Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको भाषी-सुडा खण्डमा आज बिहान बसको ठक्करबाट महिलाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बर्दियातर्फ गइरहेको ना ४ ख ८०७७ नं को बसले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका–६ बस्ने ३० वर्षीया बिमलादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएकी जोशीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि आक्रोसित स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीय प्रशासन राजमार्ग खुलाउन प्रयासरत रहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बलमेले बस र चालक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।

Read More

तनहुँ – बिहीबार तनहुँको व्यास नगरपालिका वडा नं. १० वैरेनीमा भएको एक विवाहमा फरक दृश्य देखियो । वैरेनीका २६ वर्षीय विनोद सापकोटा बेहुली लिन साइकलमा निस्के । वैरेनीबाट ६ किमी दुरीमा रहेको दमौलीमा बेहुलीको घर छ । साइकलमा बेहुलीलाई अगाडि राखेर चलाउँदा देख्नेहरु दङ्ग परेका थिए । बेहुलासँगै जन्ती पनि साइकलमै गएका थिए । सिङगार पटार गरेका बेहुलो र बेहुलीलाई साइकलमा सवार गरेको देखेर देखेपछि रोक्दै टिकटक बनाउने, सेल्फी खिच्ने भेटिए । दुलहीका बुबा पूर्णबहादुर भुजेलले दाईजोको पनि माग नभएको र खर्च धेरै नर्गन बेहुलाको पक्षले अनुरोध गरेको जानकारी दिनुभयो । ‘यस्तो विवाहले विवाहको लागि ऋण खोज्नु पर्दैन भन्ने सन्देश…

Read More

काठमाडौं – पिपुल्स पावर लिमिटेडले बुधबारदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आफ्नो जारी पुँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता सेयर निष्काशन गरेको छ । इलाम जिल्ला इलाम नगरपालिका–१ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि एक लाख ८९ हजार ७८० कित्ता र वडा नं। १ र ४ बाहेकको इलाम जिल्लाका बासिन्दाहरूका लागि ४ लाख ४२ हजार ८२० कित्ता सेयर बाँडफाँट गरिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता…

Read More

काठमाडौं – आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबार सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार आज ४०० रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ९७ हजार ३०० सय रुपैयाँमा कारोबार भइरहेको छ । चादीको भने हिजो मंगलबारको तुलनामा १० रुपैयाँले घटेको छ । आज बुधबार चादीको मूल्य प्रतितोला एक हजार दुई सय ५५ रुपैयाँ रहेको छ ।

Read More

काठमाडौं – दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ ८ असार बुधबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत दुई लाख एक हजार ९८६ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् । जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आईपीओमा कुल १४ लाख ७१ हजार ६६५ ले आवेदन दिएकामा ८८२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ । दोर्दी खोलाले २६ देखि ३१ जेठसम्म कुल २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो । जसमध्य एक लाख नौ हजार ७७५ कित्ता सामूहिक लगानी कोष र ६५ हजार…

Read More

काठमाडौँ — काठमाडौं जिल्लाअदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच एक व्यावसायीलाई धरौटीमा छुटाउन घुस लेनदेनबारे कुरा गरेको अडियो सार्वजनिक भएको छ । सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गतवर्षको असोज १८ मा इच्छाराज तामाङलाई पक्राउ गरेको थियो । न्यायाधीश र वकिलबीच भएको घुस लेनदेनबारे न्यूज २४ टिभीले मंगलबार साँझ अडियो सार्वजनिक गरेको हो । सो अडियो सार्वजनिक भएपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार दिउँसो १ बजे न्यायपरिषद्को बैठक बोलाएका छन् । सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेका छन् । अधिवक्ता पोखरेलले…

Read More

काठमाडौं – आज राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकमध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ । बैठकमा भगवती न्यौपानेले विनियोजन विधेयक २०७९ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव र सोनाम गोल्जेन शेर्पाले विनियोजन विधेयक २०७९ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव…

Read More

एजेन्सी – अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको गहिराइ ५१ किलोमिटर छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी नै छ । भूकम्प इस्लामबाद र देशका अन्य भागमा महशुस गरिएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तानको लाहोर, मुल्तान, क्वेटा र अन्य धेरै क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको प्राप्त विवरणमा जनाइएको छ । भूकम्पको धक्कापछि मानिसहरु चिच्याउँदै घरबाहिर निस्केका थिए…

Read More

रोल्पा – रोल्पामा एक युवती मृत फेला परेकी छिन । मृत फेला पर्नेमा रुन्टीगढी गाउँपालिका–५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक रहेकी छिन् । विक सुतेको कोठामा सर्पसमेत फेला परेकाले सर्पले डसेको हुनसक्ने आशङ्का गरिएको छ । मृतकको शव परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । विक घरेलु तथा साना उद्योग विकास कार्यालयले सदरमुकाम लिवाङमा सञ्चालन गरेको ब्यूटीपार्लर तालिममा सहभागी थिइन् । उनी कार्यालयको होस्टेलमा बस्दै आएकी थिइन् ।

Read More

काठमाडौं – वायुसेवा सञ्चालक सङ्घ नेपालले बुधबारदेखि गर्ने भनेको उद्धार तथा नियमित उडान बन्दका कार्यक्रम आंशिक रूपमा फिर्ता भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालबीच मङ्गलबार राति अबेर भएको वार्ताबाट बुधबार बिहान ११ बजेपछि देशभरका आन्तरिक उडान सुचारु राख्ने सहमति भएको हो । राति ११ बजे सकिएको वार्तामा वायुसेवा सञ्चालक सङ्घ नेपालले अघि सारेका मागबारे बुधबार दिउँसो पुनः छलफल गर्नेगरी बुधबारका लागि हवाई यातायात नियमित राख्ने सहमति भएको हो । वायुसेवा कम्पनीले पूर्वसूचनासमेत नदिई हवाई सेवा बन्द गर्ने घोषणा गरेपछि यात्रुमा अन्योल थपिएको थियो । यद्यपि बुद्ध र यती एयरलाइन्सले भने सबै उडान नियमित हुने…

Read More