डोटी– डोटीमा एक शिक्षक मृत भेटिएका छन्। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–४ सातफरी न्वादेउका २० वर्षीय शिक्षक भरत बिक मृत फेला परेका हुन्।
उनी बिहीबार बिहान घर नजिकैको एक पसलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतकको कम्मर र खुट्टामा चोट लागेको छ। उनी विगत केही वर्ष यता सातफरी आधारभूत विद्यालयमा कार्यरत थिए।
Facebook Comments Box