Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सभापति शेरबहादुर देउवा र दुई उपसभापति अनुपस्थित भएपछि बुधबार बोलाइएको नेपाली काँग्रेसको पदाधिकारी बैठक महामन्त्री गगन थापाको अध्यक्षतामा बसेको छ । बुधबार दिउँसो सुरु भएको बैठकमा सभापति देउवा र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ अनुपस्थित छन् । १४ औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि थापाले पहिलो पटक काँग्रेसको बैठक अध्यक्षता गरेका हुन् । सभापति देउवा कार्यव्यस्तताका कारण बैठकमा नआएका उनको सचिवालयले जनाएका छन् । त्यस्तै उपसभापति खड्कालाई कोरोना संक्रमण भएको र अर्का उपसभापति गुरुङ अस्ट्रेलिया भ्रमणमा रहेका काँग्रेसका एक पदाधिकारीले जानकारी दिए । स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि ३० र ३१ साउनमा गर्ने तय भएको अभिमुखीकरण कार्यक्रमको तयारीका…

Read More

काठमाडौं – नेकपा (एमाले) को केन्द्रीय स्कुल विभागले आउँदो भदौ २ गतेदेखि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । विभागले तय गरेको वार्षिक कार्ययोजनाअन्तर्गत पहिलो चरणमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), राष्ट्रिय युवा सङ्घलगायत जनसङ्गठनका केन्द्रीय तहका कार्यकर्ता तथा नवप्रवेशीलाई तीन दिने प्रशिक्षण दिइने उल्लेख छ । पार्टीका उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा भएको बैठकले माक्र्सवादी दर्शन र पार्टी जीवनमा त्यसको प्रयोग, जनताको बहुदलीय जनवाद र समृद्ध नेपालको निर्माण, पार्टीको दशौँ महाधिवेशनको कार्यदिशा, आजको सन्दर्भमा सङ्गठनात्मक व्यवस्थापन र पार्टी जीवनमा सूचना प्रविधिको प्रयोग लगायतका विषयमा नेताले प्रशिक्षण दिने तय गरेको हो । विभागले आगामी पुसपछि प्रशिक्षक…

Read More

काठमाडौं – सशस्त्र प्रहरीले पर्सामा १४३ किलो गाँजा बरामद गरेको छ । वीरगन्ज महानगरपालिका ड्राइपोर्ट परवानीपुर सडकखण्डबाट सो गाँजा बरामद गरिएको हो । रोकिराखेको भारतीय नम्बर प्लेटको मालवाहक ट्रकबाट सो गाँजा बरामद गरिएको सशस्त्रले जनाएको छ । ट्रक र गाँजा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

Read More

काठमाडौं – नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ। बिहीबार बस्ने सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि आज बुधबार काँग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो। बैठकका लागि नेताहरू पार्टी कार्यालय सानेपा आउने क्रम जारी छ। आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँडको विषयमा छलफलका लागि बिहीबार कार्यदलको बैठक बस्दै छ। त्यसअघि आन्तरिक तयारी स्वरूप काँग्रेस पदाधिकारी बैठक आज बस्न लागेको हो।

Read More

काठमाडौं – नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्न विभिन्न पार्टी कमिटीका बैठक बोलाउने तयारी गरेको छ । एमालेले केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो । एमाले नेताहरूका अनुसार आगामी भदौ १५ गतेभित्र पार्टी कमिटीका सबै बैठक बसेर चुनावी कार्ययोजनासहितको रणनीति तय गर्नेछ । एमाले उपमहासचिव समेत रहेका नेता विष्णु रिमालले पनि बैठकको तयारी भइरहेको बताए । ‘बैठक बस्ने निश्चित हो । तर समय तय भैसकेको छैन । आज भोलिभित्रै सचिवालय बैठक बसेर अरू बैठक कहिले कहिले बस्ने भन्ने टुङ्गो लाग्छ’, उपमहासचिव रिमालको भनाइ छ । एमालेको…

Read More

काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ बढेको हो। मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो।…

Read More

काठमाडौं – ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले १० हजार भत्ता पाउने भएका छन्। ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो। उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडादशैँ ताका वर्षको एकपटक १० हजार दिने निर्णय गरिसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए। उनले भने, ‘यो रकम पाएसँगै समाजका जिउँदो इतिहास बूढापाकाको मन ज्यादै हर्षित हुनेछ। उहाँहरूलाई चाडपर्व मनाउन सन्तानसँग हात थाप्नु नपरोस् भनी यस कामलाई अघि बढाउन लागेका हौँ।’ महानगरपालिकाले गत वर्षसम्म उक्त उमेर समूहका नागरिकलाई रु पाँच हजार दिने गरेकामा यस वर्ष रु पाँच हजार थप गरी १० हजार दिने भएको महर्जनले…

Read More

काठमाडौं – नेपाली कला क्षेत्रका वरिष्ठ छायाँकार विदुर पाण्डेको निधन भएको छ । बुधबार बिहान हृदयाघातका कारण उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए । पाण्डेलाई सीतापाइला स्थिति आफ्नै घरमा हृदयाघात भएपछि उपचारका लागि गङ्गालाल अस्पताल पुर्‍याइएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । उनी ५४ वर्षका थिए । ‘कागबेनी’ लगायत केही फिल्म छायाङ्कन गरेका पाण्डे म्युजिक भिडियोका लोकप्रिय छायाँकार हुन् । हजारौ म्युजिक भिडियो र थुप्रै विज्ञापन चलचित्र उनले छायाङ्कन गरेका छन् । पाण्डेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर आज स्वदेश फर्किँदै छन्। नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा गत शुक्रबार जापान गएका प्रचण्डसहितको टोली आज दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ। टोलीमा अध्यक्ष प्रचण्डसँगै उनका स्वकीय सचिव रमेश मल्ल, प्रेस संयोजक सूर्य किरण र निजी सचिव गङ्गा दाहाल छन्। जापानमा रहँदा विभिन्न कार्यक्रममा सहभागी भएका प्रचण्डले त्यहाँको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निकाईसँग भेटवार्ता गरेका थिए।

Read More

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा फोटोसहितको मतदाता नामावलीमा नाम भई मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगले मतदाताको उमेरसम्बन्धी अन्तिम मिति तय गर्दै सो निर्णय गरेको हो। मंसिर ४ गते मतदान हुँदैछ। २०७९ साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएकाले मात्रै यो सुविधा पाउने छन्। आयोग साउन २० गतेबाट नयाँ मतदाताको नामावली संकलन गर्ने कार्य स्थगित गरिसकेको छ। ‘नामावलीमा भएको त्रुटि सच्याउने, कसैले भुटा विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदसयको…

Read More