दार्चुला – दार्चुलाको व्यासँ गाउँपालिका वडा नं २ दुम्लिङ्ग क्षेत्रमा नेपाल भारत अस्थाई काठेपुल संञ्चालनको लागि माग गरिएको छ । मंगलबार त्येहाका स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय दार्चुलामा पुगि प्रमख जिल्ला अधिकारी मार्फत गाउँपालिकाको वडा नं २ अन्तरर्गत पर्ने दुम्लिङ्ग क्षेत्रमा अस्थाई काठेपुल संञ्चालनका लागि माग गरेको हो ।
विकासको दृष्टिकोणले र भौगोलिक कारणबाट अन्नबाली अत्यन्त न्युन उत्पादन हुने तथा सधै भारतको बजार धारर्चुला पांगला गर्वाधारमा नुनतेल चावलका लागि निर्भर हुनुपर्ने बाध्यता भएकाले यो क्षेत्रमा स्थानीयहरुले नेपाल भारत अस्थाई काठेपुल संञ्चालनको लागि माग गरिएको स्थानीय प्रभात बुढाथोकीले बताउनु भयो ।
उनका अनुसार दार्चुला सदरमुकामबाट ४५ किलोमिटर टाढा रहेको यो क्षेत्रमा दुम्लिङ्ग क्षेत्रमा आवत जावत गर्न तुइनको घाटको साहराबाट ज्याननै जोखिम मोलेर यात्रा गर्दा धेरैजनाले अकाल्मै ज्यानगुमाउनु परेको बताएका छन । दुम्लिङ्ग देखि माल सम्मको १३ किलोमिटरको दुरीमा नेपाल भारत जोड्ने झोलुगे पुल निर्माण हुने अवस्था रहेपनि दुम्लिङ्गका बासिन्दाहरुका लागि अझै ३ देखि ४ घण्टा सम्म हिड्नु पर्ने बाध्यता कायमै रहेको अर्का स्थानीय सरस्वती भण्डारीले जानकारी दिनु भयो ।
दुम्लिङ्ग क्षेत्रमा अस्थाई काठेपुल संञ्चालनका लागि पटक पटक माग गर्दा पनि हाल सम्म कुनै सुनवाइ नभएपछि तत्कालका लागि भएपनि नेपाल भारत जोड्न अस्थाई काठेपुल संञ्चालनका ल्याउन त्येहाँका स्थानीयहरुले प्रशासनलाई अनुरोध गरेको छ । सोही क्षेत्रमा केही दिन अघि मात्रै १८ वर्षिय किशोर सचिन वुढाथोकी भारतको गर्भाधार बजार बाट घरकालागी आवश्यक सामग्री खरिद गरि तुईनको साहरामा घर फर्किने क्रममा तुईन गाडेको पोल भाचिएर नदिमा वेपत्ता भएका थिए ।