काठमाडौं – तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाएसंगै अन्त्येष्टि गरिएको छ ।
सोमबार र मंगलबार दुई दिन लगाएर काठमाडौं ल्याइएको शव पोष्टमार्टमपछि बिहीबार आफन्तलाई बुझाइएको छ । शव बुझेसँगै आफ्नो रीतिरिवाजअनुसार अन्त्येष्टि गरिएको छ ।
सो दुर्घटनामा धनुषा मिथिला नगरपालिका ११ का एकै परिवारका सात जनाको मृत्यु भएको थियो । राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको हो ।
Facebook Comments Box