Author: महेन्द्रनगर पोष्ट

काठमाडौं-बुधवार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । राती देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

Read More

चितवन-माहुरीको टोकाईबाट १६ पर्यटक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सौराहास्थित हात्तीसार भ्रमणमा रहेका सिन्धुलीबाट आएका आन्तरिक पर्यटकलाई जङ्गली खाग माहुरीले टोकेको हो। कार्यालयका अनुसार उनीहरुलाई रत्ननगर नगरपालिका–६ स्थित हात्तीसारमा माहुरीले टोकेको हो । घाइते सबैको बकुलर अस्पतालमा उपचार भइरहेको बताइएको छ।

Read More

कैलाली-नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर – ४ मा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ सुरु भएको छ । मंगलबार अत्तरियामा आयोजित एक कार्यक्रमका बिच १ महिने अभियान सुरु गरिएको हो।नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर – ४ का सभापति बसन्त रोकायाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् उक्त अभियानका केन्द्रिय प्रतिनिधि गोबिन्द बहादुर शाह रहेका थिए। शाहले सबै एकजुट भएर कांग्रेसलाई जिताउन अभियानमा लाग्न आग्रह गर। उनले वडा वडामा प्रतिनिधि खटाएर अभियान संचालन गरिने बताए।कार्यक्रममा बोल्दै कांग्रेस कैलालीका नवनिर्वाचित जिल्ला सभापति नारायण दत्त भट्टले पार्टीको जिल्ला तहमा कुनै मतभेद नरहेको बताए। उनले अबको चुनावमा तेरो मेरो मान्छे भन्दा पनि…

Read More

कैलाली-सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले असायसंग आफ्नो ५९ औँ जन्मउत्सव मनाएका छन्। मंगलबार धनगढी तारानगरको मानवसेवा आश्रममा जन्मउत्सव मनाएका हुन्। उनले असायलाइ एक छाकका खाना खुवाए।प्रदेश प्रमुख जोशीले असायको सेवामा लाग्न प्रदेशवासीलाई आग्रह समेत गरे। ‘असायमा परेका नागरिकहरुको सेवा गर्नु धर्म हो’, प्रदेश प्रमुख जोशीले भने। ‘यसमा सबै नागरिकहरु लाग्न आवश्यक छ।’ उनले आफ्नो तर्फबाट आश्रमलाई सक्ने सहयोग रहने प्रतिबद्धता समेत गरे।

Read More

काठमाडौं-नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित गरेको छ। केन्द्रीय सचिवालयको मंगलबार साँझ बसेको बैठकले उम्मदेवार सिफारिसको मापदण्ड पारित गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। एमालेले वडाध्यक्ष र सदस्यहरुको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने विधि तय गरेको छ।विगतमा जस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने गुरुङले बताए। त्यस्तै महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टिकट केन्द्रबाट दिइने र त्यसको सिफारिस जिल्ला र प्रदेश कमिटीले गर्नेछन्।

Read More

काठमाडौं – संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ। संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधार २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन चैत १ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको जनाएको छ। अधिवेशन अन्त्य भएसँगै बुधबारका लागि तोकिएको प्रतिनिधि सभा बैठक र अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक अन्त्य भएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जनाएका छन् ।

Read More

काठमाडौं-यही चैत ३ गतेदेखि सुरु हुने १२ औँ कपिलवस्तु महोत्सवस्थलमा निर्माण गरिएको बुर्ज खलिफा आकारको प्रवेशद्वार। झन्डै ४५ फिटको यो प्रवेशद्वार बनाउन भारतको चेन्नईबाट कामदार आएका थिए ।

Read More

काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी शिवम् एयरलाइन्सलाई उडान अनुमति दिएको छ। एक वर्षदेखि उडान इजाजतका लागि प्रक्रिया सुरु गरेको उक्त एयरलाइन्सले मन्त्रालयबाट आधिकारिक इजाजत पत्र पाएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए। उनले भने, “शिवम् एयरलाइन्सले विकट गन्तव्य उडानका लागि मन्त्रालयबाट अनुमति पाएको छ, अब उसले पश्चिम क्षेत्रमा बेस राखेर नियमित उडान गर्न सक्नेछ।” मन्त्रालयबाट उडान अनुमति पाए पनि उक्त एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लिनुपर्ने प्रक्रिया भने बाँकी रहेको छ। प्राधिकरणबाट उडानका लागि पाँच चरणको प्रक्रिया पूरा भएसँगै एक वर्षभित्रै सेवा सुरु गर्ने योजना रहेको उक्त एअरलाइन्सका सञ्चालकमध्येका दिनेश आचार्यले बताए। उनले…

Read More

काठमाडौँ-युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालले खेलकुदमा एन्टी डोपिङको अभियानलाई सार्थक बनाउने बताएका छन्। संयुक्त अरब इमिरेट्स ९युएई० को दुबईमा जारी खेलकुदमा एन्टी डोपिङसम्बन्धी १७औँ एशिया/ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा मन्त्री गहतराजले नेपालको तर्फबाट प्रतिबद्धतासहितको प्रस्तुती गरेका हुन्। यस्तै मन्त्रालयका सचिव डा दामोदर रेग्मीले नेपालले राष्ट्रिय एन्टी डोपिङ संस्था बनाउने क्रममा निर्देशक समिति गठन गरी प्रक्रिया सुरु गरेको बताए। उनले आगामी दिनमा एन्टी डोपिङसम्बन्धी नीति तथा कानुन निर्माण गरी खेललाई स्वच्छ बनाउन सकारात्मक योगदान पुग्ने धारणा व्यक्त गरे। बैठकमा नेपालको प्रयासको सहभागी राष्ट्रले सराहना गरेका सचिव रेग्मीले सामाजिक सञ्जालमार्फत जानकारी दिए। बैठकमा ४५ देशको सहभागिता रहेको छ। बैठकले सन् २०२२…

Read More

बैतडी-बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि दनपा–५ दशरथचन्द र दनपा–४ खलङ्गा भिड्ने भएका छन्। आज भएको दोस्रो सेमिफाइनलमा दनपा–६ थालिगडालाई ४ विकेटले हराउँदै दशरथचन्दले उपाधि भिडन्त पक्का गरेको हो। खलङ्गा गत संस्करणको विजेता हो भने दशरथचन्द उपविजेता हो। गत वर्ष दशरथचन्दलाई ४ रनले हराउँदै खलङ्गाले उपाधि हात पारेको थियो। आजको खेलमा थालिगडाले दिएको १३४ रनको लक्ष्य दशरथचन्दले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो। उसका लागि सुदीप टमटाले ३३ र जगदीश चन्दले अविजित २६ रनको योगदान दिए। बलिङतर्फ थालिगडाका सौरभ चन्दले २ विकेट लिए। त्यसअघि पहिला ब्याटिङ गरेको थालिगडा १६।१ ओभरमा १३३ रनमा समेटियो।…

Read More