Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा (एमाले) की सांसद निरुदेवी पालले उपसभामुखको कुर्सीले महिला खोजिरहेको बताएकी छिन् । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि आज (बिहीबार) छलफल गर्ने क्रममा प्रतिनिधिसभामा सांसद पालले महिलालाई अगाडि बढाउने नीति ल्याएको गठबन्धन सरकारले महिलालाई नेतृत्वमा आउने अवसरबाट वञ्चित गरेको बताइन् । सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सरकारले बजेटमा महिला पहिला भन्ने योजना ल्याएको छ । त्यो योजनाको व्यवहारमा कार्यान्वयन गर्न सरकार तम्तयार नरहेको पालको भनाइ थियो । ‘७ सय ५३ स्थानीय निकायमध्ये १ सय ५९ नगरपालिकामा प्रमुख /उपप्रमुखहरू पुरुष हुनुहुन्छ । गठबन्धनका कारण संविधानले दिएको अधिकारबाट महिला वञ्चित हुनुपर्‍यो,’ उनले भनिन्,…

Read More

काठमाडौं – निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष पुग्न लाग्दा पनि दोषी पत्ता लागेका छैन । प्रहरी महानिरीक्षक(आइजिपी) धिरजप्रताप सिंहले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्राथमिकतामा रहेको जनाएका छन् । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा आइजिपी सिंहले आफ्नो कार्यकालको प्राथमिकतामा निर्मला हत्या प्रकरण रहेको बताएका हुन् । उनले भने, ‘अनुसन्धानमा प्रश्न उठ्ने गरेका छन् । मेरो कार्यकालमा प्राथमिकतामा छ ।’ २०७५ साउन १० गते भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गएकी निर्मला भोलिपल्ट महेन्द्रनगर–उलटाखाम सडकछेउ उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । घटनाको २६ औँ दिन भदौ ४ गते प्रहरीले अभियुक्तका रूपमा सार्वजनिक गरेका भीमदत्त–१९ बाग्फाँटाका दिलीपसिंह विष्ट नै दोषी भएको भन्दै…

Read More

मकवानपुर– आज बिहान स्थगित भएको बागमती प्रदेशसभाको बैठक पुनः सुरु भएको छ । नेकपा (एमाले) को अवरोधपछि रोकिएको प्रदेशसभा बैठक पुनः सुरु भएको हो । एमालेले उठाएका विषयमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सदनमा जवाफ दिने र मुख्य सचिवको संयोजकत्वमा छानबिन समिति गठन गर्न सहमति जुटेपछि बैठक सुरु भएको हो । सरकारको नीति तथा कार्यक्रममाथि छलफलको लागि आज बिहान ८ बजे आह्वान गरिएको बैठक सुरु भएलगत्तै एमालेले अवरोध गरेपछि १० मिनेटको लागि स्थगित गरिएको थियो । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर अवरोध गरेका थिए । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका…

Read More

बाँके- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालगंजमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्न नदिएकोमा आपत्ति जनाएका छन् । लिङ्देनले सामाजिक संजाल फेसबुकमा लेख्दै जनस्तरबाट पुनःस्थापित स्व.राजा वीरेन्द्रको शालिक माथि सरकार पक्षबाट भएको तोड्फोड तथा जनसाधारण माथिको धरपकड सम्बन्धि घटनामा राप्रपाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन् । साथै उनले सो झडपको क्रममा पक्राउ परेका सबैलाई तत्तकाल रिहाई गर्न तथा ईतिहासको सम्मान गर्न नेपाल सरकारसंग माग पनि गरेका छन् । बाँकेको नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्नेक्रममा विहान झडप भएको थियो । प्रहरीले घटनास्थलबाट चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ । दोस्रो जनआन्दोलनका क्रममा राजा वीरेन्द्रको शालिक हटाइएको थियो ।…

Read More

काठमाडौं – तारा एयरकाे पोखरा-जोमसोम-पोरखा उडान बन्द हुने भएको छ । २० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको यति एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै यति एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्मका लागि तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान स्थगित गरिएको जनाएको छ । पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको विमान आइतबार दुर्घटनामा परेको थियो । दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरूको शव आज मात्रै आफन्तलाई बुझाइएको छ । सरकारले उक्त विमान दुर्घटनाका विषयमा जाँच गर्न एक आयोग गठन गरेको छ । उक्त आयोगलाई विमान दुर्घटनाको कारण र आगामी दिनमा दुर्घटना…

