Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत उत्पादनमूलकतर्फको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । गत वैशाख ९ देखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षणको नतिजा शुक्रबार सार्वजनिक गरिएको हो । दोस्रो चरणको सीप परीक्षाका लागि छनोट भएका ६ हजार ३२१ मध्येमा ५ हजार ७५३ जना पास भएको ईपीएस कोरिया शाखाले जनाएको छ । शाखाका अनुसार दोस्रो चरणका लागि छनोट भएका ६ हजार ३२१ मध्ये ४९८ जना फेल भएका छन् । ७० जना परीक्षामै उपस्थित भएका थिएनन् । गत फागुन ७ देखि चैत २४ गतेसम्म लिइएको पहिलो चरणको भाषा परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए ।…

Read More

धनगढी : जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको नयाँ प्रमुखमा प्रहरी निरीक्षक गंगा बहादुर सारु आउने भएका छन् । यसअघिका प्रमुख दिपक मल्ल डीएसपीमा बढुवा भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली प्रमुखविहीन बनेको थियो । तर बुधबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले एकसाथ ५१९ जना प्रहरी निरीक्षकको सरुवा गर्दै कैलाली ट्राफिकको प्रमुखमा सारुलाई पठाएका हुन् । इन्स्पेक्टर सारु लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, रुपन्देहीमा कार्यरत थिए । अब उनी केही दिनपछि कैलाली ट्राफिकको कमाण्ड सम्हाल्न आउने छन् ।

Read More

काठमाडौं : नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानलाई संसदमा आफ्नो भनाइ राख्न दिने निर्णय गरेको छ । आज बसेको कांग्रेस संसदीय दलकाे बैठकले सो निर्णय गरेको हो । कांग्रेसले सहकारी मुद्दामा लामिछानेमाथि संसदीय छानविन समिति गठनको माग गर्दे सदन अवरोध गर्दै आएको छ । गृहमन्त्री लामिछानेले यस विषयमा संसदको रोष्टममा आफूले प्रष्टीकरण दिन पाउनुपर्ने अडान लिइरहेका थिए । कांग्रेस वैठकले लामिछानेलाई रास्वपा सभापति र सांसदको हैसियतले बोल्न दिने निर्णय गरको एक नेताले बताए । संसदको बजेट अधिवेशन आजबाट प्रारम्भ हुँदैछ । आजको प्रतिनिधिसभा वैठकमा राजनीतिक दलका शीर्ष नेताहरुले सम्वोधन गर्ने भनिएको थियो । रविसँगै अन्य शीर्ष नेताहरुलाई पनि बोल्न…

Read More

काठमाडौं । नेपालीलाई भिजिट भिसामा केन्या पुर्‍याएर बन्धक बनाउने गिरोहका तीनजना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । कार्यालय स्रोतका अनुसार, १० जनाभन्दा बढी नेपालीलाई महिनौँसम्म बन्धक बनाइएको खुलेको छ । मानव तस्कर समूहले पाँच करोड रुपैयाँ असुली गरेपछि भने उनीहरूलाई छाडेको पाइएको छ ।

Read More

काठमाडौं । काठमाडौंको दरबारमार्गबाट हुन्डीको ९८ लाखसहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जना सुन तस्करीमा संलग्न व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो । दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा उनीहरु जोडिएको प्रहरी स्रोतले जानकारी गराएको छ ।

Read More

धनगढीः कैलालीका सीमा नाका आजबाट बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीकाले बिहीवार सूचना जारी गरी २८ गते (आज) साँझ ६ बजेदेखि ३१ गते मतदान सम्पन्न नभएसम्म कैलाली जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने जनाएको हो।  वैशाख ३१ गते भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा लोकसभा सामान्य निर्वाचन हुँदैछ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सीमा नाका बन्द गरिने सूचनामा उल्लेख छ। 

Read More

धनगढी : कञ्चनपुरबाट बोइलर कुखुरासहित विभिन्न सामान बरामद गरिएको छ। जिल्लाको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकभर र बेलडाँडी गाउँपालिका-३ बैवाहबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २२ हजार २ सय मूल्य बराबरको प्लाष्टिक कुर्सि, बोईलर कुखुरा लगायतका सामान बरामद गरिएको छ। उक्त सामान  जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ।

Read More

काठमाडौं : पोखराको सूर्यदर्शन सहकारीबाट रवि लामिछानेको नाममा लिएको एक करोड रुपैयाँ ऋणको हिसाब एक वर्षअघि मात्र मिलाएको पाइएको छ । जीबी राईको समूहले सञ्चालन गरेको सहकारीबाट १ अर्ब ३५ करोडभन्दा बढी हिनामिना भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, जो २०७९ असारसम्म गोर्खा मिडिया नेटवर्कको साझेदार थिए, उनको नाममा १ करोड ऋण लिएको केही समय पहिला बाहिर आएको थियो । पोखरा महानगरपालिका, प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सहयोगमा विज्ञहरुले थप वित्तीय विश्लेषण गर्ने क्रममा रविको नाममा रहेको यो ऋण गत असारमा मात्र मिलाएको पाइएको छ । पोखराका मेयर धनराज आचार्यले बिहीबार जिल्ला प्रहरी कार्यालय, कास्कीलाई…

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत विवादित इन्सपेक्टर बिनुकुमारी शाहीसहित सुदूरपश्चिमका ५१ जनाको सरुवा भएको छ। देशभर ५१९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएकोमा बिनुकुमारीसहित सुदूरपश्चिमका ५१ जना परेका हुन्। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बुधबार एकसाथ ५१९ जना प्रहरी निरीक्षकको सरुवा गरेका थिए। बिनु उनै इन्सपेक्टर हुन्, जो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत हुँदा निकै विवादित बनेकी थिइन्। विवादितमात्र होइन केही घटनामा उनलाई विभागीय कारबाही पनि भएको थियो। पछिल्लोपटक उनी थुनुवामाथि ज्यादती गरेको लगायतका घटनामा विवादित बनेकी थिइन्। त्यसपछि तत्कालीन एसपी कमल थापासहित उनीमाथि विभागीय अनुसन्धानसमेत भएको थियो। त्यस अगाडि पनि कञ्चनपुरमा रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएको भन्दै…

Read More

काठमाडौंः नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र कुमार राई प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधिरकम्प्युटरतर्फका एसपी राईलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हाल उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल फरेन्सिक युनिट प्राविधिक, टंगालमा कार्यरत छन्। यस्तै प्रहरी प्रधान कार्यालयले दुई वरिष्ठ नायव निरीक्षकलाई पनि प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस गरेको छ। बिहीबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह,…

Read More