दार्चुला – दार्चुलामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) दार्चुलाको आयोजनामा गरिएको कार्यक्रममा इन्सेक दार्चुलाका प्रतिनिधि नरेन्द्र सिह कार्कीले इन्सेकले जिल्लामा सन २०२२ को जनवरी देखि जुनसम्म अभिलेख गरेको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले इन्सेकले वर्ष पुस्तक अत्यन्तै प्रभावकारी बन्दै गएको र समाजमा हुने मानव अधिकार हननका घटनाहरुको अवस्था बारे जान्न महत्वपूर्ण माध्यम रहेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपि प्रतिक विष्टले इन्सेकले वर्षौदेखि प्रकाशन गर्दै आएको वर्ष पुस्तक मानव अधिकारका क्षेत्रमा काम गर्ने राज्यका निकायलाई मार्गदर्शनको रुपमा काम गरेको बताउनुभयो । मानब अधिकार रक्षक संञ्जालका जिल्ला अध्यक्ष शंकर सिह धामीले पुस्तकमा भएका सूचना न्यायिक क्षेत्रमा महत्वपूर्ण आधार बन्दै गएको बताउनुभयो ।
वर्ष पुस्तक अत्यन्तै सान्दर्भिक रहेको र इन्सेकले यसको माध्यमबाट नागरिकलाई मानव अधिकारप्रति जिम्मेवार बनाउनुका साथै सरकारलाई जवाफदेहि बनाएको बताउनुभयो । इन्सेकको अभिलेख अनुसार ६ महिनामा दार्चुलामा बलात्कार जबरजस्तीकरणीका घटनाहरु सबै भन्दा बढि ७ रहेको जनाएको छ जसमा ४ जना बालिका तथा ३ जना महिला रहेका छन् ।
यस्तै महिला अधिकार घरेलु हिंसाका ३० वटा घटना घटेको जनाएको छ । जबरजस्तीकरणी उद्योगका १ हत्या १ तथा बहुविबाहका २ वटा घटनाहरु ६ महिनामा घटेको जनाएको छ । मानब अधिकार रक्षक संञ्जालका जिल्ला अध्यक्ष शंकर सिह धामीको अध्यक्षतामा भएको कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उापध्याय प्रमुख अतिथि रहेका थिए भने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपि प्रतिक विष्ट विशिष्ट अतिथि रहेका थिए ।