काठमाडौंः नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र कुमार राई प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवा सिफारिस भएका छन्।
बिहीबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधिरकम्प्युटरतर्फका एसपी राईलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।
बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
हाल उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल फरेन्सिक युनिट प्राविधिक, टंगालमा कार्यरत छन्। यस्तै प्रहरी प्रधान कार्यालयले दुई वरिष्ठ नायव निरीक्षकलाई पनि प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस गरेको छ।
बिहीबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फ, प्यारामेडिक्सतर्फ र अन्यतर्फका वरिष्ठ सई सरिता केसी र सोनिम महत्तोलाई इन्स्पेक्टरमा बढुवा सिफारिस गरेको हो। उनीहरु दुवैजना नेपाल प्रहरी अस्पताल महाराजगंज प्राविधिक नर्सिङ विभागमा कार्यरत छन्।