Author: महेन्द्रनगर पोष्ट

कैलाली- मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै मनाङ च्याम्पियनको उपाधी जित्न सफल भएको हो। मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जितेको छ। मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक एक गोल गरे। फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोईसले एक गोल फर्काए। खेलको २२ औं मिनेटमा दिनेशले फ्रि-किकबाट गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसअघि १९ औं मिनेटमा फ्रेन्ड्सका जमोउलले पेनाल्टीमा गोल गर्न सकेनन्।उनको प्रहार मनाङका गोलकिपर विशाल सुनारले बचाए ।तर, ५१ औं मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई…

Read More

कञ्चनपुर-सुदूरपश्चिम विश्वविद्यालयले भोली (आईतबार) एक दिन शोक विदा दिएको छ। विश्वविद्यालयमा कार्यरत सह–प्रशासक गोविन्दबल्लभ पन्तको निधनमा विश्वविद्यालयले शोक विदा दिएको हो। पन्तको निधनले विश्वविद्यालयमा ठुलो क्षति पुगेको समेत विश्वविद्यालयले जनाएको छ।मस्तिष्क रक्तस्राव भएर दुई महिनादेखि भेन्टिलेटरमा उपचार गराइराखेका पन्तको ५३ वर्षको उमेरमा उपचारको क्रममा धनगढी स्थीत निसर्ग अस्पतालमा निधन भएको हो।

Read More

दार्चुला-नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको तेश्रो दार्चुला जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले दिपक राज विष्टलाई अध्यक्षमा चयन गरेको छ। शनिबार सम्पन्न अधिवेशनबाट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, दार्चुला शाखाको उपाध्यक्षमा तिलक प्रसाद चपाई महिला उपाध्यक्षमा गोविन्दी लोथ्याल सचिववमा लोकेन्द्र सिह धामी सह सचिवमा नरेन्द्र सिह महरा कोषाध्यक्षमा जमन सिह साहु सर्वसहमत रुपमा चयन गरेको हो। २०६२ साल जेष्ठमा ’राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल’ को स्थापना भएको थियो। र २०६५ साल असार ११ गतेका राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाललाई स्वास्थ्यकर्मीहरुको राष्ट्रिय स्तरको ट्रेड युनियनका रुपमा श्रम विभागमा दर्ता गरिएको थियो। २१ सदस्यीय जिल्ला कमिटी चयन भएको जिल्ला अध्यक्ष दिपक राज विष्टले…

Read More

कैलाली- धनगढीमा शनिबार युवाहरुले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेका छन्। धनगढीमा ६ दलसहितको संयुक्त मोर्चा आवद्ध युवाहरुले विरोध प्रदर्शन गरेका हुन्। धनगढी ट्राफिक चौराहबाट सुरु भएको विरोध र्याली पार्कमोड पुगेर समापन भएको हो। एमसीसी संसदद्बाट पारित भएपछि उनीहरुले आफूहरु सडक र विरोधमै रहेको बताएका छन्। एमसीसी नेपालको हित विपरीत रहेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरिरहेका हुन्।

Read More

सुदूरपश्चिम-सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय सहरी नीति २०६४ मा समयानुकूल सुधार गर्न जरुरी भइसकेको बताएकी छन्। धनगढीमा आज आयोजित राष्ट्रिय सहरी नीति र सहरी विकास ऐन तर्जुमा सम्बन्धी कार्यशालामा मन्त्री झाँक्रीले व्यवस्थित सहरको विकासका लागि समयसापेक्ष नीति आवश्यक रहेकामा जोड दिए। “पहाडबाट तराईतिर, ठूला सहरबाट साना सहरतिर बढ्दै गएको बसाइँसराइ चुनौतीका रूपमा देखिन थालेको छ”, उनले भनिन्, “नयाँ परिवेशमा कस्तो नीति बनाउँदा यी चुनौतीको सम्बोधन हुनसक्छ भनेर सहरी नीति र सहरी विकास ऐन तर्जुमा गर्न लागिएको छ। ”प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालयले आफ्नो कार्यक्षेत्र घटाएर भए पनि समयानुकूल सहरी विकासको नीति ल्याउनुपर्ने बताए। उनले प्रदेशको भौतिक पूर्वाधार…

