कैलाली-नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर – ४ मा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ सुरु भएको छ । मंगलबार अत्तरियामा आयोजित एक कार्यक्रमका बिच १ महिने अभियान सुरु गरिएको हो।नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर – ४ का सभापति बसन्त रोकायाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् उक्त अभियानका केन्द्रिय प्रतिनिधि गोबिन्द बहादुर शाह रहेका थिए।
शाहले सबै एकजुट भएर कांग्रेसलाई जिताउन अभियानमा लाग्न आग्रह गर। उनले वडा वडामा प्रतिनिधि खटाएर अभियान संचालन गरिने बताए।कार्यक्रममा बोल्दै कांग्रेस कैलालीका नवनिर्वाचित जिल्ला सभापति नारायण दत्त भट्टले पार्टीको जिल्ला तहमा कुनै मतभेद नरहेको बताए। उनले अबको चुनावमा तेरो मेरो मान्छे भन्दा पनि जनताको मान्छेले टिकट पाउने बताए।
Facebook Comments Box