Author: महेन्द्रनगर पोष्ट

कैलाली- टीकापुरमा कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएसँगै विद्यालयमा अझै उपलब्ध हुन सकेको छैन । अन्य कक्षाको पठनपाठन नियमित भए पनि यी कक्षामा पाठ्यपुस्तक नपुगेकाले पठनपाठन नियमित हुन सकेको देखिँदैन । नेपाल सरकारको पाठ्यक्रम प्रारुप २०७६ अनुसार यस शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ मा पाठ्यपुस्तक परिवर्तन भएको हो । विद्यार्थीले नयाँ पाठ्यपुस्तक पढ्न पाउनुपर्ने भए पनि अझै हातमा पुस्तक नपुगेको विद्यार्थी वसन्त विकको गुनासो छ । ुकिताब छैन, किताब नभएकाले विद्यालयमा नियमित पढाइ हुन सकेको छैनु, विकले भने ुकिताब नै नभए कसरी पढ्नु ? विद्यालयमा गए पनि किताब छैन भन्दै शिक्षकले पनि पढाउँदैनन् । गएका…

Read More

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकारले स्वास्थ्योपचारमा नभइनहुने अत्यावश्यक मानिएको रगतको मूल्य  रु.५२५ प्रतियूनिटबाट बढाएर मूल्य रु.१,६४० पुर्याएकोमा विरोध प्रदर्शन गर्दै तत्काल  फिर्ता गर्न माग गरिएको छ । बढाइएको मूल्य फिर्ता लिएर पहिलेकै मूल्य कायम गर्न तथा बिपन्न बर्गका जन समुदायलाई आवश्यक सम्पूर्ण रगत नि:शुल्क उपलब्ध गराउन जोडदार माग गरेकाे छ । एक बक्तब्य प्रकाशित गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षा लाेकनारायण सुबेदीले भनेकाे छ – ब्लोदान जास्ता स्वयंसेवी रक्तदाता संस्थाहरु मार्फत स्वयंसेवी रक्तदातारुले दान दिएको रगत यसरी सरकारले केही करोड रुपैयाको ब्लड ब्याग, ट्रान्स्फ्यूजन सेट लगायतका उपकरणहरुमा अनुदान दिएर नि:शुल्क प्राप्त रगत आवश्यक परेका बिमारीलाई नि:शुल्क उपलब्ध गराउन पर्नेमा सबैतिर…

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणलाई नेपाल मुस्लिम इत्तेहाद सङ्गठनले मक्का मदिनामा जाने हजयात्रीको शुल्क घटाउन माग गरेका छन् । सरकारले साउदी अरबको मक्का मदिनामा हज गर्ने जाने हजयात्रीका लागि विगतभन्दा दोब्बर शुल्क तोकेको छ । संगठनका अध्यक्ष सराज अहमद फारुकीको नेतृत्वको टोलीले शनिबार मन्त्री खाँणलाई भेटी हज गर्न जाने हजयात्रीका लागि तोकिएको शुल्क घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको सङ्गठनका सचिव हलिम साहले जानकारी दिए । यही जेठ १५ गते नेपाल हज कमिटीले सूचना जारी गर्दै मक्कामदिना जानका लागि हजयात्रीबाट रु चार लाख ६६ हजार ३९२ तोकिएकामा २०७६ सालमा रु दुई लाख २५ हजार शुल्क तोकिएको जनाएको छ । सङ्गठनका सचिव…

Read More

रोल्पा – गत जेठ ४ गते रोल्पा कारागारमा एक कैदीबन्दीको आत्महत्याका विषयमा सरकारी तथा गैरसरकारी निकायहरूले स्थलगत अनुसन्धान सुरु गरेका छन् । सुर्खेत घर भई रोल्पा कारागारमा रहेका भनिएका विजयविक्रम शाहका नाममा कैद भुक्तान गरेका बाँके नेपालगन्ज उपमहानगरपालिका-२ घरबारी टोलका सुन्दर हरिजनले उक्त कारागारको शौचालयमा झुन्डिएर आत्महत्या गरेका थिए । घटनापछि मात्रै एक व्यक्तिको नामको कैद अर्को व्यक्तिले भुक्तान गरेको रहस्य खुलेको थियो । सो घटनाको सत्य तथ्य पत्ता लगाउन सरकारको मन्त्री स्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाइको नेतृत्वमा सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी एक समिति गठन गरिएको छ । समितिका सदस्यहरू शनिवार रोल्पा आउने कार्यक्रम छ । यसअघि…

