अछाम- अछामको ढकारी गाउँपालिकाको गाडी साँफेमा दुर्घटना भएको छ । धनगढीबाट आएको गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको गाडी शनिबार विहान ५ बजे जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ४ मा दुर्घटना भएको हो ।
गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडीमा ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउँदलगायत ६ जना रहेका जिल्ला प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख निमित्त कैलाश सिंह बिष्टले बताए । उनका अनुसार गाडी चालक लली नेपाली सामान्य घाइते भएका छन् । उनको धुब्रतारा हस्पिटलमा उपचार भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box