Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित ७ जना पक्राउ परेका छन्। दुबईबाट नेपाल वायुसेवा निगमको फ्लाइट नं आरए २३० को जहाजबाट नेपाल आएकाचिनियाँ र एक भारतीय नागरिकसहित ७ जनालाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो। पक्राउ पर्नेमा रुपन्देहीका ४२ वर्षीय सुरेश बहादुर शाही, कपिलवस्तुका २९ वर्षीय सन्दीप चन्द ठकुरी, बाराका २२ वर्षीय निर्मला घलान, काठमाडौंका ४१ वर्षीय राहुल भन्ने बरुणभक्त माथेमा, र नवलपरासी पश्चिमका ४१ वर्षीय युवराज भुसाल, २७ वर्षीय चिनियाँ नागरिक लोप्सन ग्याल्सेन र ५१ वर्षीय भारतीय नागरिक अमन राजपुत रहेका छन्। सुरेश र सन्दीपले आफूले लगाएको सर्ट, पाइन्ट र अन्डरवेयरका विभिन्न भागमा सुनको जलप लगाएर ल्याएको भेटिएको…

Read More

काठमाडौं – साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार १२.९२ अंकले घटेको बजार २०६५.७८ बिन्दुमा आएर रोकिएको छ । सोमबार विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र म्युचअल फण्डबाहेक अन्य उपसमूहको मूल्य घटेको छ । सोमबार सबैभन्दा धेरै बैंकिङ उपसमूहका लगानीकर्ताले गुमाए । सोमबार कुल २२८ कम्पनीको २५ हजार ९०८ वटा कारोबारबाट ४४ लाख ९ हजार ६९१ कित्ता सेयर किनबेच भएको छ । यसबाट कुल १ अर्ब २७ हजार ३३ लाख ८५ हजार २७७ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ३२४८ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा नेपालमा ८ जना कोरोनासंक्रमण मुक्त भएका छन् भने १ लाख २७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार अहिलेको अवस्थामा नेपालमा १ सय ९ जना सक्रिय संक्रमित संख्या रहेका छन् ।

Read More

नेपालगन्ज – बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । फेसबुकमा एक वर्षदेखि चिनजान भएका बैजनाथ गाउँपालिका ८ का १७ वर्षीय हेमराज थारुले आफ्नो जन्मदिन मनाउनका लागि भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत ७ जनाले बलात्कार गरेको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बताए । प्रहरीका अनुसार शनिबार राति र आइतबार छुट्टाछुट्टै स्थानमा किशोरीमाथि बलात्कार भएको उनले बताए । किशोरीलाई सुरुमा मानखोलाको जङ्गलमा ५ जना युवाले र पछि बैजनाथस्थित टहरामा लगेर दुई जना युवाले बलात्कार गरेको प्रहरीले जनाएको छ । आइतबार साँझ एउटै बाइकमा किशोरीलाई घर पुर्‍याउन जाँदा तीन जना सवार भएकाले प्रहरीले खजुरामा चेकजाँच गर्दा किशोरीको अवस्था देखेपछि घटना पत्ता…

Read More

काठमाडौं – उपत्यकाका सडकमा राखिएको फोहोरको दुर्गन्ध हटाउन काठमाडौं महानगरपालिकाले केमिकल छर्कन थालेको छ । काठमाडौंका विभिन्न सडकमा थुप्रिएर बसेको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्कन थालिएको हो । सोमबार बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, माइतीघरलगायतका क्षेत्रमा महानगरको ट्याकंरले केमिकल छर्किएको थियो । काठमाडौंको फोहोर फाल्ने सिसडोल ल्यान्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन । सिसडोलबासीले भने राज्यले आफूहरूसँग सम्झौता कार्यान्वयन नगरेको भन्दै काठमाडौंको फोहोर फाल्न अवरोध गर्दै आएका छन् । उनीहरूसँग छलफल गर्न काठमाडौं महानगरपालिका मेयर बालेन साह सिसडोल नै पुगेका थिए । छलफलका क्रममा मेयर साहले तत्कालका लागि केमिकल प्रयोग गरेर फोहोरको दुर्गन्ध हटाउने प्रतिबद्धता जनाएका…

