Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले कञ्चनपुरको निमार्ण कम्पनी भवानी कन्ट्रक्सनको कागजपत्र नियन्त्रणमा लिएको छ। महाकाली नदीको नदीजन्य पर्दाथको रोयल्टी संकलनको जिम्मेवारी पाएको भवानी कन्ट्रक्सनले राजश्व चुहावट गरेको आरोपमा अख्तियारले १ सय ठेली लगायतका कागजपत्र नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका कार्यालय प्रमुख राम बहादुर कुरूम्वाङले उजुरी परेपछि अनुसन्धानका लागि निमार्ण कम्पनीको कागजपत्र नियन्त्रणमा लिएको जानकारी दिए। कम्पनीले रोयल्टि संकलनका लागि भीमदत्त नगरपालिकासंग प्रति घनमिटर रु ७५ का दरले ठेक्का सम्झौता गरेको थियो।

Read More

कञ्चनपुर – झन्डै डेढ दशकअघि कञ्चनपुरमा सुरु भएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर निर्माणमा अरबौँ रुपैयाँ खर्च भए पनि पानी भने अझै बग्न सकेको छैन। राष्ट्रिय गौरवको आयोजनामा समेत समेटिएको महाकाली सिँचाइ आयोजनाले डेढ दशकमा २५ किलोमिटर मूल नहर पनि तयार गर्न सकेको छैन। आयोजना सुरु भएदेखि अहिलेसम्म चार अर्ब ९२ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिए। अहिलेसम्म १३ किलोमिटर मूलनहर निर्माण सकेर आयोजनाले दुई अर्ब ३२ करोड रुपैयाँको लागतमा थप १५ किलोमिटर मूल नहर निर्माण गरिरहेको छ। नेपाल–भारत सिमानाभन्दा वर भीमदत्त नगरपालिका–९० मा छुटेको दुई सय २० मिटर मूल नहर पनि…

Read More

काठमाडौं-इतिहास शिरोमणि बाबुराम आचार्यको जन्मजयन्तीको दिन पारेर फागुन २९ गतेलाई इतिहास दिवस घोषणा गर्न माग गरिएको छ। आचार्यको १३५औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित ‘बाबुराम आचार्य र उनको योगदान’ विषयक विचार गोष्ठीमा यस्तो माग गरिएको हो। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै संस्कृतिविद् डा गोविन्द टण्डनले बाबुराम आचार्यले नेपालको प्रामाणिक इतिहास लेखनमा पु¥याउनुभएको योगदानको कदर गर्दै उनको जन्म दिनलाई इतिहास दिवस घोषणा गर्न माग गरेको हो। “आचार्यअघिका इतिहासकारले वंशावलीगाथालाई नै इतिहासमा रूपमा लेख्ने गरेका थिए, आचार्यले प्रामाणिक इतिहासको लेखन सुरु गर्नुभयो, नेपालमा रहेको विश्वको सर्वोच्च शिखरको नाम विदेशीको नाममा नामकरण भएकामा सगरमाथा…

Read More

काठमाडौँ- साइबेरिया हिँडेका ६ जना नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ। भिजिट भिसामा फ्लाई दुबईको जहाजबाट शनिवार बिहान साइबेरिया हिँडेका उनीहरूले आवश्यक कागजात पेस गर्न नसकेको अध्यागमन कार्यालयले जनाएको छ। अध्यागमन कार्यालयका अनुसार लोकेश बुढा, माया कुमारी विक, पिल कुमारी बिक, तारा तिलिजा पुन, दिपेश पुन मगर र निर्माला क्षेत्री रहेका छन्। उनीहरूले आवश्यक कागजात पेस गर्न नसकेको अध्यागमन कार्यालयले जनाएको छ।

Read More

काठमाडौं-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीको तलब भत्ताको व्यवस्था नगर्ने भएको छ।स्वास्थ्य मन्त्रालयले आइतबार सात वटै प्रदेश र ७५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ताको व्यवस्था नहुने स्पष्ट पारेको छ। अहिले कर्मचारी समायोजन मिलान सम्बन्धी मापदण्ड २०७७ तथा स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलान सम्बन्धी व्यवस्था २०७७ बमोजिम सम्बन्धित तहहरूको दोहोरो सहमतिका आधारमा मन्त्रालयबाट स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलान भइरहेको छ। दोहोरो सहमति अनुसार समायोजन मिलान भएका कर्मचारीलाई केही प्रदेश/स्‍थानीय तहहरूले दरबन्दी रिक्त नभएका कारण हाजिर गराउन नसकिने भनी फिर्ता गर्ने गरेको र केही प्रदेश/स्थानीय तहहरूले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारीलाई सहमति दिई मन्त्रालयसँग थप तलब भत्ता समेत माग गर्ने…

