Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – रौतहटको कटहरीया नगरपालिका–९ डुमरिया गाउँमा होली मनाउने क्रममा दुई पक्षबिच झडप भएको छ । शुक्रबार राति भएको झडप नियन्त्रणका लागि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । झडपका क्रममा दुई पक्षबिच ढुङ्गा हानाहान भएको र घाइतेलाई उद्धार गर्न गएका तीन वटा एम्बुलेन्समा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । होली खेल्दै गर्दा बाबा डिस्टिलरीका सञ्चालक ओम प्रकाश जयसवाल र कट हरिया–९ डुमरियाका वडा अध्यक्ष रामाज्ञा यादव पक्षबिच भएको दोहोरो झडपमा दुवै पक्षका गरी तीन जना घाइते भएका छन् । घाइतेमध्ये वडा अध्यक्ष यादवका भतिज राजकुमार यादवको टाउकोमा गहिरो चोट लागेको र उनकै पक्षका महबुब मिंयाको अनुहारमा गहिरो…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन अदालतले बनाइदिएको हुनाले चुनावबाट जनताको आँगनमा लगेर पछार्ने चेतावनी दिएका छन् । एमाले सम्पर्क समन्वय कमिटीले शनिवार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुद्दा जितेर आएका झगडियाहरूलाई जनतामा जाने अधिकार नै नरहेको बताए । ओलीले भने,’यो अदालतले बनाइदिएको गठबन्धन हो । जनताले हो र गठबन्धन बनाइदिएको ? भोटले हो र ? यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ । अदालतले बनाएको सरकारलाई मुद्दा लड्न जाऊ भन्ने हो,हामी जनताको बिचमा जाने हो ।’ काँग्रेससँग जनतासँग जाने कुनै एजेन्डा नरहेकाले एमालेको भण्डाफोर गर्ने नीति लिएको भन्दै ओलीले एमाले आउने स्थानीय…

Read More

रामेछाप – प्रधानमन्त्री शेरबहादुर देउवाले खिम्ती पावर सब–स्टेसनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाले शनिबार रामेछापको मन्थली नगरपालिका-१३ स्थित देविटारमा निर्मित सब–स्टेसनको उद्घाटन गरेका हुन् । खिम्ती सब-स्टेसन २२०र१३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोश्रो ठूलो सब-स्टेसन हो । स्वदेशी लगानीमा निर्माण गरिएको ४५६ मेगावाट (मेवा) क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको २२० केभीको प्रसारण लाइन र २२०र१३२ केभीको सब-स्टेसन निर्माणको काम पूरा भएको हो । सो सब–स्टेसनले गोंगरबाट आएको २२० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ भने सोही लाइनलाई २२०-१३२ केभी, १०० एमभिएको ट्रान्सफर्मर भई १३२ केभी प्रसारण लाइनबाट काठमाडौं पनि जोड्नेछ । न्यू…

Read More

काठमाडौं – विश्वको सबैभन्दा खुसी देशको पहिलो सूचीमा फिनल्यान्ड रहेको छ । फिनल्यान्ड लगातार पाँचौँ पटक खुसी देशको पहिलो नम्बरमा पर्न सफल भएको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२२ अनुसार फिनल्यान्ड सर्वाधिक खुसी देशमा परेको हो । प्रतिव्यक्ति आम्दानी, वास्तविक जीडीपी, स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचार सूचकलगायतलाई विश्व खुसी प्रतिवेदनले आधार मान्ने गरेको छ । सार्वजनिक प्रतिवेदनमा एक सय ४६ देशलाई समेटिएको छ । नेपाल ८४ औँ स्थानमा छ ।

Read More

बैतडी – पञ्चेश्वर गाउँपालिका-४ कैनपानीकी २३ वर्षीया भागरथी चन्दको पोखरीमा डुबेर मृत्यु भएको छ। घर नजिकै रहेको सिचाँइ पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। घटना शुक्रबार अपराह्न भए पनि प्रहरीले ढिलो जानकारी पाएको प्रहरी निरीक्षक खड्काले बताए । भागरथी किन पोखरीमा गइन् भन्ने कुरा खुलेको छैन्। घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक खड्का नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ। प्रहरीको टोली घटनास्थल पुगेपछि थप कुरा थाहा हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Read More