Read More

काठमाडौं – साउदी अरबले शनिबार कोरोनाभाइरस सङ्क्रमणको महामारीपछि हज तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेको छ । अधिकारीहरूले महामारीका कारण वार्षिकरूपमा मनाइने पर्वहरूमा तीव्र प्रतिबन्ध लगाउन उत्प्रेरित गर्दै स्वदेशी तथा विदेशी तिर्थालुलाई भ्रमण तथा भेला हुन प्रतिबन्ध लगाएको थियो । इण्डोनेशियाबाट आएको समूह मदीना शहरमा आइतबार अवतरण भएको छ र आगामी हप्ताहरूमा हजको लागि तयारी गर्न दक्षिणी मक्काको पवित्र शहर जाने तय गरिएको थिया राज्य सञ्चालित सञ्चार माध्यमले बताएको छ । देशको हज मंत्रालयका मोहम्मद अल–बिजावीले राज्य सञ्चालित अल–एखबरीया च्यानललाई बताउँदै भन्नुभयो, “आज हामीले इण्डोनेशियाबाट यस वर्षको तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेका छौँ । आगामी दिनमा मलेसिया र भारतबाट हजका लागि…

Read More

सिरहा – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडक लामो समयदेखि मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको भन्दै स्थानीयवासीले आन्दोलन सुरु गरेका छन् । राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुर्दा सवारीसाधन सञ्चालन गर्न असहज भइरहेको र धुलोका कारण व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै स्थानीयवासीले आन्दोलन सुरु गरेका हुन् । हिजो तीन घण्टा राजमार्ग आवरुद्ध पारेका उनीहरुले सडक मर्मत नगरिए अझ सशक्त आन्दोलन गर्ने बताएका छन् । बजार क्षेत्रको करिब तीन किलोमिटर सडक विगत केही वर्षदेखि भत्किएको र सधैँ धूलो, धुँवा र हिलोबाट आफूहरु पीडित बनेको स्थानीय व्यापारी अशोक साहले बताउनुभयो । सडकको खाल्डाखुल्डी पुर्न र मर्मत गर्न पटकपटक जिल्ला…

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । प्रचण्डलाई भेट्न मन्त्री खाँण ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा पुगेका थिए । भेटमा स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिबारे छलफल भएको जनाएका छन् । भेटमा समसामयिक राजनीति, संघीय संसद्मा पेस भएको आर्थिक वर्षको बजेट, सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको बताइएको छ । भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारुढ दलहरूको गठबन्धनको निरन्तरताबारे समेत छलफल भएको थियो ।

Read More

काठमाडौं – काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अध्ययनबिना साइकल लेन बनाउन नसकिने जनाएका छन् । साइकल दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले काठमाडौंमा साइकल लेन सञ्चालन गर्नुअघि अध्ययन अनिवार्य भएको बताएका हुन् । ‘जुन बाटोमा साइकल गुड्छ, त्यही बाटोमा गाडी हिडछ । मानिस दुर्घटनामा पर्ने सम्भावना हुन्छ’, मेयर शाहले दरवारमार्गमा आयोजित एक कार्यक्रममा भने, ‘बाहिरतिर साइकल लेन छुट्टै हुन्छ, फुटपाथ जस्तै वार लगाएको हुन्छ अनि सुरक्षित महशुस हुन्छ । गाडीहरुको स्पिड बढी हुने भएकाले दुर्घटनाको सम्भावना बढी हुन्छ । सुरक्षा पहिलो मुद्दा हुनुपर्छ ।’ उनका अनुसार हचुवाको भरमा साइकल लेन बनाउने भन्दापनि व्यवस्थित तरिकाले लेन निमार्ण गरिनुपर्छ…

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । पार्टी उपाध्यक्ष जयन्ती राईले बैठक दिउँसो ३ बजेपछि पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने बताइन् । उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ । ३० वैशाखमा भएको निर्वाचनको परिणामप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन । पाँच दलीय गठबन्धनबीचको तालमेलमा नेपाली कांग्रेस र नेकपा (माओवादी (केन्द्र)बाट धोका भएको पार्टी अध्यक्ष माधवकुमार नेपालले अभिव्यक्ति दिँदै आएका छन् । तर, कांग्रेस– माओवादी धोका दिएको भन्‍ने स्वीकार्न तयार छैनन् ।

Read More

काठमाडौँ – निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाडौँमा प्रदर्शन भएको छ । प्रभावित क्षेत्र टांगियाबासीले शनिवार काठमाडौँको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहितको प्रदर्शन गर्दै सर्वोच्च अदालतले दिएको सो फैसलाको पक्षमा ऐक्यबद्धता जनाएका हुन् । विना विकल्प सो विमानस्थलको धावनमार्ग टांगियाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै आफूहरूले ऐक्यवद्धतास्वरुप काठमाडौँमा शान्तिपूर्ण र्‍यालीसहितको प्रदर्शन सुरु गरिएको स्थानीयले बताए । उनले तत्काल सो विमानस्थलका प्रभावित क्षेत्रका नागरिकलाई लालपुर्जासहितको जमिनको व्यवस्था गर्न पनि सरकारसँग माग गरे । स्थानीयले ५० वर्षदेखि त्यहाँ बसोबास गर्दै आएका स्थानीयहरूलाई विस्थापित गराउने षड्यन्त्र राज्यबाट भइरहेको भन्दै आपत्ति…

Read More