुरक्षित रहेको बताएको सुनसरीका प्रजिअ यादवले बताउनुभयो । यसैबीच कटान गरिएको क्षेत्रमा १ नं प्रदेशका आन्तरिक मामिलामन्त्री केदार कार्की सहितले निरीक्षण गर्नुभएको छ । मन्त्री कार्की सहितको टोलीले कटान गरिएको स्थान, प्रभावितलाई…

Read More