Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसियाली छनोटमा सहभागी भएको नेपाली टोली स्वदेश फर्किएको छ । मलेसियामा भएको छनोटमा सहभागी भएको नेपाली टोली शुक्रबार राति काठमाडौँ आइपुगेको हो । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरूले टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । एसियाली छनोटमा नेपाल ५ मध्ये ३ मा जित निकाल्न सफल भयो । ३ खेल जितेसँगै ६ अङ्क जोडेको नेपाल छनोटमा तेस्रो स्थान प्राप्त गर्न सफल भयो। छनोटमा शीर्ष स्थान प्राप्त गरेको यूएईले भने दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ विश्वकप क्रिकेट खेल्ने भएको छ ।

Read More

काठमाडौं – सुरक्षा निकायले विभिन्न विपदबाट जोगिन र त्यसको पूर्व तयारी तथा व्यवस्थापन स्वरूप त्यस सम्बन्धी कृत्रिम घटना अभ्यास गरेका छन्। मनसुन सँगै हुनसक्ने सम्भावित घट्नालाई न्यूनीकरण गर्न त्यसको तयारी स्वरूप नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले शनिबार बिहान कीर्तिपुरको टौदहमा मनसुन सुरक्षा पूर्व तयारी अभ्यास गरेका हुन्। मनसुनजन्य प्रकोपहरूबाट सिर्जित विपद्का घटनाका कारण नेपालमा वर्षेनि ठूलो जनधनको क्षति हुने गरेको छ। त्यसैले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सुरक्षा निकायले पूर्व तयारी अभ्यास गरेको हो।

Read More

काठमाडौं – अमेरिकी सेनाका प्रशान्त क्षेत्रीय कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन सगरमाथा आधार शिविरको भ्रमणमा जाँदैछन्। उनले माउण्टेन फ्लाइटमार्फत सगरमाथा आधार शिविरको भ्रमण गर्न लागेको सैनिक मुख्यालयले जनाएको छ । चार दिनको भ्रमणका लागि बिहीबार नेपाल आइपुगेका फ्लिनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। शुक्रबार नै जङ्गी अड्डाको भ्रमण गर्दै फ्लिनले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका थिए। भेटका क्रममा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए। भ्रमणतालिका अनुसार फ्लिन आइतबार काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्र जानेछन्। त्यसपछि शिवपुरी जानेछन्। शिवपुरीमा उनले नेपाली सेनाको कमाण्ड…

Read More

काठमाडौं – महिलाको हत्या गरी फरार रहेका प्रतिवादी दार्चुलाबाट पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका बारिल बस्ने ४५ वर्षीया अनिभा खडायतको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने ४२ वर्षीय भोजराज खडायतलाई प्रहरीले पक्राउ गरेको छ । घरबाट ५० मिटर टाढा उखु बारीमा खरको थुप्रोमा जलेको अवस्थामा गत बुधबार अनिभाको शव फेला परेको थियो । घटनामा संलग्न उनलाई बैतडी दोगडाकेदार गाउँपालिका ३ खोचलेकबाट पक्राउ गरेको हो । भोजराजले ती महिलालाई घरबाट बोलाई बारीमा लगेर करणी गर्न खोजेपछि ढुङ्गा हानी घरतर्फ जाँदै गर्दा मृतकको छोरीले देखेकोले पोल खुल्ने डरले पुनः घटनास्थल गई खरले छोपी आगो लगाएर फरार भएको प्रहरीले जनाएको छ…

Read More

एजेन्सी – हलिउडका प्रख्यात गायक जस्टिन बिबरलाई प्यारालाइसिस भएको छ । जस्टिनलाई रामसे हन्ट सिन्ड्रोम नामको एक दुर्लभ रोगले छोएपछि उनलाई अनुहारको आधा भागमा प्यारालाइसिस भएको हो । यो रोग लागेपछि जस्टिन केही समयका लागि आराममा छन् । उनले एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो कन्सर्टको शो क्यान्सिल गरेको बताएका छन् । भिडियोमा जस्टिन निकै कमजोर देखिएका छन् । उनी बोल्न पनि झन्झट मानिरहेका छन् । ‘एक भाइरसको कारण मलाई खतरनाक रोग लागेको छ । यो भाइरस यति खतरनाक छ कि मेरो अनुहारको नशामा आक्रमण गरिरहेको छ । यसकारण मेरो अनुहारको आधा भागमा प्यारालाइसिस भएको छ’,उनले भनेका छन् ।…

