Author: महेन्द्रनगर पोष्ट

एजेन्सी – हलिउडका प्रख्यात गायक जस्टिन बिबरलाई प्यारालाइसिस भएको छ । जस्टिनलाई रामसे हन्ट सिन्ड्रोम नामको एक दुर्लभ रोगले छोएपछि उनलाई अनुहारको आधा भागमा प्यारालाइसिस भएको हो । यो रोग लागेपछि जस्टिन केही समयका लागि आराममा छन् । उनले एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो कन्सर्टको शो क्यान्सिल गरेको बताएका छन् । भिडियोमा जस्टिन निकै कमजोर देखिएका छन् । उनी बोल्न पनि झन्झट मानिरहेका छन् । ‘एक भाइरसको कारण मलाई खतरनाक रोग लागेको छ । यो भाइरस यति खतरनाक छ कि मेरो अनुहारको नशामा आक्रमण गरिरहेको छ । यसकारण मेरो अनुहारको आधा भागमा प्यारालाइसिस भएको छ’,उनले भनेका छन् ।…

Read More

काठमाडौं – नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन् । गए राति सम्पन्न अन्तिम मत परिणाम अनुसार शेर्पाले ७३५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत ल्याएका थिए । सङ्घको उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का प्रतिस्पर्धी माया शेर्पाले ४२३ मत ल्याएका छन् । प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा, द्धितीय उपाध्यक्षमा दावा जाङ्बु शेर्पा निर्वाचित भएका छन् । यसैगरी महासचिवमा मोहन लम्साल ४८९ मतका साथ विजयी भएका छन् । महासचिवका अर्का प्रत्यासी आङ पेम्बा शेर्पाले ३२३ मत प्राप्त गरेका छन् । सचिवमा धनबहादुर गुरुङ र…

Read More

काठमाडाैं – अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । पहिलो खेलमा ओमानसँग पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकासँग खेल्न लागेको हो । नेपाल र अमेरिका बीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुरु हुनेछ । अमेरिकाविरुद्ध मैदानमा उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ओमानसँग जित नजिक पुगेर पनि १३ रनले पराजित भएपछि नेपालले महत्वपूर्ण २ अंक गुमाएको थियो । अमेरिका भने सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा अमेरिकाले ओमानलाई हराएको थियो । नेपाल भने अमेरिकालाई उसकै भूमिमा हराएर महत्वपूर्ण दुई अंक बटुल्न…

Read More

काठमाडौँ – कोरोना बिमामा सरकारले तिर्नुपर्ने रकमको स्रोत खोज्न समिति गठन भएसँगै काममा सक्रियता देखिएको छ । कोरोना बिमा सम्बन्धमा पछिल्लो अवस्थाबारे पूर्ण विवरण पठाउन अर्थ मन्त्रालयले बिमा समितिलाई पत्र पठाएको छ । पत्रमा कोरोना बिमामा हालसम्मका हरेक बिमा कम्पनीअनुसार बिमित संख्या, हालसम्म भुक्तानी भइसकेका र भुक्तानी हुन बाँकी रकम र संख्या पठाउन भनिएको छ । ‘नेपाल सरकारले बिमा भुक्तानी दिन सरकारका तर्फबाट सहयोग गर्नुपर्ने भन्ने विषयमा भएको निर्णय, निर्देशिका वा अन्य कुनै त्यस्ता आधार भए त्यो पनि पठाउनू,’ पत्रमा भनिएको छ, ‘कोरोना बिमा गरेका बिमितमध्ये दोहोरो पर्ने गरी बिमा गरिएको वा आंशिक भुक्तानी पाएकाहरूको विवरण पनि उपलब्ध गराउनू ।’ कोरोना बिमा गरिएकामध्ये राष्ट्रसेवक…

