दार्चुला-नेपाली कांग्रेसका क्रियाशिल सदस्य तथा पुर्व महाधिवेशन प्रतिनिधि उमेश खत्रीलाई कांग्रेस दार्चुलाले अनुशासनको कारबाही गरेको छ।
नेपाली कांग्रेस जिल्ला अनुशासन समितिका संयोजक पुलेन्द्र बहादुर कार्कीको अध्यक्षतामा फागुन २८ गते बसेको बैठकले मार्मा गाउँपालिका वडा नम्बर ४ बस्ने उमेश खत्रीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो।
खत्रीले पार्टीको आर्दश, उद्देश्य, नीति र आचार संहिता विरुद्ध पार्टीका नेता कार्यकर्तालाई गालिगलौज गर्ने, चरित्र हत्या गर्ने, पार्टीको संगठन कमजोर हुने गरी कार्यकर्तालाई भड्काउने सामाजिक संजालमा निरन्तर पोष्ट गर्ने, अभिव्यक्तीहरु दिने कार्य गरेको भन्दै अनुशानसको कारबाही गरीएको नेपाल कांग्रेस दार्चुलाले जनाएको छ।
अनुशासन समितिले खत्रीलाई फागुन १ गते १५ दिनको म्याद दिएर स्पष्टिकरण पेश गर्न पत्राचार गरेको तथा हाल सम्म कुनै पनि स्पष्टिकरण नबुझाई थप अनुशासन उल्लंघन हुने गरी सामाजिक संजालमा पोष्ट लेखन कार्य गरेको भन्दै अनुशासन कारबाही गरिएको बताइएको छ।
खत्रीलाई नेपाली कांग्रेसको विधान २०१७ नियमावली २०७६ बमोजिम २ वर्ष सम्म पार्टीको साधारण सदस्य समेत नरहने गरी अनुशासनको कारबाही गरेको नेपाली कांग्रेस दार्चुलाले जनाएको छ।