Read More

काठमाडौं – नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन् । गए राति सम्पन्न अन्तिम मत परिणाम अनुसार शेर्पाले ७३५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत ल्याएका थिए । सङ्घको उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का प्रतिस्पर्धी माया शेर्पाले ४२३ मत ल्याएका छन् । प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा, द्धितीय उपाध्यक्षमा दावा जाङ्बु शेर्पा निर्वाचित भएका छन् । यसैगरी महासचिवमा मोहन लम्साल ४८९ मतका साथ विजयी भएका छन् । महासचिवका अर्का प्रत्यासी आङ पेम्बा शेर्पाले ३२३ मत प्राप्त गरेका छन् । सचिवमा धनबहादुर गुरुङ र…

Read More

काठमाडाैं – अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । पहिलो खेलमा ओमानसँग पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकासँग खेल्न लागेको हो । नेपाल र अमेरिका बीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुरु हुनेछ । अमेरिकाविरुद्ध मैदानमा उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ओमानसँग जित नजिक पुगेर पनि १३ रनले पराजित भएपछि नेपालले महत्वपूर्ण २ अंक गुमाएको थियो । अमेरिका भने सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा अमेरिकाले ओमानलाई हराएको थियो । नेपाल भने अमेरिकालाई उसकै भूमिमा हराएर महत्वपूर्ण दुई अंक बटुल्न…

Read More

काठमाडौँ – कोरोना बिमामा सरकारले तिर्नुपर्ने रकमको स्रोत खोज्न समिति गठन भएसँगै काममा सक्रियता देखिएको छ । कोरोना बिमा सम्बन्धमा पछिल्लो अवस्थाबारे पूर्ण विवरण पठाउन अर्थ मन्त्रालयले बिमा समितिलाई पत्र पठाएको छ । पत्रमा कोरोना बिमामा हालसम्मका हरेक बिमा कम्पनीअनुसार बिमित संख्या, हालसम्म भुक्तानी भइसकेका र भुक्तानी हुन बाँकी रकम र संख्या पठाउन भनिएको छ । ‘नेपाल सरकारले बिमा भुक्तानी दिन सरकारका तर्फबाट सहयोग गर्नुपर्ने भन्ने विषयमा भएको निर्णय, निर्देशिका वा अन्य कुनै त्यस्ता आधार भए त्यो पनि पठाउनू,’ पत्रमा भनिएको छ, ‘कोरोना बिमा गरेका बिमितमध्ये दोहोरो पर्ने गरी बिमा गरिएको वा आंशिक भुक्तानी पाएकाहरूको विवरण पनि उपलब्ध गराउनू ।’ कोरोना बिमा गरिएकामध्ये राष्ट्रसेवक…

Read More

बारा – बारामा धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या गरिएको छ । बाराको कलैया उपमहानगरपालिका ९ रामपुरका अहमद मिया चुरिहारलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शुक्रबार साँझ प्रहरीले शव बरामद गरेको हो । पालिकाको सोही वडामा रहेको भिआइपी इट्टा भट्टामा मियाको शव रगतमय अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले हत्याको अनुसन्धान गरी रहेको बताएको छ ।

Read More

बैतडी – बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जिप दुर्घटनामा परेको छ । मेलौलीबाट पाटनतर्फ जादैँ गरेको सु.प.प्र.०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जिप पाटन ६ को मेल्तडा खोलामा दुर्घटना परेको हो । इलाका प्रहरी कार्यालय पाटनका अनुसार दुर्घटनामा परी एक जना घाईते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भईरहेको छ । घाइतेको परिचय खुलेको छैन । खोलामा हालिएको साघुँरो पुलबाट गाडीखस्नगई दुर्घंटनामा परेको प्रहरीले जनाएको छ । खोलामा हालिएको पुल साँघुरो भएका कारण दुर्घटना भएको आशंका गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

Read More