Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर- नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिले महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको छ । अस्पताललाई सभ्य सुलभ, सहज र बिरामीमैत्री थलोको रूपमा विकास गर्न सुझाव दिँदै फार्मेसी व्यवस्थित बनाउनु पर्ने, अस्पतालमा सरसफाइको ध्यान दिनुपर्ने, थन्किएर रहेका उपकरणहरू यथासिघ्र सञ्चालनमा ल्याउनुपर्ने लगायतका मागहरु हाम्रो संगठनको रहेको अखिल क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश इन्चार्ज प्रकाश जप्रेलले बताए । महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले संगठनका जायज मागहरुलाई सम्बोधन गर्ने र आफ्नो ठाउँबाट पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । यस अवसरमा अखिल क्रान्तिकारीले अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल समेत वितरण गरेको छ ।

Read More

बझाङ- बझाङमा अज्ञात रोगबाट १ वर्षमा ६ शिशुले ज्यान गुमाएका छन् । जयपृथ्वी नगरपालिका–१ को भण्डार गाउँमा अनौठो खालको लक्षण देखिने रोगले शिशुहरुले ज्यान गुमाएका हुन्। भण्डार गाउँकी ललिता रोकायाको ३ महिने छोरो, रेखा विष्टको १ महिने र सुमन विष्टको ४ महिनाको शिशु गरी हालसम्म ६ जनाको यस्तै लक्षणका कारण मृत्यु भइसकेको स्थानीय मोहनबहादुर विष्टले बताए। उनका अनुसार ती शिशुको बान्ता, पिसाब र श्वासबाट पेट्रोल तथा डिजेलको जस्तो गन्ध आउने अनौठो खालको लक्षण देखिएको थियो। यस्तै खालको लक्षणपछि गम्भीर बिरामी परेका दुई बालकलाई धनगढी रिफर गरिएको जिल्ला अस्पताल बझाङले जानकारी दिएको छ। शिशुहरूमा भएको संक्रमणको निदान जिल्लामा हुन नसकेपछि धनगढी…

Read More

डोटी- डोटीमा एक शिक्षक मृत भेटिएका छन्। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–४ सातफरी न्वादेउका २० वर्षीय शिक्षक भरत बिक मृत फेला परेका हुन्। उनी बिहीबार बिहान घर नजिकैको एक पसलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतकको कम्मर र खुट्टामा चोट लागेको छ। उनी विगत केही वर्ष यता सातफरी आधारभूत विद्यालयमा कार्यरत थिए।

Read More

बझाङ- बझाङकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको छविस पाथिभेरा गाँउपालिका–२ मण्डीकी २४ वर्षीया गंगा ऐडीको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। अत्याधिक रक्तस्राव भएर पाठेघर नखुम्चेपछि छटपटाइरहेकी उनलाई बिहीबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए। राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनलाई नेपाली सेनाको हेलिकप्टरबाट बाँकेको कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको जिल्ला अस्पताल सिमखेतका निमित्त कार्यालय प्रमुख डा. मिलन खड्काले बताए।

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभामुख अर्जुनबहादुर थापाले सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन्। यसअघि भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रममा भएका बुँदाहरु बजेटमा समावेश हुनुपर्ने सुझाव दिएका थिए।

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६५५ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ९८ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी २२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने हाल देशभर ११२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ११२ जना होम आइसोलेसनमा रहेका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५४७पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ…

Read More

धनगढी – भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै बेला निर्वाचित कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई कामकाजमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । उनलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी हुन रोक लगाउनुका साथै गाउँपालिकाको अध्यक्षको हैसियतमा कुनै पनि काम नगर्न नगराउन माग गर्दै अधिवक्ता वसन्त जैशीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उक्त रिटमा शुक्रवारका लागि पेशी तोकिएको छ । २०७४ सालमा मोहन्याल गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्ष हुँदा उपाध्यायविरुद्ध अख्तियारले भ्रष्ट्राचारसम्बन्धी मुद्दा दायर गरेको थियो । त्यसपछि निलम्बनमा परेका उपाध्यायले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनी निर्वाचित…

Read More

काठमाडौं – नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय तह सञ्चालनको कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा दुई दिनको प्रशिक्षण दिएको छ । पार्टीको निर्वाचनसम्बन्धी घोषणा पत्र, स्थानीय तह सञ्चालनसम्बन्धी कानुनी व्यवस्था, संघ, प्रदेश र स्थानीयको अधिकार क्षेत्रबारे, स्थानीय तहको बजेट निर्माण प्रक्रिया, अनुगमनका साथै जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धबारे नवनिर्वाचित जनप्रतिनिधिले कसरी बिषय उठान गर्ने भन्नेबारेमा नेकपा एमालेले प्रशिक्षण दिएको हो । बुढानीलकण्ठ नगरपालिकाबाट सुरु भएको स्थानीय तह सञ्चालनसम्बन्धी प्रशिक्षण काठमाडौँका ११ वटै नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई दिइएको एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले जानकारी दिए । बिहीबारदेखि सुरु भएको कार्यक्रममा २० देखि २१ गते बुढानिलकण्ठ…

Read More

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको बैठक आगामी असार १ गते बुधबार १ बजे बस्नेछ ।

Read More

काठमाडौं – प्रहरीको नियन्त्रणमा रहेका बञ्चरेडाँडाका स्थानीय रिहा भएका छन् । नुवाकोटको इलाका प्रहरी कार्यालय ककनीमा बुधबारदेखि नियन्त्रणमा रहेको बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, तपन उप्रेती र कृष्ण बजगाईंलाई प्रहरीले छाडेको हो । प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई बिहीबार बिहान १० बजे छाडेको नुवाकोटले जनाएकाे छ । बुधबार आन्दोलनकारीहरुले प्रहरी माथि हातपात र फोहोर बोकेका सवारी साधन तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

Read More