धनगढीः १२ माघमा परेको सरस्वती पूजाको दिन धनगढीको त्रिनगर माध्यमिक विद्यालय र पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबीच लफडा भएको पाइएको छ। धनगढी पार्कमा जम्मा भएका दुवै विद्यालयका विद्यार्थीहरुबीच समान्य विवादमा हात हालाहाल भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले चासो दिएको छ। पार्कभित्र ५–७ जनाको समूहले एक किशोरलाई निर्घात कुटपिट गरिरहेको भिडियो सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोककुमार सिंहको म्यासेन्जरमा पठाइएपछि प्रहरीले चासो दिएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले ७–८ कक्षामा अध्ययनरत दुवै विद्यालयका विद्यार्थीबीच समान्य विवादमा झगडा भएको पाइएको जानकारी दिए। उनकाअनुसार घटनामा संलग्न दुवै पक्षका गरेर १० जना विद्यार्थीलाई नियन्त्रणमा लिएर…
Author: महेन्द्रनगर पोष्ट
धनगढीः धनगढीमा ब्राउनसुगर सहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित बसन्त होटलबाट अछामको साफेबगर नगरपालिका स्थाई घर भई हाल धनगढी ५ हसनपुर बस्ने ३४ वर्षीय मुकेश कुवँरलाइ प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरिक्षक उपेन्द्र बमको टोलीले कुवँरलाई ९ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।
कञ्चनपुरः सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले सोमबार बिरामी र अनाथ बालबालिकासँग बिताए। सहिद दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन रावल गृहजिल्ला कञ्चनपुर आएका थिए। सहिद दिवसको दिन महाकाली प्रादेशिक अस्पतालका बिरामी र महाकाली बाल अनाथालयका बालबालिकासँग बिताए, मुख्यमन्त्री रावलले। महाकाली प्रादेशिक अस्पतालका बिरामीलाई भेटेपछि जेष्ठ सहिद दशरथ चन्दसहित चारै सहिदको शालिकमा माल्यार्पण गरेका थिए, मुख्यमन्त्री रावलले। अस्पतालमा उनले बिरामीसँग साक्षात्कार गर्दै फलफूल बाँडे। अस्पताल व्यवस्थापन समिति र चिकित्सकहरुसँग अस्पतालको पछिल्लो अवस्थाको बारेमा मुख्यमन्त्री रावलले जानकारी लिएका थिए। महाकाली प्रादेशिक अस्पताल व्यस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले दक्ष जनशक्ति नहुँदा सोचे जस्तो गुणस्तरीय सेवा प्रदान गर्नमा समस्या भएको मुख्यमन्त्रीलाई सुनाएका थिए।…
धनगढी: नागरिकता विवादमा मुछिएर पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन दबाब दिँदै अनसन बस्न लागेका एक युवालाई प्रहरीले समातेको छ । आज नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागअगाडि ‘रवि दाइलाई गृहमन्त्री बनाउनुपर्छ’ भन्दै अनशन बस्न लागेका पप्पु दास नामक युवालाई प्रहरीले समातेको हो । ‘रवि लामिछानेकाे साथ सपाेर्टमा हामी सबै छौँ,रवि दाइलाई गृहमन्त्री बनाउनुपर्छ’ भन्दै उनले उग्रता देखाउन थालेपछि बानेश्वर वृत्तबाट खटिएको प्रहरी टोलीले उनलाई समातेर तीनकुने लागेको छ। रौतहटको दुर्गा भगवती गाउँपालिका घर भई अहिले काठमाडौँमा फार्मेसी पढिरहेका २२ वर्षका दास दिउँसो सवा तीन बजेतिर ‘जय देश,जय मधेस’ भन्दै अनसन बस्न पुगेका थिए…
