Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम जेठ २४ गते मंगलबार प्रस्तुत तयारी गरेको छ । अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको कर्णाली सरकारले यसपटक बजेट घटाएर ल्याउने तयारी गरेको हो । बजेट घटेर आउने हुँदा नयाँ योजनामा बजेट जाने सम्भावना कम भएको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले आगामी वर्ष नयाँ र दीर्घकालीन महत्तवका आयोजना प्रस्ताव गर्दा विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय अध्ययनको आधारमा बहुवर्षीय आयोजनाको रुपमा स्वीकृत गरी कार्यान्वयन गर्ने नीति समेत लिएको छ ।

Read More

मुम्बई – बलिउड अभिनेता सलमान खान र उनका पिता सलीम खानलाई एक अज्ञात व्यक्तिले पत्र लेख्दै ज्यानको धम्की दिएका छन् । यो मामलालाई गम्भीर रुपमा लिँदै मुम्बई प्रहरीले बान्द्रा पुलिस स्टेसनमा उजुरी दर्ता गराएर अनुसन्धान सुरु गरेको छ । समाचारअनुसार सलीमलाई यो धम्कीपूर्ण पत्र प्राप्त भएको थियो । यसपछि सलीमले मुम्बईको बान्द्रा प्रहरी चौकीमा उजुरी दिएका थिए । मुम्बई प्रहरीले तुरुन्तै अज्ञात व्यक्तिविरुद्ध मुद्धा दर्ता गराएर अनुसन्धान सुरु गरेको हो । तर पत्रमा ज्यानको बाहेक अन्य के-के विषयमा धम्की दिइएको छ भन्ने कुरा केही खुल्न सकेको छैन । यसअघि नयाँदिल्लीको तिहाड जेलमा रहेका ग्याङस्टार लरेन्स बिश्नोईले सलमानलाई ज्यानको धम्की दिएका…

Read More

काठमाडौं – शेरबहादुर देउवा नेतृत्वको सरकारका चार मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नै नगरी बाहिरिने भएका छन् । मन्त्री नियुक्त भए लगत्तै सम्पति विवरण सार्वजनिक गर्ने परम्परा तोड्दै देउवा सरकारका चार मन्त्री आफ्नो जिम्मेवारीबाट बाहिरिने भएका हुन् । जसअनुसार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री कृष्णकुमार श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री रहेका छन् । यसअघि सरकारका सबै मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्दै आए पनि प्रधानमन्त्री देउवाले पटकपटक मन्त्रीमण्डल हेरफेर गर्दा पनि सम्पत्ति विवरण सार्वजनिक नगरेर नयाँ रेकर्ड कायम गरेका…

Read More

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) पनि मन्त्री हेरफेर गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी)ले एकाएक पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई पठाएपछि जसपामा पनि मन्त्री हेरफेर गर्न दबाव परेको हो । पार्टीको तर्फबाट सरकारमा सहभागी भएका चार मन्त्रीमध्ये तीनलाई फिर्ता बोलाउने तयारी भएको जसपा निकट स्रोतले बताएको छ । जसपाबाट हाल राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्रराय यादव र रामसहाय प्रसाद यादव मन्त्री छन् । सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेका महेन्द्रराय यादवबाहेकका मन्त्रीलाई फिर्ता बोलाएर प्रदीप यादव, प्रमोद साह, इस्तियाक राईलाई सरकारमा पठाउने तयारी भइरहेको बताइएको छ ।

Read More

काठमाडौं- एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीहरुलाई आज शपथ गराउने तयारी भएको छ । पार्टीमा भागबन्डा मिलाउनको लागि एकीकृत समाजवादीले आइतबार पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री हुनुहुन्छ । अब राज्यमन्त्री खापुङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएर जीवनराम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम रोजगार र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री दिने तयारी छ । नयाँ मन्त्रीको नाम एकीकृत समाजवादीले आइतबार प्रधानमन्त्री…

