Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – काठमाडौँको फोहोर बिसर्जनस्थल नुवाकोटको सिसडोलबाट दुर्गन्ध हटाउने उपाय र फोहोरले वातावरणमा परेको असरबारे अध्ययन गर्न विज्ञहरूको टोली आज सिसडोल जाँदैछ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वैज्ञानिक डा. रवीन्द्र ढकाल, डा. टिस्टा प्रसाईँ जोशी, काठमाडौँ महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राई, मेयर बालेन साहको सचिवालयमा रहेका फोहोर व्यवस्थापन विज्ञ इ. सुनिल लम्साल, अमृता पौडेलसहितको टोली आज मध्याह्न सिसडोल जान लागेको हो । विज्ञसहितको टोलीले सिसडोलबाट निस्किएको लिच्चड, पानीको स्रोत र ग्याँसको परीक्षणका लागि नमुना सङ्कलन गर्नुका साथै फोहोरको दुर्गन्ध हटाउने उपायबारे अध्ययन गर्ने टोलीका एक जना सदस्य सुनिल लम्सालले जानकारी दिए । यसअघि जेठ २० गते…

Read More

कास्की – कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार स्थानीय २७ वर्षीय अक्षयराज कुँवरको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका ३५ वर्षीय दिलिप कुँवरको सोही अस्पतालमा उपचार भइरहेको छ । नौडाँडाबाट पोखरातर्फ जाँदै गरेको ग १० प ७६६६ नम्बरको मोटरसाइकल गएराती साढे ९ बजे अनियन्त्रित भइ पल्टिएको थियो । मोटरसाइकलमा सवार २ जना मध्ये चालक को हुन् भन्ने खुल्न नसकेको अस्थाई प्रहरी पोष्ट हेम्जाा कास्कीले जनाएको छ ।

Read More

काठमाडौं – काठमाडौं उपत्यकामा हप्तौंपछि आज (मंगलबार) देखि उठाउन थालिएको फोहोर फाल्न ल्याण्डफिल्ड साइटका स्थानीयले फेरि अवरोध गरेका छन् । सोमबार सरकार, नगरपालिकाहरु र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिहरुबीच भएको सहमति नमान्ने भन्दै नुवाकोटको बञ्चरेडाँडाका स्थानीयले फोहोर लिएर गएका गाडीलाई अवरोध गरेका हुन् । सोमबार शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच आजदेखि फोहोर विसर्जन गर्न दिनेलगायतका सहमति भएको थियो । उक्त सहमति नमान्ने भन्दै स्थानीय बासिन्दाले धुनिवेशीमा ट्रक रोकेर अवरोध गरेको काठमाडौं महानगरपालिकाकी वातावरणीय विभाग प्रमुख सरिता राईले सेतोपाटीलाई बताइन्। सहरी विकास मन्त्रालयमा सोमबार अबेरसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको…

Read More

नेपालगञ्ज – प्रहरीले एकैपटक नेपालगञ्जका सात क्यासिनोमा छापा मारेको छ । क्यासिनोमा नेपालीका लागि प्रवेश निषेध गरे पनि क्यासिनोमा प्रवशे गरी जुवा खेलाउने कार्य भएको उजुरी आएकाले छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । प्रहरीले क्यासिनोमा छापा मार्दा नेपालगञ्जस्थित धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालनमा रहेको सिटीइ गेमिङ क्लब क्यासिनोबाट पुनः छ जना नेपालीलाई पक्राउ गरिएको उनले बताए । उनीहरूलाई कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यसअघि पनि आइतबार होटल सिटी प्यालेसभित्र सञ्चालित सिटीइ गेमिङ क्लब क्यासिनोबाट नेपालगञ्जका…

