Author: महेन्द्रनगर पोष्ट

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय, बाराले हत्याको आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये ११ जनालाई वीरगञ्ज कारागार पठाइएको छ भने एक नाबालकलाई बाल सुधारगृह, भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका राकेशभक्त पौडेललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका ५० वर्षीय चित्रबहादुर क्षेत्री, ५० वर्षीया दुर्गा खत्री, ५० वर्षीय सन्ते बछार, २६ वर्षीय सन्दीप थापा, २४ वर्षीय सुमन लामा र २६ वर्षीय सुदीप घिमिरे छन । यसैगरी पक्राउ पर्ने अन्यमा जीतपुरसिमरा–२ फूलबारी टोलका ४२ वर्षीय खगेन्द्र रिजाल, सम्झौता…

Read More

काठमाडौं – लुम्बिनी प्रदेशका विवादित स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले आफ्नो परिवारमा उडण्ड मच्चाएको बताउँदै उनका ‘प्रेमी’ भनिने एकराज बस्नेतले कारबाही माग गरेका छन् । जेठ ३१ गते आफू घरमा नभएको समयमा सुरक्षाकर्मीसहित पुगेर श्रीमती र छोरीलाई पिटेको, घरमा तोडफोड गरेको भन्दै वलीलाई कारबाही हुनुपर्ने माग गरेका हुन् । लुम्बिनी प्रदेश सरकारले गठन गरेको छानविन समितिसमक्ष उनले यस्तो बताएका हुन् । बस्नेतको श्रीमतीले वलीले घरमा पुगेर ‘मेरो पोइ खोइ ?’ भन्दै कुटपिट गरेको, तोडफोड गरेको, छोरीलाई कुटपिट गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् । छानविन समिति समक्ष बस्नेतले वलीलाई केही रकम दिनुपर्ने भएको पनि बताएका छन् । वली…

Read More

काठमाडाैं –  नेकपा (एकीकृत समाजवादी)को यही असार ११ र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना लगायत विषयमा छलफल गरिने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। पार्टी स्थापना भएको करिब आठ महिनाको अवधिमा देशव्यापीरूपमा भएका साङ्गठनिक विस्तार, राजनीतिक गतिविधि, जनसरोकारका विविध कार्य, जनतासँग भएका अन्तक्रियाका साथै प्राप्त भएका राजनीतिक उपलब्धिका बारे समीक्षा हुने ती बैठकमा जिल्ला, प्रदेशका वस्तुगत अवस्थाको सम्बन्धित नेताबाट रिपोर्टिङ गरी आवश्यक समीक्षाका साथै नयाँ कार्ययोजना/रणनीति तयार गरिने छ । पार्टीको आज बसेको पोलिटब्यूरो बैठकले समसामयिक राजनीतिक विषयका साथै निर्वाचनको समीक्षा गरेको छ । केन्द्रीय…

Read More

काठमाडाैं – सोमालियाका राष्ट्रपति हसन शेख मोहमुदले शुक्रबार संयुक्त अरब इमिरेट्सको यात्राबाट फर्किएलगत्तै कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको बताएका छन् । सङ्क्रमण पुष्टि भएपछि आफू अलग्गै रहेको बताए । उनले ट्वीटरमा लेखेका छन्, ‘अहिलेसम्म मलाई कुनै लक्षण छैन । सङ्क्रमण देखिँदासम्म मैले आफुलाई अन्य व्यक्तिको सम्पर्कबाट टाढा राख्दै सरकारी सेवालाई निरन्तरता दिइरहनेछु ।’ ‘जनस्वास्थ्यसम्बन्धी सल्लाह र निर्देशनहरू पालन गरेर हामीले सबैलाई सुरक्षित राख्न म आग्रह पनि गर्छु ।’ छैसट्ठी वर्षीय राष्ट्रपति शुक्रबार नै संयुक्त अरब इमिरेट्सबाट फर्किएका हुन् ।

