बैतडी-बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि दनपा–५ दशरथचन्द र दनपा–४ खलङ्गा भिड्ने भएका छन्।
आज भएको दोस्रो सेमिफाइनलमा दनपा–६ थालिगडालाई ४ विकेटले हराउँदै दशरथचन्दले उपाधि भिडन्त पक्का गरेको हो। खलङ्गा गत संस्करणको विजेता हो भने दशरथचन्द उपविजेता हो। गत वर्ष दशरथचन्दलाई ४ रनले हराउँदै खलङ्गाले उपाधि हात पारेको थियो।
आजको खेलमा थालिगडाले दिएको १३४ रनको लक्ष्य दशरथचन्दले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो। उसका लागि सुदीप टमटाले ३३ र जगदीश चन्दले अविजित २६ रनको योगदान दिए।
बलिङतर्फ थालिगडाका सौरभ चन्दले २ विकेट लिए। त्यसअघि पहिला ब्याटिङ गरेको थालिगडा १६।१ ओभरमा १३३ रनमा समेटियो। उसका लागि कल्पेस चन्दले ३७ र मनोज ऐरीले ३६ रनको योगदान दिए।
बलिङतर्फ दशरथचन्दका रोविन चन्द एक्लैले ५ विकेट लिए। उनी खेलका म्यान अफ दी म्याच चुनिएको स्कोरर खेमराज भट्टले जानकारी दिए।उपाधिका लागि बुधबार खेल हुने दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए।
उपाधि विजेताले रु ७५ हजार र उपविजेताले रु ५० हजार पुरस्कार पाउने समितिका संयोजक रमेश भट्टले बताए। दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा गत फागुन २५ देखि सञ्चालन भएको प्रतियोगितामा ११ टोली सहभागी थिए।रासस