Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा काठमाडौँबाट धनगढीतर्फ जान आउँदै गरेको ना६ख ७४६३ नंको बसका सहचालक आज बिहान चिप्लिएर बेपत्ता भएका हुन् । कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरेखोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसबाट झरेर चाउचाउ किन्न गएका बोहोराको एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ । अहिले बोहोराको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली परिचालन गरिएको छ ।

Read More

काठमाडौं – नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा आइतबार सुनुवाइ हुँदै छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । कामु प्रधान न्यायाधीश कार्की र न्यायाधीश चुडालले जेठ ३० मा सुनुवाई गरेर मुद्दा असार ५ मा हेर्दाहेर्दैमा राख्ने आदेश गरेका हुन् । वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । एआईजी बढुवा बिरुद्ध पूर्व डीआईजी ईश्वरबावु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिटपनि…

Read More

काठमाडौं – मिस नेपाल २०२२ को उपाधि प्रियंका रानी जोशीले जितेकी छिन् । ललितपुरको गोदावरीमा आज भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् । २४ जना सुन्दरीलाई पछि पार्दै जोशी विजेता बनेकी हुन् । कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना भएको हो । मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए । यस्तै मिस नेपाल इन्टरनेसनलमा न्यान्सी खड्का र मिस नेपाल अर्थमा सारिसा श्रेष्ठ विजेता भएका छन् ।

Read More

दार्चुला – पूर्ण खोप सुनिश्चितताका लागि जिल्लामा घरधुरी सर्वेक्षण तथा प्रमाणीकरण थालिएको छ । जिल्लाका ९ओटै स्थानीय तहमा घरधुरी सर्वेक्षण तथा प्रमाणीकरण भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र भट्टका अनुसार राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुले सबै खोप लगाए–नलगाएको बारेमा जानकारी लिनका लागि नमूनाका रुपमा घरधुरी सर्वेक्षण गर्ने कार्य भईरहेको छ । सबै पालिकाका वडामा सर्वेक्षण तथा प्रमाणीकरण भईरहेको बताइएको छ । पालिकाहरुले यसअघि नै प्रत्येक घरमा घरधुरी सर्वेक्षण गरिसकेकाले सो कार्यलाई प्रमाणीकरण गर्नका लागि जिल्लाभरी घरधुरी सर्वेक्षण तथा प्रमाणीकरण कार्य थालिएको खोप सुपर भाइजर भट्टले बताउनु भयो । १६ महिनादेखि २३ महिना सम्मका…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १४ कोरोना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार ५३४ जनामा गरिएको परीक्षण गर्दा १४ जना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार एक हजार ५९० जनाको पीसीआर परीक्षण गर्दा ११ र ९ सय ४४ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाबाट ११ हजार ९५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ११ जना कोरोना संक्रमणबाट निको भएका छन् ।…

Read More

काठमाडौं – तीन दिने भ्रमणका लागि नेपाल आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन्। श्री एयरलाइन्सको चार्टर्ड विमान मार्फत चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारलाई दुर्गा प्रसाईंले स्वागत गरेका थिए। प्रसाईंलाई राजकुमारले विमानस्थलमै सुनको लौरो हस्तान्तरण गरेका हुन्। राजकुमार झापामा दुई दिन भ्रमण गर्ने कार्यतालिका रहेको स्रोतले बताएको छ। राजकुमार मोक्तुमले बिर्तामोडमा रहेको बिएण्डसी तथा पुर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका साथै पेट सम्बन्धीको सिटी स्क्यान मेसीनको समेत उद्घाटन गर्ने छन्। दुर्गा प्रसाईको निमन्त्रणामा राजकुमार नेपाल आएको सो अस्पतालको सूचना शाखाले जनाएको छ। अस्पताल स्रोतका अनुसार झापासँगै काठमाडौं र पोखराको भ्रमण…