एजेन्सी – संयुक्त राष्ट्रसंघका अनुसार मार्च १७ सम्म युक्रेन युद्धमा कम्तीमा ८१६ सर्वसाधारण मारिएका छन् भने १ हजार ३३३ जना घाइते भएका छन् । संयुक्त राष्ट्र मानव अधिकार कार्यालय (ओएचसीएचआर) का अनुसार भीषण बमबारीमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। यसमा भारी आर्टिलरी फायरिङ, धेरै रकेट प्रक्षेपण प्रणाली बमबारी, मिसाइल आक्रमण र हवाई हमलाहरू समावेश छन्। संयुक्त राष्ट्रसंघले डरलाग्दो आक्रमणबाट प्रभावित धेरै सहरहरूको तथ्याङ्क प्राप्त गर्न नसकेका कारण मृत्यु हुनेको वास्तविक सङ्ख्या धेरै हुनसक्ने बताएको छ। ती मध्ये मारियुपोल सामेल छ।

Read More

रसुवा – भूस्वामित्व प्राप्त गर्दा राजस्व दस्तुर छुट दिने प्रावधानले महिलाका नाममा जग्गा खरिद गर्नेको सङ्ख्या क्रमशः वृद्धि हुँदै आएको छ । महिलाका नाममा जग्गामा भूस्वामित्त कायम गराउने कार्यलाई बढवा दिई आत्ममनोबल उच्च पार्ने उद्देश्यले राजस्व छुटमा सरकारले ल्याएको नीति प्रभावकारी बन्दै गएको हो । गत साउनदेखि फागुन मसान्तसम्म महिलाका नाममा पारित भएको लिखतबाट मालपोत कार्यालयले रू ११ लाख ६८ हजार ८३ राजस्व छुट दिएको छ । मालपोत कार्यालय प्रमुख गणेश श्रेष्ठका अनुसार साउनदेखि फागुन मसान्तसम्म १४६ महिलाले जग्गाको भूस्वामित्व प्राप्त गरेको र सरकारको नीतिबमोजिम तोकिएको शुल्कमा ग्रामीण महिलाले ५० प्रतिशत र सदरमुकाम क्षेत्रमा बसोबास गर्ने महिलाले २५ प्रतिशत राजस्व…

Read More

काठमाडौं – हिंसात्मक बाटो छाडेर शान्तिपूर्ण राजधानीमा प्रवेश गरेको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठक शनिवार पनि जारी रहने भएको छ । कपिस्वस्तुमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले चुनावबारे कस्तो निर्णय लेला भन्ने चासो राजनीतिक वृत्तमा रहेको छ । महासचिव विप्लवले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा चुनावलाई उपयोग गरेर अघि बढ्ने उल्लेख गरिएको छ । नेकपा स्रोतका अनुसार विप्लवले केन्द्रीय सदस्यहरूलाई वितरण गरेको राजनीतिक प्रतिवेदनमा चुनावलाई उपयोग गरेर जानुपर्ने उल्लेख गरिएको छ । सोही राजनीतिक प्रतिवेदनमाथि शनिवार छलफल चल्नेछ । नेकपा स्रोतले भन्यो, ‘प्रतिवेदनमा अन्य विषयहरू पनि छन् तर विशेष निर्वाचनलाई केन्द्र बनाइएको छ । बैठकमा…

Read More

त्रिशूली – नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो । स्थानीय समाजसेवी कृष्ण ढुङ्गानाका अनुसार आगलागीबाट तामाङ तीन दाजुभाइको घरमा रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, गरगहनासहितको धनसम्पत्ति सबै जलेर क्षति पुगेको छ । स्थानीयवासी र ककनीबाट गएको नेपाल प्रहरीको संयुक्त टोलीले आगो नियन्त्रणमा लिए पनि घरमा भएका सामान सबै जलेर नष्ट भएको ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईले जानकारी दिए । उनका अनुसार तीन घरसहित सो घरमा रहेका धनसम्पत्ति सबै जलेर नष्ट हुँदा रु ५० लाख भन्दाबढीको क्षति पुगेको देखिएको छ ।…

Read More

जनकपुर – जनकपुरधाममा प्रसिद्ध महामुर्ख सम्मेलनबाट यस वर्षको महामुर्खको उपाधि मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झालाई प्रदान गरिएको छ । होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् ९मिनाप०ले प्रत्येक वर्ष दिँदै आएको ‘महामुर्ख’ को उपाधि यस वर्ष डा झालाई प्रदान गरिएको हो । त्यसैगरी प्रदेशसभा सदस्य मञ्जु यादवलाई अदलबदली, नेपाली कांग्रेसका नगर उपसभापति राकेश विक्रम साहलाई टिटही, मिथिला चित्रकार मनिषा साहलाई गन्हकी, मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशङ्ख, नेपाल पत्रकार महासङ्घ धनुषा शाखा अध्यक्ष मनिका झालाई दिलतोरियाको उपाधि दिइएको छ । यस्तै अधिवक्ता सुदीप कोइरालालाई गोबर गणेश, गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई डपोर शङ्ख, वरिष्ठ…

Read More