काठमाडौं – काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २८ पुगेको छ ।
सङ्क्रमित हुनेमा ६ जना १४ वर्षमुनिका बालबालिका छन्, जसमध्ये ३ जना ५ वर्षमुनिका शिशु रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मंगलबार सम्म हैजा सङ्क्रमितको संख्यामध्ये काठमाडौँ महानगरपालिकामा ११, कागेश्वरी मनोहरामा ८, चन्द्रागिरिमा २, बुढानीलकण्ठमा १ र कीर्तिपुरमा १ जना सङ्क्रमित देखिएका छन् ।
त्यस्तै, भक्तपुरका चाँगुनारायण नगरपालिकामा १ र सूर्यविनायकमा १ जनामा हैजा पुष्टि भएको छ भने ललितपुर महानगरभित्र २ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।
महाशाखाले काठमाडौँमा हैजा सङ्क्रमण देखिएका विभिन्न स्थानमा पानी परीक्षणका लागि नमुना सङ्कलन तथा पीयूष वितरण अभियान तथा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको छ । हैजाबाट बच्न पानी उमालेर मात्रै पिउन महाशाखाको अनुरोध छ ।