Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अध्ययनबिना साइकल लेन बनाउन नसकिने जनाएका छन् । साइकल दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले काठमाडौंमा साइकल लेन सञ्चालन गर्नुअघि अध्ययन अनिवार्य भएको बताएका हुन् । ‘जुन बाटोमा साइकल गुड्छ, त्यही बाटोमा गाडी हिडछ । मानिस दुर्घटनामा पर्ने सम्भावना हुन्छ’, मेयर शाहले दरवारमार्गमा आयोजित एक कार्यक्रममा भने, ‘बाहिरतिर साइकल लेन छुट्टै हुन्छ, फुटपाथ जस्तै वार लगाएको हुन्छ अनि सुरक्षित महशुस हुन्छ । गाडीहरुको स्पिड बढी हुने भएकाले दुर्घटनाको सम्भावना बढी हुन्छ । सुरक्षा पहिलो मुद्दा हुनुपर्छ ।’ उनका अनुसार हचुवाको भरमा साइकल लेन बनाउने भन्दापनि व्यवस्थित तरिकाले लेन निमार्ण गरिनुपर्छ…

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । पार्टी उपाध्यक्ष जयन्ती राईले बैठक दिउँसो ३ बजेपछि पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने बताइन् । उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ । ३० वैशाखमा भएको निर्वाचनको परिणामप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन । पाँच दलीय गठबन्धनबीचको तालमेलमा नेपाली कांग्रेस र नेकपा (माओवादी (केन्द्र)बाट धोका भएको पार्टी अध्यक्ष माधवकुमार नेपालले अभिव्यक्ति दिँदै आएका छन् । तर, कांग्रेस– माओवादी धोका दिएको भन्‍ने स्वीकार्न तयार छैनन् ।

Read More

काठमाडौँ – निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाडौँमा प्रदर्शन भएको छ । प्रभावित क्षेत्र टांगियाबासीले शनिवार काठमाडौँको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहितको प्रदर्शन गर्दै सर्वोच्च अदालतले दिएको सो फैसलाको पक्षमा ऐक्यबद्धता जनाएका हुन् । विना विकल्प सो विमानस्थलको धावनमार्ग टांगियाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै आफूहरूले ऐक्यवद्धतास्वरुप काठमाडौँमा शान्तिपूर्ण र्‍यालीसहितको प्रदर्शन सुरु गरिएको स्थानीयले बताए । उनले तत्काल सो विमानस्थलका प्रभावित क्षेत्रका नागरिकलाई लालपुर्जासहितको जमिनको व्यवस्था गर्न पनि सरकारसँग माग गरे । स्थानीयले ५० वर्षदेखि त्यहाँ बसोबास गर्दै आएका स्थानीयहरूलाई विस्थापित गराउने षड्यन्त्र राज्यबाट भइरहेको भन्दै आपत्ति…

Read More

दाङमा – दाङमा खैरो हेरोइनसहित २ जना पक्राउ गरेको छन् । उनीहरूलाई गए राति घोराहीमा रहेको सुप्रिम होटेल एण्ड फास्ट फुड नास्ता पसलमा कारोबार गर्दै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा रुकुमको पुथा-उत्तरगंगा गाउँपालिका-७ का २० वर्षीय विशाल बुढामगर र घोराही उपमहानगरपालिका-१६ का ३० वर्षीय रमेश पुन मगर रहेका छन् । पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले ६ वटा प्लास्टिकको टुक्रामा राखेको २ ग्राम ३० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ ।

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार आयोजित चलचित्रको शुभ मुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । दलित महिला केन्द्रले निर्माण गर्न लागेको यो चलचित्रको दिनेश डिसीले निर्देशन गर्नेछन् । चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित हुनेछ । चलचित्रको शनिबार बालुवाटारमै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभ मुहूर्त गरेका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा चलचित्रको शुभ मुहूर्त गरिएको हो । चलचित्र निर्माणका लागि एक करोड २५ लाख लागत अनुमान गरिएको छ…

Read More

तनहुँ – खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ । मिृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् । सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएकोे उनले जानकारी दिए।

Read More

काठमाडौँ – लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसिउद्दीन खानले अहिले कक्षा १२ को परीक्षा दिँदैछन् । उनले यसअघि प्रदेशसभा सचिवालयलाई बुझाएको शैक्षिक योग्यतामा स्नातक उत्तीर्ण भएको उल्लेख छ । मन्त्री खान मायादेवी गाउँपालिका वडा नम्बर ५ को हाजीयनातुल्ला माविमा कक्षा ११ र १२ मा भर्ना भएका थिए । शिक्षा सङ्कायमा भर्ना भएका उनले अहिले परीक्षा दिँदैछन् । उनको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ९ खुदाबगरस्थित खुदाबगर आदर्श माविमा परीक्षा केन्द्र परेको छ ।मन्त्री खानले पहिलो दिन अंग्रेजी विषयको परीक्षामा सहभागी भएपनि त्यसपछि गएका छैनन् । खुदाबगर आदर्श माविका प्रअ तथा केन्द्राध्यक्ष प्रकाश शुक्लाले मन्त्री खान अंग्रेजीको परीक्षामा सहभागी…

Read More

काठमाडौं – वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो आज देखाइदै छ। एक महिनाअगाडिबाट सुरु भएको जात्रा ललितपुरको विभिन्न ठाउँ हुँदै जावलाखेलमा आएर सकिन्छ। आज देशका राष्ट्रप्रमुखले हेर्न आउने चलन छ। मछिन्द्रनाथको जात्राका लागि बुङ्गमतीबाट देवतालाई पाटन ल्याइन्छ । यहाँ ल्याएपछि रथ निर्माण, रथारोहण र रथ यात्रा हुँदै आएको छ । रथ यात्राको बाटो उही छ । तिथिका आधारमा रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । रथ पुगेको स्थानमा पुगेको दिन छोय्लाभूु ‘प्रारम्भिक जात्रा’ र त्यसको भोलिपल्ट मूल जात्रा ‘भुज्याः’ गरेर हर्षोल्लासका साथ जात्रा मनाइन्छ । मच्छिन्द्रनाथको भोटो देखाउने जात्रालाई स्थानीय भाषामा जावलाख्य जात्रा भनिन्छ। जावलाखेलमा रथ पुगेपछि छवासकामुनी…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्वपूर्ण एजेण्डा भएको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आज यहाँ आयोजना गरेको हाफ म्याराथनको उद्घाटन गर्दै उहाँले अहिले वातावरण जोगाउने विश्वकै महत्वपूर्ण एजेन्डा भएको र यसप्रति नेपाल सरकार गम्भीर रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको विश्वव्यापी असर सारा संसारले भोगिरहेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम अपरिहार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मौसम परिवर्तन र तापमानमा देखिएको वृद्धिको समस्या सारा संसारले भोग्दै आएको छ । हामीले पनि मौसम परिवर्तनका कारण विभिन्न समस्या भोग्न थालेका छौँ । बेमौसमी बाढी पहिरोका साथै हाम्रा हिमाल पग्लने समस्याले हिमशृङ्खला नाङ्गिँदै गएका छन् भने…

Read More

जनकपुरधाम – मधेस सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । शनिबार मुख्यमन्त्री निवास मधेश भवनमा बसेको मन्त्री परिषद्को बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । मन्त्री परिषद्बाट स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले जेठ २२ गते प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Read More