Read More

बैतडी- बैतडीको पुर्चौंडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार नगरका १० ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताए । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको कुँवरले बताए । पालिका पूर्ण खोपयुक्त सुनिश्चित भएको विषयमा जिल्ला खोप समन्वय समितिलाई पनि जानकारी दिएको उनले बताए ।…

Read More

कैलाली- कैलालीको एक रक्सी उद्योगमा आगलागी भएको छ। जिल्लाको चुरे गाउँपालिका–३ सहजपुरस्थित मारभट्टी बजारस्थित मनसुन वाइन ईण्डष्ट्रिजमा आगलागी भएको हो । सोही ठाउँका पृथ्वीविक्रम शाहको रक्सी उद्योगमा राति १२ बजेको समयमा फोहोरमैलामा लगाएको आगो सल्केर आगलागी भएको बताइएको छ। आगलागीबाट कम्पनीमा पूर्ण रुपमा क्षति पुग्न गई त्यहाँ रहेको ५९ हजार लिटर रक्सी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनका अनुसार अन्दाजी ३ करोड बराबरको क्षति भएको छ। आगो राति साढे १ बजे नियन्त्रणमा आएको प्रवक्ता जोशीले बताए। आगो निभाउने क्रममा उक्त कम्पनीमा काम गर्ने काठमाडौं महानगरपालिका–८ बालाजु घर भएका ४३ वर्षीय दीपक बस्नेत घाइते…

Read More

नयाँदिल्ली- छिमेकी देश भारतमा फेरि कोरोनाभाइरस सङ्क्रमण बढ्दै गएको छ । भारतको केरला र महाराष्ट्रमा सबैभन्दा धेरै सङ्क्रमण फैलिरहेको हो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले ३४ दिनपछि फेरि सङ्क्रमण बढेर सङ्क्रमितको संख्या एक प्रतिशतभन्दा धेरै पुगेको जनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । महाराष्ट्रमा आइतबार मात्रै १ हजार ४९४ जनालाई सङ्क्रमण भएको पुष्टि भएको छ । यस्तै, तमिलनाडु, मुम्बई, दिल्ली र राजस्थानलगायत क्षेत्रमा पनि सङ्क्रमण फैलिन थालेको बताइएको छ । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले सङ्क्रमण बढिरहेकाले सावधानी अपनाउन अपिल गरेका छन् । भारतमा आइतबार ४ हजार २७० जनालाई सङ्क्रमण भएको पुष्टि भएको थियो । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि केन्द्रीय…

Read More

कञ्चनपुर- जिल्ला समन्वय समिति कञ्चनपुरको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यक्रमअनुसार जेठ २४ गते मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, मतदाताको विरोधमा उजुरी लिने गरी कार्यक्रम तय गरिएको छ । यसैगरी, जेठ २५ गते मतदाताको विरोधमा दिएको उजुरीउपर जाँचबुझ गर्ने, अन्तिम नामावली प्रकाश गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने जेठ २६ गते मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्र जाँच गर्ने र उजुरीउपर निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन…

Read More

एजेन्सी- भारतको उत्तराखण्डमा आइतबार साँझ बस दुर्घटना हुँदा २६ यात्रुको मृत्यु भएको छ । उत्तराखण्डको उत्तरकाशीमा यूके – ०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको उत्तराखण्ड प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुने सबै चार धाम तीर्थ यात्राका गइरहेको बताइएको छ । दुर्घटनाग्रस्त बसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार रहेकोमा २६ जनाको ज्यान गएको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सञ्चार माध्यमहरुलाई जानकारी दिएका छन् । दुर्घटनापछि एनडीआरएफको टोलीले घट्नास्थल पुगेर उद्धार कार्यमा जुटेको थियो । गहिरो खाडल र अन्धकारका कारण शव निकाल्ने तथा घाइतेहरुको उद्धार गर्न समस्या भएको थियो । घाइते ४ जनको स्थानीय…

Read More