Read More

दार्चुला-नेपाली कांग्रेसका क्रियाशिल सदस्य तथा पुर्व महाधिवेशन प्रतिनिधि उमेश खत्रीलाई कांग्रेस दार्चुलाले अनुशासनको कारबाही गरेको छ। नेपाली कांग्रेस जिल्ला अनुशासन समितिका संयोजक पुलेन्द्र बहादुर कार्कीको अध्यक्षतामा फागुन २८ गते बसेको बैठकले मार्मा गाउँपालिका वडा नम्बर ४ बस्ने उमेश खत्रीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो। खत्रीले पार्टीको आर्दश, उद्देश्य, नीति र आचार संहिता विरुद्ध पार्टीका नेता कार्यकर्तालाई गालिगलौज गर्ने, चरित्र हत्या गर्ने, पार्टीको संगठन कमजोर हुने गरी कार्यकर्तालाई भड्काउने सामाजिक संजालमा निरन्तर पोष्ट गर्ने, अभिव्यक्तीहरु दिने कार्य गरेको भन्दै अनुशानसको कारबाही गरीएको नेपाल कांग्रेस दार्चुलाले जनाएको छ। अनुशासन समितिले खत्रीलाई फागुन १ गते १५ दिनको म्याद दिएर स्पष्टिकरण पेश गर्न…

Read More

दार्चुला- बहुमूल्य जडीबुटी सुनाखरीसहित दार्चुलामा एक जना पक्राउ परेका छन्। शुक्रवार जिल्ला सदरमुकाम खलङ्गाबाट १७ किलोग्राम सुनाखरीसहित बझाङ जिल्ला बुङ्गल नगरपालिका-१ का अन्दाजी ४० वर्षीय हरिश बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर भट्टले बताए। रातिको समयमा पुलघाट क्षेत्रबाट बोहरा झोला बोकी हिँडिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा अवैध सुनाखरी बरामद गरिएको हो। उक्त बरामद सुनाखरी डिभिजन वन कार्यालयको जिम्मा लगाइने जनाइएको छ।

Read More

कञ्चनपुर-सुदूरपश्चिम विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गोविन्द बल्लभ पन्तको निधन भएको छ। मस्तिष्क रक्तस्राव भएर दुई महिनादेखि भेन्टिलेटरमा उपचार गराइराखेका पन्तको ५३ वर्षको उमेरमा उपचारको क्रममा धनगढी स्थीत निसर्ग अस्पतालमा निधन भएको हो।

Read More

काठमाडौं – नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सुझाव दिनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नागरिकको हैसियतले कर्मचारीको निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भूमिका हुनुपर्छ, कुनै पार्टी विशेष लाग्न हुन्न ।” राष्ट्रसेवक कर्मचारीले जुनसुकै सरकारलाई असहयोग होइन साथ र सहयोग पुर्‍याउनपर्नेमा सुझाव दिँदै अध्यक्ष ओलीले एमाले प्रतिपक्षमा रहे पनि पार्टी प्रवेशको लहर चलेको बताउनुभयो । आगामी निर्वाचन स्वच्छ र निष्पक्षकासाथ सम्पन्न गर्ने दायित्वमा नचुक्न सल्लाह दिँदै उहाँले लोकतन्त्र र ट्रेड युनियन अधिकारका औचित्यपूर्ण मागमा तलमाथि भएमा…

Read More

काठमाडौं – नेपालमा गत २४ घण्टामा ७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ५ हजार ६२ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा १९२ जना कोरोनामुक्त भएका छन् भने कुनै पनि संक्रमितले ज्यान गुमाएका छैनन् । पछिल्लो २४ घण्टामा देशभर १ लाख १ हजार ३ सय ४ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै अहिलेको अवस्थामा नेपालमा ५ हजार ५० जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Read More