कञ्चनपुर– नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिले महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको छ ।
अस्पताललाई सभ्य सुलभ, सहज र बिरामीमैत्री थलोको रूपमा विकास गर्न सुझाव दिँदै फार्मेसी व्यवस्थित बनाउनु पर्ने, अस्पतालमा सरसफाइको ध्यान दिनुपर्ने, थन्किएर रहेका उपकरणहरू यथासिघ्र सञ्चालनमा ल्याउनुपर्ने लगायतका मागहरु हाम्रो संगठनको रहेको अखिल क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश इन्चार्ज प्रकाश जप्रेलले बताए ।
महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले संगठनका जायज मागहरुलाई सम्बोधन गर्ने र आफ्नो ठाउँबाट पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । यस अवसरमा अखिल क्रान्तिकारीले अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल समेत वितरण गरेको छ ।
Facebook Comments Box