Read More

काठमाडौं – आगामी आर्थिक वर्ष २०७९/८० मा स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् । स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट पाएका छन् । सशर्त अनुदानतर्फ स्थानीय तहले १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन् । समपूरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । विशेष अनुदानतर्फ स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ । कुन स्थानीय तहलाई कति बजेट ? हेर्न यहाँ क्लिक गर्नुहोला

Read More

काठमाडौं – तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाएसंगै अन्त्येष्टि गरिएको छ । सोमबार र मंगलबार दुई दिन लगाएर काठमाडौं ल्याइएको शव पोष्टमार्टमपछि बिहीबार आफन्तलाई बुझाइएको छ । शव बुझेसँगै आफ्नो रीतिरिवाजअनुसार अन्त्येष्टि गरिएको छ । सो दुर्घटनामा धनुषा मिथिला नगरपालिका ११ का एकै परिवारका सात जनाको मृत्यु भएको थियो । राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको हो ।

Read More

काठमाडौँ – हवाई दुर्घटना कम गर्न भन्दै ल्याइएको नयाँ नियमको विरोधमा यति एयरलाइन्सले आज (बिहीबार)को सबै उडान रद्द गरेको छ । भिजिबिलिटीसम्बन्धी जानकारी दिने निकायबीचको अन्योलका कारण उडान नै प्रभावित हुन थालेपछि यतिले विरोधस्वरुप उडान रद्द गर्ने निर्णय गरेको हो । ‘इनरुट’सम्बन्धी अन्योलकै कारण हिजो (बुधबार) पनि काठमाडौँबाट ‘स्टल सेक्टर’मा हुने उडान प्रभावित भएको थियो । मौसम सफा भए पनि ‘इनरुट’को मौसमसम्बन्धी जानकारी कसले दिने भन्ने अन्योलका कारण समस्या भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । ‘कन्ट्रोल टावर मौसम विभागलाई देखाउँछ, विभागले प्रस्ट जानकारी दिएको छैन । जसले एअरलाईन्सहरुलाई मौसमको आधिकारिक जानकारी लिन समस्या भएको छ’, उनले भने ।…

Read More

दार्चुला – दार्चुलाका ९ वटा स्थानीय तहमा १८ मतभार रहेको छ। तर जिल्ला समन्वय समिति गठन गर्नका लागि कुनै पनि दलसँग बहुमत मतभार छैन । एमाले र नेकपा माओवादी केन्द्र मिले भने यहाँ समन्वय समिति बनाउन सक्ने देखिएको छ । सबैभन्दा धेरै ५ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेको एमालेसँग पनि जिल्ला समन्वय समिति गठनका लागि बहुमत मतभार छैन। एमालेले दुहु गाउँपालिका अध्यक्ष, ब्यास गाउँपालिका अध्यक्ष, महाकाली नगरपालिका प्रमुख, उपप्रमुख, मालिकार्जुन अध्यक्ष, लेकम गाउँपालिका उपाध्यक्ष र शैल्यशिखर नगरपालिका प्रमुख उपप्रमुख जितेको छ । उससँग ८ वटा मतभार रहेको छ। कांग्रेसले अपिहिमाल उपाध्यक्ष, दुहु गाउँपालिका उपाध्यक्ष, नौगाड उपाध्यक्ष र मार्मा उपाध्यक्ष जितेको छ।…

Read More

बैतडी – जिल्ला समन्वय समिति बैतडीको निर्वाचन यही जेठ २४ गते हुने भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्र सो समितिको चुनाव गरिसक्ने प्रावधानअनुसार चुनावको मिति तय भएको हो । मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीका अनुसार नौ सदस्यीय जिल्ला समन्वय समिति बन्नेछ । यसमा एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य, एक दलित वा अल्पसङ्ख्यक सदस्य र तीन खुला सदस्य हुनेछन् । चुनावका लागि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले उम्मेदवार हुन पाउने प्रावधान रहिआएको छ । मतदाताका रूपमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहनेछन् । निर्वाचनका लागि जेठ २१ गते मनोनयन दर्ता हुनेछ ।…

Read More