दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलमा महिलालाई आगो लगाई जलाएको घटना हत्याका मुख्य अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला सदरमुकाम खंलगामा पत्रकार सम्मेलन आयोजना गरी अभियुक्त ४२ वर्षीय भोजराज खडायतलाई सार्वजनिक गरिएको हो । अनुसन्धानबाट स्थानीय भोजराज खडायतले घटना घटाएको खुल्न आएको दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रतिक विष्टले जानकारी दिए ।
जेठ २५ गते विहान वर्ष ४५ कि अनिभा खडायतको शव घर नजिकैको खरको थुप्रोमा आगोले जलेको अवस्थामा फेला परेको थियो । घटनाको जानकारी प्रहरीमा आएपछि अनुसन्धानका लागि दार्चुलाका प्रहरी प्रमुख विष्टको टोली घटनास्थल पुगेर घटनाको अनुसन्धान गरेको छ ।
प्रतिवादी खडायत चमेलिया जलविद्युत आयोजना बलाँचमा कार्यरत सुरक्षा गार्ड थिए । मृतक संग उनको नाता गाउँले देवर भाउजुको रहेको प्रहरीले जनाएको छ ।
कसरी भयो घटना ?
नुख्य प्रतिबादी खडायतले जेठ २५ गते विहानको समयमा मृतकलाई घर बाहिर बोलाई बारीमा लगे । त्यसक्रमम करणी गर्ने विषयमा विवाद हुदाँ खडायतले महिलालाई ढुंगाले हाने । ढुंगाले हानेर घर फर्किने क्रममा मृतकी छोरीले देखेपछि पोल खुल्ने डरले उनी पुनः घटनास्थलमा गई खरले छोपेर महिलालाई आगो लगाए । महिलाई आगो लगाएर उनी फरार भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
महिलाको हत्या गरि उनले लगाएका सुनका गहना समेत प्रतिबादी खडायतले लगेको पाइएको छ । घटनास्थलमा टाउँकोमा चोट रही खरको थुप्रोमा जलेको महिलाको शव, चप्पल, पुरुषले प्रयोग गर्ने कट्टु, रगत जस्तो रातो पदार्थ लागेको ढुङ्गा फेला परेको छ । उक्त घटना एक्लैले गरेको भनि भोजराजले प्रहरीसंग स्विकार गरेका छन् । उनी विरुद्ध जिल्ला अदालत दार्चुलामा जबरजस्ती करणी, ज्यान सम्बन्धि कसुर र डाकाचोरी शिर्षकमा मुद्दा दर्ता गरिएको छ ।
अदालतले प्रहरीलाई थप अनुसन्धानका लागि ७ दिनको समय दिएको छ । भोजराजलाई बैतडीको दोगाडाकेदार गाउँपालिका वडा नं ३ खोचलेकबाट २६ गते पक्राउ गरिएको थियो । प्रहरीले घटनाको अनुन्धानका लागि छिमेकी विरेन्द्र खडायत र तुला खडायतलाई पनि नियन्त्रणमा लिएको छ ।
उनीहरुविरुद्ध अभद्र व्यवहार कुसुरमा मुद्दा दर्ता गरिएको दार्चुलाका प्रहरी प्रमुख विष्टले बताए ।