Author: महेन्द्रनगर पोष्ट

दार्चुला – दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका १ बारिलका ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो ।घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले बताए । घट्ना के कारणले घट्यो भन्नेबारे अनुसन्धानको लागि डिएसपी विष्ट आफैँ घटनास्थल प्रस्थान गरेका छन् घटनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ ।एकल महिला रहेका खडायतलाई राती हत्या गरिएको अवस्थामा फेला परेको वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले जानकारी दिए । महिलाका श्रीमान ७/ ८ वर्ष पहिले बितेका थिए ।

Read More

कुवेत – जोर्डनविरुद्धको खेलसँगै नेपालले आजबाट कुवेतमा हुने एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणको यात्रा सुरुवात गर्नेछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानीय समयअनुसार सवा १० बजे र नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ । नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी तथा कप्तान नवयुग श्रेष्ठले बलियो टोली जोर्डनलाई कडा टक्कर दिने बताएका छन् । हाल २३ खेलाडीसहित ३३ सदस्यीय नेपाली टिम कुवेत सिटीमा छ । हालसम्म नेपाल र जोर्डनबीच चार पटक प्रतिस्पर्धा भएको छ । एक खेल बराबरीमा सकिएको छ भने ३ खेल जोर्डनको पक्षमा गएको छ । पछिल्लो समय प्रशिक्षक खेलाडी विवादका…

Read More

कञ्चनपुर- कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–५ भएको दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका–७ का ७३ वर्षीय भोजबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार कृष्णपुर नगरपालिका–५ मा से७प ५५४७ नम्बरको मोटरसाइकल र सु प प्र ०२ ००३ प ९६३१ नम्बरको मोटरसाइकल ठोक्किँदा ४ जना घाइते भएका थिए। दुवै मोटरसाइकलका चालक र पछाडि सवार दुई जना गरी ४ जना घाइते भएका र घाइते मध्येका थापाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइतेहरुमा धनगढी–७ का ३७ वर्षीय प्रेम थापा, कञ्चनपुरको वेदकोट नगरपालिका–८ का ३१ वर्षीय खडकसिंह ऐर र मझगाउँ आर्मी व्यारेकमा कार्यरत…

Read More

डडेल्धुरा- डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर २ बस्ने नैनसिह मडै वेपता भएका छन् । १८ दिने पहिले कञ्चनपुरबाट डडेल्धुरा आएका मडै वसपार्कबाट वेपता भएको आफ्तले बताएका छन् । मडै फरक क्षमता भएका तथा बोल्न सुन्न नसक्ने ब्यक्ती हुन । मडै सम्पर्कविहीन भएपछि परिवारले खोजिगरिदिन हुन भन्दै जिल्ला प्रहरीका कार्यालय डडेल्धुरामा निवेदन समेत दिएका छन् । उनका आफन्तका अनुसार कञ्चनपुको झलारी बजारबाट मिति जेठ ६गते बिहान ८ बजे महाकाली यातायात को ७८७३ नम्बरको हाइसमा डोटिको गैरा बजारको जान भनी आएका उनलाइै डडेल्धुरा बसपार्क पुगाएको परिवारिक स्रोतले बताएको छ । हराएका ब्यक्तिको खोजी गरि पाउ भनी पटक–पटक जिल्ला प्रहरी कार्यलय नै पुगेका…

Read More

बैतडी- जिल्ला समन्वय समिति बैतडीको मंगलबार सम्पन्न निर्वाचनमा पालिका प्रमुख, उपप्रमुखकै भोट बदर भएका छन् । समन्वय समितिको निर्वाचनमा नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउने प्रावधान रही आएको छ । सोही क्रममा मंगलबार सम्पन्न भएको निर्वाचनमा उपप्रमुख पदमा २ भोट, दलित महिला सदस्यमा २ भोट र खुला सदस्यमा तीन भोट बदर भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समन्वय समितिको निर्वाचनमा बैतडीमा सात भोट बदर भएका छन् ।

Read More

बैतडी- बैतडीमा मोबाइल नेटवर्क तथा ईन्टरनेट सेवा अबरुद्ध भएको छ । मगंलबार दिउँसो १ बजेबाट बैतडी सदरमुकाममा मोबाइल नेटवर्क अवरुद्ध भएको हो । नेटवर्कले काम गर्न छोड्दा सूचना आदान प्रदान गर्न तथा टाढा रहेका आफन्त तथा महत्वपूर्ण कुराकानी हुन सकेको छैन । ईन्टरनेटको माध्यमबाट हुने सबै कार्यालयका कामकाजहरु प्रभावित भएका छन् ।

Read More

काठमाडौं- नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरूमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली तथा…

Read More

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षलई निलम्बन गर्न सरकारलाई पत्र लेखेको छ । आयोगले भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला स्थानीय जनप्रतिनिधि चुनिएको भन्दै स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्र लेखेको हो। अख्तियारका अनुसार कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्ष देवीदत्त उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ। अघिल्लो कार्यकाल वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याएको भन्दै उनीविरुद्ध अख्तियारले मुद्दा हालेको थियो। यस्तै मोहन्याल–३ का वडाध्यक्ष नन्दराम गिरीलाई पनि मुद्दा टुंगो नलागेसम्म निलम्बनमा परेका छन्। अघिल्लो पटक पनि वडाध्यक्ष…

Read More

कैलाली- कैलालीको एक आइसक्रिम फ्याक्ट्रीमा आगलागी भएको छ। बुधबार बिहान साढे तीन बजेको समयमा गोदावरी नगरपालिका–२ सीएमए गल्ली भित्र पदमबहादुर बोहराले सञ्चालन गरेको गोदावरी आइसक्रिम फ्याक्ट्रीमा आगलागी भएको हो। विद्युतको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगलागीबाट १ थान डी फ्रिज जलेर नष्ट भएको र अन्य क्षति भने नभएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। आगलागी विहान पौने ४ बजेको समयमा भएको र आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको उनले बताए।

Read More

आज – २५ जेठ २०७९ बुधवार । यस्तो छ आजको राशिफल :मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । बृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट सहयोग र मानसम्मान मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा पनि हुनेछ । कर्कट(हि, हु,…

Read More