धनगढी: कैलाली प्रहरीको प्रमुख भएर एसपी देवेन्द्र पाल आएसँगै एकपछि अर्को अप्रेशन गर्न थालेका छन्। एसपी पालले जिल्लामा लागुऔषध कारोबारी र प्रयोगकर्ता, भन्सार छलीको सामानको अवैध ओसारपसार र अवैध यौन धन्दालाई अप्रेशनको टार्गेट बनाएका छन्। जिल्ला प्रहरी कार्यालयकाअनुसार पछिल्लो समय सदरमुकाम धनगढी क्षेत्रबाट लागुऔषध कारोबार र प्रयोगमा संलग्न व्यक्तिहरु एकपछि अर्को गर्दै पक्राउ परिरहेका छन्। भन्सार छलीको सामान ओसारपासरमा संलग्नहरु पनि पक्राउ पर्ने क्रम जारी छ। माघ दुई सातामा मात्र प्रहरीले धनगढीमा यौन धन्दामा संलग्न भएको आरोपमा प्रहरीले चार युवतीसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले धनगढी चौराहको बुढिनन्दासहितका…
धनगढी: भारतीय पक्षले शारदा ब्यारेजको नेपालतर्फको ढोका खोल्दा नदीको बहाब बढेर महाकालीमा फसेका २० जनाको उद्धार गरिएको छ। भारतीय पक्षसंग समन्वय गरेर शारदा ब्यारेजको नेपालतर्फको ढोका बन्द गराएर प्रहरीले महाकालीमा फसेका ८ जना ट्याक्टर चालक सहित २० जना मजदुरको उद्धार गरेको हो। नेपाली प्रशासनलाई कुनै जानकारी नदिइ भारतीय पक्षले सोमबार ब्यारेजको ढोका खोल्दा महाकालीमा पानीको बहाब बढेर ट्याक्टर सहित मानिस फसेको थिए। उनीहरु बिहान ११ बजेको आसपासमा महाकालीमा फसेका थिए। नदीमा पानीको बहाब कम गराएर जेसिबीको सहायताले उनीहरुको १२ बजे प्रहरीले उद्धार गरेको हो। भीमदत्त नगरपालिका–११ भुजेलामा गिट्टी, बालुवा ढुवानीका लागि ट्याक्टर लिएर गएका चालक र मजदुरको उद्धार गरिएको जिल्ला…
बैतडी: बैतडीमा चरेशसहित एक जना पक्राउ परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका ७ खोचलेकस्थित दोगडा भूमिराज किराना पसलका सञ्चालक ५० वर्षीय बिरसिंह कार्कीलाई एकसय ग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताएका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई आइतबार पक्राउ गरेको जनाएको छ। उनीमाथि लागु औषध मुद्दामा अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।
कञ्चनपुर: कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका कञ्चनपुरकै बेदकोट नगरपालिका ९ दैजीका २७ वर्षीय सुकराम रानाको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। चानदेउबाट बेलौरीतर्फ जाँदै गरेको से ७ प ५३८४ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको ट्याक्टर आइतवार बेलुकी साढे ७ बजे आपसमा ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटना पछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले बताएको छ।
बैतडीः बैतडीमा जीप दुर्घटना भएको छ। दशरथचन्द नगरपालिका–५ को कार्यालय पल्लाचौंडाली नजिकै कच्ची सडकमा से १ ज ३३१ नम्बरको जीप सोमबार बिहान ११ बजे दुर्घटनामा भएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले बताए। गोठलापानीबाट पल्लाचौंडालीमा यात्रु पु¥याएर गोठलापानी फर्कदै गरेको जीप दुर्घटनामा भएको हो। जीप सडकबाट २० मिटर तल खसेको भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। जीपमा चालकमात्रै रहेको बताइएको छ।
बैतडीः दशरथचन्द नगरपालिकामा सोमबार सार्वजनिक बिदा दिइएको छ। शहीद दशरथ चन्दको शहादतको दिन माघ १६ गते जन्मनगरमा सार्वजनिक बिदा दिइएको हो। शहीद दिवसको अवसरमा आज नगर क्षेत्रभित्रका सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम चन्दले जानकारी दिए। दशरथ चन्दको जन्मभूमि बैतडीमा विविध कार्यक्रम गरी साथ शहीद दिवस मनाइँदैछ। शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानले प्रभातफेरी आयोजना गरेको छ। साथै शहीद चन्दको जन्मघर बस्कोटमा कार्यक्रम गरेर स्मृति दिवस मनाइने प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए। नगरपालिकाले नगरस्तरीय महिला क्रिकेट प्रतियोगिता पनि आयोजना गरेको छ।