Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित गरिएको छ। बजेट बनाउँदा बाहिरी मानिसले राजश्वको दर हेरफेर गरेको पाइएको भन्दै एमालेका सांसदहरूले त्यसबारे सत्यतथ्य छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै बैठकमा विरोध गरेका थिए। एमाले प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका थिए। लगत्तै एमाले सांसदहरू आफ्नो ठाउँबाट उठेर संसदमा अवरोध गरेका थिए। यस्तै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने एमाले सांसदहरूको भनाइ थियो। यसपछि सभामुख अग्निप्रसाद सापकोटाले असार १ गते बिहान ११ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका छन्।

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेले बजेट सार्वजनिकको अघिल्लो दिन १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज उपलब्ध गराउन माग गरेका छन् । उक्त दिन मध्यराति अर्थमन्त्री जनार्दन शर्माले दुई जना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा छिराएर करको दर परिवर्तन गराएको समाचार आएपछि एमालेले उक्त दिनको सीसीटिभी फुटेज मागेको हो । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री शर्माले उक्त दिन कोही अनाधिकृत व्यक्ति नछिरेको दाबी गरेपछि एमालेका सांसदहरुले सीसीटिभी फुटेज सार्वजनिक गर्न माग गरेका हुन् । एमाले प्रमुख सचेतक विशाल भट्टराईले उक्त दिनको सीसीटिभी फुटेज सार्वजनिक गर्न र संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन् । उक्त माग पूरा नभएसम्म सदन चल्न नसक्ने…

Read More

तनहुँ – तनहूँमा चितुवाको आक्रमणबाट तीन वर्षयता एघार बालबालिकाको मृत्यु भएको छ । जिल्लाको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा गरी चितुवाको आक्रमणबाट उक्त सङ्ख्यामा बालबालिकाले ज्यान गुमाएका हुन् । चितुवाको आक्रमणबाट आधादर्जन बढी बालबालिका घाइते भएका थिए । जसमध्ये सबैभन्दा धेरै भानु नगरपालिकामा प्रभावित भएको छन् भने पछिल्ला दिनमा बन्दीपुर क्षेत्रमा पनि चितुवाको आतङ्क बढ्न थालेको छ । शनिबार बन्दीपुर गाउँपालिका–१ बागदलेस्थित वनमा चितुवाको आक्रमणबाट दुई जनाको आक्रमण गरी घाइते बनाएपछि पासो थापिएको छ । बन्दीपुरमा शनिबार ८ वर्षीया बालिका रियाना थापा र ३५ वर्षीया भीमलाल गरञ्नालाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । तनहुँको बन्दीपुर क्षेत्रमा चितुवाको आतंक बढ्न…

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ । बैठकमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने प्रचार विभागका सदस्य सचिव सुन्दर पाण्डेले जानकारी दिनुभयो । देशैभरबाट सहभागी हुने नेताले सम्बन्धित जिल्लामा पार्टीले सञ्चालन गरेका राजनीतिक तथा सामाजिक कार्यबारे बैठकमा रिपोटिङ गर्ने छन् । सातै प्रदेशमा सङ्गठनको अवस्था, कार्ययोजनाबारे प्रदेश प्रमुखले जानकारी गराउनका साथै आगामी प्रदेश र सङ्घीय निर्वाचनमा जनवर्गीय सङ्गठन परिचालन गरी पार्टीलाई धेरै स्थानमा विजयी बनाउन आवश्यक रणनीति बैठकमा तयार पारिने छ । पार्टीले विभिन्न विभागमा प्रमुख नियुक्त गरी…

Read More

काठमाडौं – राष्ट्रियसभाको बैठक आगामी असार १ गते बस्ने भनिएता पनि विशेष कारणले स्थगित भएको छ । अब अर्को बैठक असार २ गते बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले असार २ गते १ बजे बस्ने गरी निर्धारण भएको उल्लेख गरिएको छ । सूचनामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त दिनका लागि बैठक बस्ने निर्धारण गर्नुभएको उल्लेख छ ।

