काठमाडौं: राजावादी हिंसात्मक आन्दोलनमा दुई जनाको ज्यान गएको छ। कोटेश्वर तीनकुने क्षेत्रमा भएको आगजनीमा एक जना पत्रकार र उपचार क्रममा त्रिभुवन विश्वविद्यालय,शिक्षण अस्पतालमा अर्को एक जनाको निधन भएको हो।
तीनकुनेमा घाइते भएका २९ वर्षे सविन महर्जनको उपचार क्रममा निधन पुष्टि भएको हो। उनी कीर्तिपुर नगरपालिका ४, भत्केको पार्टीस्थित गाम्चाका बासिन्दा रहेको बुझिएको छ।
राजावादीहरुले पहिले तोडफोड र पछि आगो लगाएको घरमा एभिन्युज टेलिभिजका फोटो पत्रकार सुरेश रजक फसेका थिए। डढेर चिन्न नसक्ने अवस्थामा उनको शव भेटिएको छ।
Facebook Comments Box