Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाल राष्ट्र बैंकले १८ अर्ब एक करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ९१ दिनको अवधिको लागि ९ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल असोज १८ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि ८ अर्ब ९१ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल वि.सं २०८० साल असार १९ गते परिपक्क हुनेछ । राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज असार २०…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादाबाहिर गएर लेखेको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्ना धारणा राख्दै अध्यक्ष ओलीले त्यसबेला तत्कालीन प्रधानसेनापतिले पत्र लेखेको विषयबारे बोलेका हुन्। उनले प्रधानसेनापतिले राजदूतलाई लेखेको पत्रबारे जानकारी समेत नगराएको बताए। ‘तत्कालीन प्रधानसेनापतिबाट काम भएको छ’, ओलीले भने, ‘यसमा नेपाली सेनाको मैले बाहिर सुन्छु, नेपाली सेना यस्तो चर्चामा आउनुपर्ने पात्र होइन। सेनाले सोझै एम्बेसीलाई पत्र लेख्ने कुरा मर्यादा बाहिर हो। त्यतिखेर प्रधानमन्त्रीलाई अवगत गराइएन । त्यसपछि यो विषय चुपचार रह्यो कसैले चर्चा पनि गरेन।’ ओलीले ‘इनफ’ भन्दा बढी नै भइसकेपछि यहाँ बोल्न बाध्य भएको बताए। ‘इनफ इज…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री हेरफेर गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले तीन जना मन्त्री नियुक्त गरेकी हुन् । जसपाबाट मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको हो । जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । महिन्द्राराय यादव, रेणु यादव र रामसहाय प्रसाद यादवलाई हटाएर उनीहरूलाई नियुक्त गरिएको हो । नवनियुक्त मन्त्रीहरूको सोमबार अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथग्रहण हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षमा छैटौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

Read More

बुटवल – रुपन्देहीबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेहि दुसेन, ५१ वर्षीय अकबर खान र ५५ वर्षीय आसिक अली रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी निरीक्षक युवराजजंग कार्कीको कमाण्डमा खटिएको गस्ती टोलीले उनीहरुलाई पक्रेको हो । गएराति करिब साढे ८ बजे लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ बसपार्कबाट भारतीय नम्बर प्लेटको मोटरसाइकललाई शंका लागेर प्रहरी टोलीले पिछा गरेको थियो । प्रहरीका अनुसार पिछा गर्ने क्रममा मोटरसाइकल अनियन्त्रित भई गोरुलाई…

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले शिष्टाचार भेटघाट गरेका छन्। राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले गृहमन्त्री खाणसँग पहिलो पटक भेटघाट गरेका हुन्। गृह मन्त्रालयमा सोमबार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउने बारेमा कुराकानी भएको थियो। भेटमा गृहमन्त्री खाँणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताअनुरूप कृषि रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए। राजदूत श्रीवास्तवले आफूले पहल कदमी लिने बताए। भेटमा गृहमन्त्री खाणले श्रीवास्तवलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए।

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सम्बोधन गर्न अध्यक्ष ओलीका लागि समय लिइएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। उनकाअनुसार ओलीले समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ।त्यस्तै विनियोजन विधेयक (२०७९), आर्थिक विधेयक (२०७९) राष्ट्र ऋण उठाउने विधेयक (२०७९) ऋण तथा जमानत–२५ औं संशोधन विधेयक (२०७९) बारे पनि बैठकमा छलफल हुने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ एवं सुशासन…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा बैठक सुरु भएको हो । आजको बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको १० पन्ने राजनीतिक प्रतिवेदनमा खुला छलफल हुने कार्यक्रम छ । प्रचण्डले केन्द्रीय सदस्यहरूलाई खुला छलफलबाट आफ्नो धारणा राख्न आह्वान गरेका छन् । उनले प्रतिवेदन संक्षिप्त भएकाले समूहगत छलफल नहुने बताएका छन् । प्रचण्डको प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ उल्लेख गरिएको छ । यस्तै वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, गठबन्धनको समीक्षा पनि संक्षेपमा गरिएको छ । यस्तै प्रचण्डले प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीका रणनीति तथा तयारीका विषय पनि उल्लेख…

Read More

काठमाडौं – जनता समाजवादी पार्टी नेपालमा डा.बाबुराम भट्टराई पक्षले पार्टीबाट भएको मन्त्री हेरफेरको निर्णयलाई अस्वीकार गर्ने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले ‘एकलौटी निर्णय गरेको’ भन्दै भट्टराई पक्षले त्यसलाई कार्यान्वयनमा नल्याउन दबाब दिन आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएको छ । जसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले भने, ‘जसपाका अध्यक्ष उपेन्द्र यादवले एकलौटी निर्णयबाट मन्त्री हेरफेर गर्नुभएको छ, जुन हामीलाई स्वीकार्य छैन ।’ पार्टीमा आन्तरिक विवाद चलिरहेको अवस्थामा कसैसँग सल्लाह नगरी एकलौटी रुपमा तीन जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ तीन जना मन्त्री पठाउने निर्णय गलत रहेको भन्दै उनले यसलाई सच्याउनुपर्ने बताए । अध्यक्ष यादवले गरेको एकलौटी निर्णय कार्यान्वयन नगर्न आजै…

Read More

काठमाडौं – साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आज प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ । आज पनि चाँदीको भाउ आइतबारकै अनुसार प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौं – प्रहरी प्रधान कार्यालयले भर्खरै बढुवा भएका १७ डीआईजीको पदस्थपानसँगै विभिन्न एकाइमा खटाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार अशोक सिंह विशेष ब्युरो, श्यामलाल ज्ञवाली साईबर ब्युरो र किरण बज्राचार्यलाई बागमती प्रदेश प्रमुख तोकिएका छन्। त्यस्तै, रामदत्त जोशीलाई गण्डकी र पोषराज पोखरेललाई कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। सुदीप गिरीलाई प्रदेश १ र टेकबहादुर तामाङलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगस्थित प्रहरी महाशाखा प्रमुखमा खटाइएको छ।

Read More