काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ ।
काठमाडौँ महानगरको नयाँ बजेट प्रस्तुत गर्ने क्रममा महानगरकी उप प्रमुख सुनिता डङ्गोलले सो बजेट ल्याएको बताएकी हुन् ।
कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको उनले बताइन्। यो कुल बजेटको २० प्रतिशत हो। महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ। जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ।
Facebook Comments Box