Read More

काठमाडाैं – उत्तर एटलान्टिक सैन्य गठबन्धन (नेटो) प्रमुखले रूसले यूक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएका छन् । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले आइतबार रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने र त्यो युद्ध अपराध हुने जर्मन पत्रिकालाई दिएको अन्तर्वार्तामा बताएका हुन् । उनले रूस-यूक्रेन युद्धमा रूसले रासायनिक हतियार प्रयोग गर्नसक्ने जोखिमबारे बोले पनि यसबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा तर्कसङ्गत आधार प्रस्तुत नभएको रूसी स्रोतले बताएको छ । यसैबीच स्टोलटेनबर्गले रुसले पछिल्ला दिनहरुमा यूक्रेनले रासायनिक वा जैविक हतियार बनाइरहेको गलत सूचना फैलाएर आफूले त्यस्तो आक्रमणको तयारी गरेको हुन सक्ने जर्मन पत्तिकासँगको अन्तवार्तामा बताएको सो पत्रिकाले आइतबार उल्लेख गरेको छ ।…

Read More

काठमाडौँ -नेकपा एमालेले माधवकुमार नेपालसहितका १४ सांसदलाई गरेको कारबाहीसम्बन्धी मुद्दमा चैत २० गतेदेखि पूर्ण सुनुवाइ हुने भएको छ । आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले लिखित जवाफ परिसकेको र मुद्दामा उठाइएका संवैधानिक र कानुनी प्रश्नको निरुपण छिटो छरितो रुपमा हुनु मनासिव देखिएको भन्दै चैत २० गते पेशी तोकी पूर्ण सुनुवाइ गर्ने आदेश दिएको छ । नेपालसहितका सांसदलाई नेकपा एमालेले गरेको कारबाहीलाई मान्यता नदिएपछि अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलगायत विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । Tags :नेकपा एमालेमाधवकुमार नेपालसर्वोच्च अदालतसांसद

Read More

कञ्चनपुर – जिल्लाको शुक्लाफाँटा नगरपालिका ४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकीलाई उपलब्ध गराएका उपकरण प्रयोगविहीन बनेका छन्। सुदूरपश्चिम सरकारले उपलब्ध गराएका उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा प्रयोगविहीन भएका हुन्। “लाखौं मूल्यका अल्ट्रासाउण्ड, इसिजी, एक्सरेलगायतका उपकरण सञ्चालन गर्नका लागि तालिमप्राप्त जनशक्ति चाहिन्छ”, स्वास्थ्यचौकी प्रमुख दुर्गादत्त भट्टले भने, “जनशक्ति नहुँदा महिनौँदेखि उपकरण कोठामै थन्किएका छन्।” कोभिड–१९ सङ्क्रमणका बेला नगरपालिकाले नियुक्त गरेका चिकित्सकले केही दिन उपकरण सञ्चालनमा ल्याएका थिए। नगरपालिकाको करार सम्झौता सकिएपछि चिकित्सक फिर्ता भएसँगै उपकरण स्वास्थ्यचौकीको कोठमा थन्क्याइएका छन्। “चिकित्सकले केही उपकरणमात्रै आंशिकरूपमा सञ्चालन गरेका थिए”, उनले भने, “केही उपकरण दक्ष जनशिक्तकै अभावमा सञ्चालन हुनसकेका छैनन्।” दुर्गमका ग्रामीण क्षेत्रका बासिन्दालाई सहजरूपमा स्वास्थ्य…

Read More

काठमाडौं- नेपाली सेनाले पाकिस्तानमा यही फागुन २३ देखि २५ गतेसम्म भएको ‘पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता’ मा स्वर्ण पदक जित्न सफल भएको छ। जङ्गल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि एक सय किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगिता सबैभन्दा पहिले पूरा गरी नेपाली सेना स्वर्ण पदक जित्न सफल भएको थियो।प्रतियोगितामा प्रमुख सेनानी सुधीर केसी, सहसेनानी पवन खत्री, उपसेनानी अनमोल प्रसाईं, जमदार राजकुमार सारु मगर, हुद्दाद्वय कृष्ण गुरुङ र मानकाजी तामाङ, प्युठ मनोज थापा, निकराज गुरुङ, युवीन अमगाईं, कपिल लामा र सिपाही अशोकबहादुर बम सहभागी थिए। नेपाली सेनाले त्यो प्रतियोगितामा पहिलो…

Read More

काठमाडौं- सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य देश रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनस् सुरु गर्ने निर्णय गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुनस् सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेको हो। मित्रराष्ट्र मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल-मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणीकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको छ। कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरु जान…

Read More