Read More

एजेन्सी  – चीनको मध्य क्षेत्रमा रहेको हुबेई प्रान्तको याङ्जे नदीमा सोमबार ३० लाखभन्दा बढी माछालाई छोडिएको छ । हुबेई प्रान्तीय सरकारका अनुसार यी माछाहरूमध्ये चिनियाँ स्टरगेन र यसबाट सुधारिएको प्रजातिलगायत केही संरक्षित प्रजातिहरू पनि छन् । कृषि तथा ग्रामीण मामिला मन्त्रालय, हुबेई प्रान्तीय सरकार र थ्री गर्जेज ग्रुपले संयुक्त रूपमा माछा भण्डार बढाउन र जलीय जैविक विविधताको संरक्षण गर्न यस गतिविधिको आयोजना गरेको थियो । कृषि तथा ग्रामीण मामिलासम्बन्धी प्रान्तीय विभागका अनुसार सन् २०१६ देखि हुबेईले आफ्ना नदी तथा तालहरूमा दुई अरबभन्दा बढी माछाहरूलाई छोडिएको छ। एजेन्सी

Read More

गुल्मी- गुल्मीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। सोमबार साँझ जिल्लाको इस्मा गाउँपालिका–५ की ४० वर्षीया तारा सार्कीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले बताएको छ। अपरान्ह बारीमा मकै खन्दै गरेका बेला चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले बताए।

Read More

कैलाली- कैलालीमा मोटरसाइकल र पावर टिलर आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार सोमबार जानकी गाउँपालिका-३ सुवर्णपुरस्थित भित्रि सडकखण्डमा टीकापुरबाट उत्तरतर्फ गइरहेको बा प्र ०२०३५ प ६८६० नम्बरको मोटरसाइकल र सोही दिशाबाट गइरहेको पावर टिलर ठोक्किएको हो । दुर्घटनामा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका-१ का १८ वर्षीय विष्णु विक र मोटरसाइकलकै पछाडि सवार उनकी आमा ३५ वर्षीया ईशारा विक घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनीहरु दुवै जनालाई टीकापुर अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रिफर गरिएको प्रहरीले बताएको छ। दुवै सवारी साधनसहित पावर टिलर चालक जानकी-८ का २९ वर्षीय लक्षुराम चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको…

Read More

बैतडी- बैतडीमा यही जेठ १७ गतेबाट सम्पर्कबिहीन प्रेमसिंह रावत मृत अवस्थामा भेटिएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर २ सौंडालीका अन्दाजी ३० वर्षीय रावत नजिकैको इडा जंगलको भिरमा मृत अवस्थामा भेटिएका हुन् । बोल्न नसक्ने सुस्त मनस्थिति भएका रावत १७ गते बिहानबाट सम्पर्कबिहीन रहेका थिए । रावतको शव भीरमा अड्केको र सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनबहादुर साउँदले बताए । शव आफन्तको जिम्मा लगाइएको प्रहरी निरीक्षक साउँदले बताए । घटनाबार अनुसन्धान भइरहेको उहाँले बताएका छन् ।

Read More

बैतडी- जिल्ला समन्वय समिति बैतडीको निर्वाचन आज हुँदैछ । अहिले बिहान ७ बजेदेखि मतदान सुरू भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान ९ बजेसम्म चल्ने छ । गठबन्धन दलसंगै स्वतन्त्र एकातिर छन् भने एमाले एक्लै छ । प्रमुखका लागि गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी उम्मेदवार छन् भने एमालेबाट मोहनबहादुर थापाको उम्मेदवारी रहेको छ । यस्तै उपप्रमुख पदका लागि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दमनबहादुर कुँवर र एमालेबाट हेमा भट्ट चुनावी मैदानमा रहेका छन् । यस्तै खुला तीन सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा नेकपा माओवादी केन्द्रका प्रेमसिंह भाटको उम्मेदवारी रहेको छ । एमालेबाट ईश्वरबहादुर बोहरा,…

Read More

आज- २४ जेठ २०७९ मंगलवार । यस्तो छ आजको राशिफलमेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक र धर्मकर्मको क्षेत्रमा मन लाग्नेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । बृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ, तर यात्रा नगरेकै राम्रो हुनेछ । मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । कर्कट(हि, हु, हे, हो,…

Read More