Read More

काठमाडौं – काठमाडौंको बौद्धस्थित एक होटलमा महिलामाथि सामूहिक बलात्कार भएको छ । शनिबार राति आफूमाथि सामूहिक बलात्कार भएको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजिनक भएको हो । ती महिलालाई बलात्कार गरेको आरोपमा होटल सञ्चालकसहित ४ जना पक्राउ परेका छन् । उनीहरूलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । होटल सञ्चालकलाई मतियार र बाँकी तीन जनालाई बलात्कार कसूरमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी सुदीप गिरीले बताए । पक्राउ परेकालाई प्रहरी वृत्त बौद्धमा राखेर अनुसन्धान सुरु गरिएको उनले बताए ।

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगको बैठक सुरु भएको छ । केशवप्रसाद बडालको अध्यक्षतामा आज (मंगलबार) पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल गरिने बताइएको छ । उक्त बैठकमा केन्द्रीय सदस्यहरुले आ-आफ्नो क्षेत्रमा भए गरेका पार्टीको कामकारबाही र त्यस क्रममा देखा परेका समस्याहरुको छलफल तथा रिर्पोटिङ गर्नेछन् । अनुशासन समितिले यसअघि स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारबाहीको सिफारिस गरेको भए पनि यसबारेमा पार्टीभित्रै अन्योल सिर्जना भएको एमालेका एक केन्द्रीय सदस्यले बताए ।

Read More

काठमाडौं – सरकारले यसै वर्षबाट किसानलाई पेन्सन दिने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले यसै वर्षबाट किसानलाई पेन्सन दिन सुरु गरिने जानकारी दिएका हुन् । मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यसै वर्षबाट किसानलाई पेन्सन दिन थालिने बताएका हुन् । यसका लागि किसानले आफ्नो उत्पादनको केही छुट्याउनुपर्ने र यसमा सरकारले १० प्रतिशत थप्ने मन्त्री यादवको भनाइ छ । किसानलाई पेन्सन दिनका लागि कार्यविधि बनाउने बताएका उनले वर्गीकरण गरेर पेन्सन दिन सुरुवात गरिने जानकारी दिए । आर्थिक वर्ष २०७९/८० को बजेटमा किसानलाई पेन्सन दिने कार्यक्रम समावेश गरिएको छ ।

Read More

पर्सा – बहुदरमाई नगरपालिका–२ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्यामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका–६ बस्ने ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनिता देवी र २२ वर्षीया रिंकु देवी रहेका छन् । शनिबार बिहान जगरनाथपुर गाउँपालिका–६ स्थित नारा खोलाको खोल्सामा राजेशको शव फेला परेको थियो । उनीहरुमध्ये हिरामन, बसन्ती, सुनिता र रिंकुलाई शनिबार तथा रामबालकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । जेठ २४ गते आफ्नै दिदीको घरमा आई बसेका राजेश रामलाई शनिबार राति मृतकको भिनाजु हिरामन महरा समेत परिवारका ५ जना…

Read More

काठमाडौं – स्विजरल्याण्डको जेनेभामा जारी विश्‍व व्यापार संगठनको १२ औं मन्त्रिस्तरीय सम्मेलनमा सहभागी माननीय उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले समकक्षी भारतीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र बंगलादेशका वाणिज्य मन्त्री टिपु मुन्सीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । उनीहरूसँग आज भएको भेटमा बहुपक्षीय व्यापार, त्यसमा हाल सामना गर्नु परेका चुनौती, द्विपक्षीय तथा बहुपक्षीय व्यापार सहजीकरण, वैदेशिक लगानी, औद्योगिक पूर्वाधार निर्माणलगायत विविध पक्षमा छलफल भएको प्रतिनिधिमण्डलमा सहभागी उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. नारायण प्रसाद रेग्मीले जानकारी दिए । मन्त्री बडूले कोरोना महामारीबाट भएको क्षति, सम्भावित खाद्य संकटको समाधान, कम विकसित मुलुकहरुको स्वास्थ्य प्रणालीको सुधार, प्रतिस्पर्धामा आधारित निर्यात प्रणालीमा…

Read More