Author: महेन्द्रनगर पोष्ट

कैलाली- कैलालीको गोदावरी नगरपालिकाका एकजना ५ दिनदेखि बेपत्ता रहेका छन्। गोदावरी नगरपालिका गेटा बस्ने २० वर्षीय अजय बोहरा ५ दिनदेखि बेपत्ता रहेका हुन्। उनका आफन्तका अनुसार उनी १६ गते गेटाबाट नागरिता बनाउँछु भनी धनगढी गएको र सोही दिनदेखि बेपत्ता भएका हुन् । उनी कही कतै भेटिए ९८४८६५९२०० र ९८४८५५६३४७ मा खबर गरिदिन गरिएको छ। उनको खोजबिनका लागि आफन्तले प्रहरीलाई पनि जानकारी गराइसकेका छन् ।

Read More

काठमाडौं- नेपाल छुवाछुतमुक्त घोषणा भएको आज १६ वर्ष पूरा भएको छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ का रूपमा मनाउने गरिन्छ । २०५८ साल साउन ३२ गते छुवाछुत अन्त्य गर्ने प्रतिबद्धतासहित त्यही वर्ष राष्ट्रिय दलित आयोगको स्थापना भएको थियो । नेपालको संविधानमा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएको छ । नेपालमा लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएका छन् । तर समाजमा रहेको सोच…

Read More

काठमाडौं- छिमेकी देश भारतमा फेरि कोरोना संक्रमणदर बढेको छ। शुक्रबार एकै दिन ४ हजार ४१ जना नयाँ संक्रमित भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो ११ मार्च पछिकै सबैभन्दा धेरै संख्या हो । महामारी सुरु भएपछि भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २४ हजार ६५१ जनाको मृत्यु भइसकेको छ । तर, कोभिडबाट मृत्यु हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्याङ्कभन्दा बढी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसअघि कोभिडको हटस्पट बनेको महाराष्ट्रमा धेरै संक्रमित देखिएका छन् । बढ्दो संक्रमण नियन्त्रण गर्न केन्द्रीय स्वास्थ्य मन्त्रालयले महाराष्ट्र, केरला, तेलंगना, कर्नाटक र तमिल नाडु राज्य सरकारलाई पत्राचार गरेको छ । भारतमा हालसम्म ८५…

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। हाल प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली भई प्रदेश १ र मधेश प्रदेश प्रदेशको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। दिउँसो प्रदेश १, मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १…

Read More

एजेन्सी- टर्कीले आफ्नो नाम बदलेर तुर्किए राखेको छ। संयुक्त राष्ट्रसंघले सो मुलुकको नाम परिवर्तनको अनुरोध स्वीकार गरेपछि अब उसको औपचारिक नाम तुर्किए हुनेछ। यो कदम चाल्नुको मुख्य कारण ‘टर्की’ नाम एक प्रजातिको चरासँग जोडिने र अंग्रेजीमा टर्कीको अर्थ पनि त्यति राम्रो नहुनु रहेको बताइएको छ। टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानको गत वर्षदेखि नै देशको नाम रिब्रान्डिङ अभियान सुरु गरेका थिए। सन् १९२३ मा अटोमन साम्राज्य टुक्रिएपछि बचेको वर्तमान टर्कीले उसको नाम तुर्किए नै राखेको थियो। देशभित्र अहिले पनि धेरैले आफ्नो देशलाई तुर्किए शब्द प्रयोग गर्ने गर्छन्। विदेशतिर मात्र टर्की भनेर पुकारिन्छ। वर्तमान सरकारले अहिले विदेशमा पनि तुर्किए नाम नै रिब्राण्डिङ…

Read More

कञ्चनपुर- भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने भएको छ । शुक्रबार नेपाल–भारतका सीमा सुरक्षाकर्मीबीच लालपुर्जा भएको जमिन नेपाली नागरिकलाई जोत्न दिने सहमति भएको हो ।दुबै देशका सर्भे टोलीले अनुगमन नर्गदासम्म नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने सहमति भएको सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीका एसपी अमरबहादुर ऐरले बताए । छलफलमा सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर ऐर नेतृत्वको टोली र एसएसबी ३९ नं बटालियनका प्रमुख गोविन्द भण्डारी नेतृत्वको टोली सहभागी थियो । बुधबार ट्र्याक्टर लगेर खेत जोत्न गएका बेलौरी नगरपालिका–१० का निवर्तमान वडाध्यक्ष हरिलाल चौधरीलाई वर्षौंदेखि चलनभोग गर्दै आएको जग्गामा…

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको प्रशिद्ध धार्मिक पर्यटकीय क्षेत्र बेहडा बाबा मन्दीर क्षेत्रमा नेपाल टेलिकमको थ्रीजी सेवा सञ्चालनमा आएको छ। सो क्षेत्रमा पछिल्ला दिनहरुमा टेलिकमको उर्मामा रहेको टावरले कार्य गर्ने गरेको थियो। उक्त क्षेत्रमा उर्मामा रहेको नेपाल टेलिकमको टावरले काम गर्ने गरेको भएपनि डेटा चलाउन भने त्यहाका स्थानीय तथा पर्यटकहरुलाई समस्या हुदै आएको थियो। टेलिकमको थ्रीजी सेवा अञ्चालनमा आएपछि सो समस्या समाधान भएको नेपाल टेलिकमको धनगढी कार्यालयले जनाएको छ।

Read More

आज २१ जेठ २०७९ शनिवार । यस्तो छ आज तपाईंको राशिफल : मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला, तर लगानीमा घाटा होला । बृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमा पनि राम्रै हुनेछ । मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा) अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखी पूर्ण बोलीले काम बन्न सक्छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ…

Read More

बझाङ –बझाङमा यार्सा संकलनका क्रममा हिम पहिरोमा परि एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्मा गाउँपालिका १ नाउलाकी ३० वर्षीया सिन्की बोहरा रहेकी छन् । बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेको बेला माथिबाट खसेको हिमपहिरोमा परि बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका प्रहरीले जनाएको छ । मृतक बोहराका एक छोरा एक छोरी रहेका छन् । बझाङमा बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि सुर्मा, साइपाल र बुङ्गलका स्थानीयहरु घरमा ताला लगाएर यार्सा संकलनका लागि लेकतर्फ गएका छन् ।

Read More

बैतडी- जिल्ला समन्वय समिति बैतडीको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति भएको छ । बिहीबार नेपाली कांग्रेसको कार्यालयमा बसेको दुवै दलको बैठकले जिल्ला समन्वय समितिको नेतृत्वका लागि गठबन्धन गरेर जाने निर्णय भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । नेपाली कांग्रेसले प्रमुख पद सहित २ जना महिला सदस्य, २ जना खुला सदस्य र एक जना दलित सदस्य लिने सहमति भएको छ भने माओवादी केन्द्रले उपप्रमुख पद सहित एक जना महिला सदस्य र एकजना खुला सदस्य लिने सहमति भएको छ । जिल्ला समन्वय समितिको प्रमुखका लागि नेपाली कांग्रेसले जिल्ला उपसभापति खगेन्द्रसिंह धामीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ…

Read More