Read More

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले बलात्कार तथा यौन हिंसाको घटनामा उजुरी दिने हदम्याद तत्काल हटाउन सक्ने अवस्था नरहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बन्दीले नेपाल कानुन आयोगको अध्ययन प्रतिवेदन नआई सो घटनाको उजुरी दिने हदम्याद हटाउन नसकिने बताए। उनले बलात्कार तथा यौन हिंसाको घटनाबारे सरकार गम्भीर भएको उल्लेख गर्दै आयोगले दिने अध्ययन प्रतिवेदनको आधारमा मात्रै त्यसको उजुरीको हदम्याद हटाउने गरी कानुन संशोधन गर्न सरकार तयार रहेको बताए। सो घटनाका पीडित हदम्यादका कारण न्यायबाट बञ्चित हुन नपरोस् भनेर नै आफूले मन्त्री हुनेबित्तिकै हदम्यादका सम्बन्धमा सर्वोच्च अदालतको हालसम्मको नजिर, हाम्रो सामाजिक…

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेरको निर्णयबाट ब्याक भएका छन् । उनले हटाउने भनेर नाम सिफारिस गरेका मन्त्रीहरू अब यथावत आफ्नो पदमा रहनेछन् । एसका एक मन्त्रीका अनुसार काममा फर्कने जानकारी आएको छ । यसअघि एसले मन्त्रिहरु परिवर्तनको निर्णय गरी बालुवाटारमा नाम समेत सिफारिश गरेको थियो । तर, एसभित्र ठूलै विद्रोह हुनथालेपछि आज दिउँसो माधव नेपाल ब्याक हुने निर्णयमा पुगेका हुन् । माधव नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो गरेको छलफलमा कम्तिमा बजेट सदनबाट पारित गरेपछि मात्र निर्णय लिन सुझाव दिएपछि नेपाल ब्याक हुन तयार भएका थिए । अब एसबाट मन्त्री भएका विरोध खतिवडा, प्रेमबहादुर आले,…

Read More

काठमाडौं – नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको छ । भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात खराव थियो । पहिलो ओभरमै ओपनर स्नेहा महरा खाता खोल्नै नपाई आउट भइन् । तेस्रो ओभरमा आउट भएकी अर्की ओपनर किरण कुमारी कुँवरले २ रनमात्र बनाइन् । तेस्रो नम्बरमा आएकी साना प्रविणले १२ रनमात्र जोडिन् । उनले १५ बलमा २ चौका प्रहार गरिन् । चौथो नम्बरमा ब्याटिङमा आएकी सानुले नेपालका लागि सर्वाधिक रन जोड्ने क्रममा ३२ बल खेलेर ५ चौका प्रहार गरिन् । त्यसपछिका ब्याटरहरु आश्मा…

Read More

काठमाडौं – पत्रकार किशोर नेपाल र उकेरा डटकमलाई कारबाहीको मागसहित प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघमा उजुरी परेको छ । बाराका विनय यादवले गत शनिबार (२१ जेठ)मा उकेरा डटकममा किशोर नेपालको बाइलाइनमा ‘बालेन साहेबको दौडधुप’ शिर्षकमा प्रकाशित लेख हिन्दु धर्मावलम्बीहरूको आराध्य देव श्री कृष्ण र सम्पुर्ण यदवंशी समाज अर्थात यादव’ समाजको अपमान गरिएको भन्दै उनीहरुलाई कारबाहीको माग राखेर काउन्सिल र महासंघमा उजुरी दर्ता गराएका हुन् । सोमबार दर्ता भएको उजुरीमा पत्रकार नेपाल यसअघि समेत काठमाडौंको मेयर बालेन्द्र साहलाई विभिन्न अन्तर्वार्तामा जातीसुचक शब्द प्रयोग गरी अपमान गरेको उल्लेख गरिएको छ । ‘पत्रकार नेपाल र उकेरालाई पत्रकारिताको न्युनतम मर्यादासमेत नराख्दै विभिन्न जातजातीलाई…

Read More

एजेन्सी – भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा आइतबार साँझ बस दुर्घटना हुँदा त्यसमा परेर कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । बस खाल्डोमा खसेर दुर्घटना भएको यहाँको प्रहरीले जानकारी दिएको छ । त्यस बसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालकसहित ३० जना सवार रहेका थिए । भारतको एक समाचार समिति, एसियन न्युज एजेन्सीले सो समाचारको पुष्टि गरेको छ । साथै उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पनि सो दुर्घटनामा परेर २५ जनाको मृत्यु भएको जानकारी दिएका छन् । Advertisement उक्त बसमा हरिद्वारबाट तिर्थयात्रीहरु गएका थिए । बसमा सवार सबै यात्रु चारधाम तीर्थ यात्राका लागि जाँदै थिए ।त्यसमा परेर पाँच जना…

Read More