Read More

दार्चुला – दार्चुलामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) दार्चुलाको आयोजनामा गरिएको कार्यक्रममा इन्सेक दार्चुलाका प्रतिनिधि नरेन्द्र सिह कार्कीले इन्सेकले जिल्लामा सन २०२२ को जनवरी देखि जुनसम्म अभिलेख गरेको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले इन्सेकले वर्ष पुस्तक अत्यन्तै प्रभावकारी बन्दै गएको र समाजमा हुने मानव अधिकार हननका घटनाहरुको अवस्था बारे जान्न महत्वपूर्ण माध्यम रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपि प्रतिक विष्टले इन्सेकले वर्षौदेखि प्रकाशन गर्दै आएको वर्ष पुस्तक…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ । काठमाडौँ महानगरको नयाँ बजेट प्रस्तुत गर्ने क्रममा महानगरकी उप प्रमुख सुनिता डङ्गोलले सो बजेट ल्याएको बताएकी हुन् । कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको उनले बताइन्। यो कुल बजेटको २० प्रतिशत हो। महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ। जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ।

Read More

काठमाडौं – पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका छन् । आज (शुक्रबार) नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराएका हुन् । पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो । थप २ महिनामा पनि काम गर्ने अवसर दियो, आलेलाई उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने, ‘पछिल्लो समयमा फिर्ता गर्न छापामार शैलीमा निर्णय भयो ।’ आलेले पार्टीको पछिल्लो निर्णयले आफूहरूको आत्मसम्मानमा चोट पुगेको पनि बताए । उनले भने, त्यसले हाम्रो आत्मसम्मानमा चोट लगाउने काम भएको छ । पार्टीले गरेको निर्णयलाई मान्दै ४८ घण्टाभित्र राजीनामा दिन्छु।’ एकीकृत समाजवादीले यसअघि नै चार…

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशको एक मात्रै उप महानगरपालिका रहेको धनगढीले आगामी आर्थिक बर्षका लागि एक अर्ब ८३ करोड बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको नगरसभाको बैठकमा आगामी आर्थिक बर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै उप प्रमुख कन्दकला रानाले एक अर्ब ८३ करोड ८९ लाख २४ हजार बराबरको बजेट प्रस्तुत गरिन् । आन्तरिक तर्फ २६ करोड ८८ लाख ४६ हजार र अन्य बजेट संघ र प्रदेशको अनुदानबाट प्राप्त हुने उपप्रमुख रानाले बताइन् ।

Read More

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबाट सुनसहित एक युवक पक्राउ परेका छन् । शुक्रबार बिहान ओमानबाट सलाम एयरवेजको उडान नम्बर ४२७ मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका निरन्जन कुमार सिंहले ल्याएको सामान विमानस्थल भन्सार कार्यालयले चेक गर्दा अवैध तरिकाले ल्याएको सुन फेला परेका हो । सिरहाका सिंहले सनसिल्क स्याम्पूको डब्बाभित्र स्याम्पू (झोल) सँगै मिसाएर १०० ग्राम सुन ल्याएका थिए । सिंहलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाएको छ ।

Read More

काठमाडौँ – राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गरेका छन् । आजको बैठकमा सांसद जितेन्द्रनारायण देवले संविधानमा रहेको नागरिकतासम्बन्धी व्यवस्थाका विषयमा सहमति गरी विधेयक अघि बढाउन सरकारसँग आग्रह गरे । उनले भने ‘संविधानमा भएको व्यवस्था बाझिने गरी कानुन बनाउनु हुँदैन ।’ सांसद रामचन्द्र राईले केही सीमित व्यापारिका हितमा हुने गरी बजेटमा करको दर फेरबदल हुनु उचित नभएको टिप्पणी गरे । उनले नागरिकतासम्बन्धी विषय जनताको दैनिकीसँग जोडिएको विषय भएकाले यससम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्न माग गर्दै ढिलै भए पनि गृह मन्त्रालयले यस सम्बन्धमा पहल गरेकामा सरकारलाई धन्यवाद दिए । सांसद बिना पोखरेलले मनसुनी…

Read More