Read More

दार्चुला – सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रम अन्तर्गत दार्चुलामा १८ हजार बढी परिवारको लगत सङ्कलन गरिएको छ । जिल्ला कृषि गणना कार्यालयका प्रमुख शंकरदत्त भट्टका अनुसार १२२ क्षेत्रका १८ हजार ७११ परिवारको लगत सङ्कलन गरिएको हो । गत वैशाख ६ गतेदेखि जेष्ठ १९ गते सम्म जम्मा ४५ दिनसम्म गणक र सुपरीवेक्षक घरघरमा पुगेर लगत सङ्कलन गरिएको उहाँले बताउनु भयो । उनीहरुले सङ्कलन गरेको तथ्याङ्क स्थलगत र जाँचबुझको कार्य सकिएको भट्टले बताए । उनले भने, “गणक र सुपरिवेक्षकले गरेको तथ्याङ्क सङ्कलन र त्यसपश्चात् स्थलगत कार्य सकेर छुटफुट केही भए त्यसको जाँचबुझ गरेर केन्द्रीय तथ्याङ्क विभागमा पठाइसकेको छौँ ।” गणनाका क्रममा कृषकले…

Read More

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राविकी शिक्षिका गोमा कार्कीमाथि प्रधानअध्यापक लक्ष्मी पौडेलले हातपात गरेकी छिन् । विद्यालयको आर्थिक गतिविधि पारदर्शीताको विषयमा विवाद हुँदा प्रअ पौडेलले शिक्षिका कार्कीमाथि शुक्रबार विद्यालय व्यावस्थापन समितिको बैठकमा हातपात गरेकी हुन् । पौडेलले शिक्षिका कार्कीको पानीपेटमा लात्तीले हान्दा गम्भीर चोट लागेको शिक्षिका कार्कीले बताइन् । निरन्तर पेट दुख्ने र पिसाब नरोकिने समस्या देखिएपछि कार्कीलाई जिल्ला अस्पताल दिक्तेलले शनिबार नोबेल अस्पताल विराटनगर रेफर गरेको छ । कार्कीलाई आफन्तले शुक्रबार रातिनै जिल्ला अस्पताल पुर्‍याएका थिए । घाइते शिक्षिकाका आफन्तले शनिबारनै जिल्ला प्रहरी कार्यालयमा पौडेलविरुद्ध उजुरी पनि दिएका छन् । पाठ्यपुस्तकको १० हजार आठ सय ८५, सीपको…

Read More

गुल्मी – गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान गठबन्धनको सरकार संघीय निर्वाचनसम्म नै कायम रहने बताएका छन्। राष्ट्रिय भूमि आयोगले जिल्ला समितिका पदाधिकारीहरुलाई आयोजना गरेको लुम्विनी प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँणले गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म नै कायम रहने दाबी गरेका हुन्। मन्त्री खाँणले आयोगलाई गफ कम गरी परिणाम देखिनेगरी काम गर्न पनि निर्देशन दिएका छन्। विगतमा बनेका आयोगहरुले कामभन्दा पनि प्रवचन दिने गरेको टिप्पणी गर्दै मन्त्रीले यस आयोगले परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिए। काम गर्ने क्रममा सुरक्षाको ग्यारेन्टी सरकारले लिने भन्दै ढुक्क भएर काम गर्नसमेत उनले आग्रह गरे। भूमिहीनहरूलाई भूमिको मालिक बनाउने यस पवित्र कार्यमा यो त्यो…

Read More

दार्चुला – दार्चुलाको दुुहुँ गाउँपालिकाका अमर बहादुर बमको रिहाईको माग गर्दै दार्चुलाका नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले राष्ट्रपति विद्यादेवि भण्डारी लाई संयुक्त रुपमा अनुरोध गरेका छन् । नेकपा एमाले पोलिटव्युरो सदस्य,पुर्व मन्त्री एवं दार्चुला जिल्लाबाट निर्वाचित सांसद गणेशसिह ठगुन्नाको नेतृत्वमा राष्ट्रपति कार्यालय शितलनिवासमा पुगी यूएईमा मृत्युदण्डको सजाय सुनाईएर १९ वर्षदेखि कारगारको जीवन बिताईरहेका दार्चुला जिल्ला धारी गाबिसका अमर बहादुर बमलाई रिहाई गराउनुका लागि आग्रह गर्दै राष्ट्रपति भण्डारी समक्ष अनुरोध गरिएको नेकपा एमाले दार्चुलाका अध्यक्ष प्रेम सिंह धामीले जानकारी दिनु भएको छ । अनुरोध पछि राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलेका राजाको मृत्यु भएको तथा अहिले नयाँ आएका राजा संग कुराकानी गर्ने जानकारी दिनुभएको…

Read More