Read More

बारा – बारामा धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या गरिएको छ । बाराको कलैया उपमहानगरपालिका ९ रामपुरका अहमद मिया चुरिहारलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शुक्रबार साँझ प्रहरीले शव बरामद गरेको हो । पालिकाको सोही वडामा रहेको भिआइपी इट्टा भट्टामा मियाको शव रगतमय अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले हत्याको अनुसन्धान गरी रहेको बताएको छ ।

Read More

बैतडी – बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जिप दुर्घटनामा परेको छ । मेलौलीबाट पाटनतर्फ जादैँ गरेको सु.प.प्र.०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जिप पाटन ६ को मेल्तडा खोलामा दुर्घटना परेको हो । इलाका प्रहरी कार्यालय पाटनका अनुसार दुर्घटनामा परी एक जना घाईते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भईरहेको छ । घाइतेको परिचय खुलेको छैन । खोलामा हालिएको साघुँरो पुलबाट गाडीखस्नगई दुर्घंटनामा परेको प्रहरीले जनाएको छ । खोलामा हालिएको पुल साँघुरो भएका कारण दुर्घटना भएको आशंका गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

Read More

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलमा महिलालाई आगो लगाई जलाएको घटना हत्याका मुख्य अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला सदरमुकाम खंलगामा पत्रकार सम्मेलन आयोजना गरी अभियुक्त ४२ वर्षीय भोजराज खडायतलाई सार्वजनिक गरिएको हो । अनुसन्धानबाट स्थानीय भोजराज खडायतले घटना घटाएको खुल्न आएको दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रतिक विष्टले जानकारी दिए । जेठ २५ गते विहान वर्ष ४५ कि अनिभा खडायतको शव घर नजिकैको खरको थुप्रोमा आगोले जलेको अवस्थामा फेला परेको थियो । घटनाको जानकारी प्रहरीमा आएपछि अनुसन्धानका लागि दार्चुलाका प्रहरी प्रमुख विष्टको टोली घटनास्थल पुगेर घटनाको अनुसन्धान गरेको छ । प्रतिवादी खडायत चमेलिया जलविद्युत आयोजना बलाँचमा कार्यरत सुरक्षा गार्ड थिए…

Read More

अछाम- अछामको ढकारी गाउँपालिकाको गाडी साँफेमा दुर्घटना भएको छ । धनगढीबाट आएको गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको गाडी शनिबार विहान ५ बजे जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ४ मा दुर्घटना भएको हो । गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडीमा ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउँदलगायत ६ जना रहेका जिल्ला प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख निमित्त कैलाश सिंह बिष्टले बताए । उनका अनुसार गाडी चालक लली नेपाली सामान्य घाइते भएका छन् । उनको धुब्रतारा हस्पिटलमा उपचार भएको प्रहरीले जनाएको छ ।

Read More

आज – २८ जेठ २०७९ शनिवार । यस्तो छ आजको राशिफल :मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन् । बृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा) आज जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ…

Read More

मोरङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयताको सफल कार्यान्वयनका लागि अहिलेदेखि निर्वाचनमा जुट्नुपर्ने बताएका छन् । नेकपा एमाले मोरङ जिल्ला कमिटीद्वारा शुक्रवार आयोजित बृहत् कार्यकर्ता भेलामा उनले जनताको ठूलो त्याग र बलिदानबाट ल्याएको लोकतन्त्र संरक्षण गर्न आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा ल्याउन कार्यकर्ता अहिलेदेखि परिचालित हुनुपर्नेमा जोड दिए । उनले मुलुकको समृद्धि र विकासका लागि एमालेले प्रदेश तथा संसदीय निर्वाचनमा अत्यधिक स्थानमा विजय हासिल गर्नुपर्ने आवश्यकता औंल्याए । उनले हालै सम्पन्न पालिका निर्वाचनमा पार्टीप्रति विश्वास भएर जनताले लोकप्रिय मत दिएकोमा धन्यवाद समेत दिए । अध्यक्ष ओलीले नेकपा एमालेको आधार भनेको स्थानीयस्तरमा बसोबास गर्ने जनता नै भएको विचार राखे…

Read More