Author: महेन्द्रनगर पोष्ट

नयाँदिल्ली – भारतमा बिहीबार एकै दिन ७ हजार २ सय ४० जनामा कोभिड संक्रमित देखिएका छन् । यो अघिल्लो महिनाको तुलनामा ४० प्रतिशत बढी हो । महाराष्ट्र र केरलामा संक्रमण दर ह्वात्तै बढेको छ । तीन महिनापछि (९४ दिन) पहिलो पटक बुधबार दैनिक कोभिड संक्रमित दर ५ हजार नाघेको थियो । भारतमा अहिले ३२ हजार ४९८ जना सक्रिय संक्रमित छन् । केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दैनिक संक्रमण दर १ दशमलब ३१ प्रतिशत छ । साप्ताहिक संक्रमण दर भने २ दशमलब १३ छ । पछिल्लो २४ घन्टामा कोभिडबाट ८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा अहिलेसम्म कोभिडबाट…

Read More

काठमाडौं – भारतका १६ वर्षीय एक किशोरले अनलाइन खेल पबजी खेल्न नदिएको भन्दै आमाको हत्या गरेका छन् । यो घटना भारत लखनउको यमनापुरम कोलोनीको हो । १६ वर्षीय किशोरमा पबजीको लत थियो । तर आमाले उनलाई पबजी नखेल्न भन्थिन् । यही झोँकमा उनले बुवाको लाइसेन्सप्राप्त पेस्तोलले गोली हानेर आमाको हत्या गरिदिए । उनका बुवा भारतीय सेनामा कार्यरत छन् । उनी जागिरको सिलसिलामा पश्चिम बङ्गालमा तैनाथ थिए । घरमा आमा र दुई बच्चा बस्थे । गत आइतबार बिहान ३ बजेतिर पबजीको लतमा रहेका छोराले आमाको हत्या गरे । प्रहरीले ती किशोरलाई नियन्त्रणमा लिएको छ र घटनास्थलबाट क्षतविक्षत लाससहित पेस्तोल बरामद भएको…

Read More

काठमाडौं – सुनको मूल्य आज ५०० रुपैयाँले बढेको छ । आज नेपाली बजारमा प्रतितोला ९८ हजार रुपैयाँ पुगेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य आज ५०० रुपैयाँले बढेको हो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ ।

Read More

काठमाडौं – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन् । आज काठमाडौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्न सुझाव दिए । ‘जनताले विश्वास गरेका छन्, जनताको अझ बढी विश्वास जितेर काम गर्नुस्,’ नेता सिंहले भने, ‘आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्नुस् ।’ काठमाडौं महानगरपालिकामा मेयर पद नजिते पनि ३२ मध्ये १९ वटा वडामा जितेको बताउँदै उनले चुनाव फेरि-फेरि पनि आउँछ भन्ने कुरालाई ख्याल गरेर काम गर्न सुझाव दिए । उनले भने, ‘मलजल गर्‍यो भने नेपाली काँग्रेस अझ राम्रो हुन्छ । पार्टी…

Read More

धनगढी – अवैध लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कन्चनपुर पुनरवास नगरपालिका-१ बस्ने ४२ वर्षीय डब बहादुर तामाङ, पुनरवास नगरपालिका-१ बस्ने ३५ वर्षीय कान्छा तामाङ र पुनरवास नगरपालिका-१ बस्ने २८ वर्षीया अन्जु सार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले धनगढी उपमहानगरपालिका-१ सेती प्रादेशिक अस्पताल नजिकबाट डब बहादुरलाई ३० ग्राम, सोही उपमहानगरपालिका-२ त्रिनगर भन्सारबाट कान्छालाई १० ग्राम र थप अनुसन्धानका क्रममा सोही उपमहानगरपालिका-३ ट्राफिक चौराहबाट अन्जुलाई नगद ४९ हजार रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । लागूऔषध खैरो हेरोईन बिक्री वितरणमा एउटा समूह नै सक्रिय…

Read More

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग पहिलो खेल खेल्दैछ । बुधबारदेखि सुरु भएको श्रृंखलामा ओमान पहिलो खेलमा घरेलु टोली अमेरिकासँग ११४ रनले पराजित भएको थियो । पर्लयाण्डस्थित मोसा क्रिकेट स्टेडियममा ओमानले पहिलो खेल खेलिसक्दा नेपाल भने त्यही टिमसँग आफ्नो पहिलो खेल खेल्न लाग्दैछ । खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । अमेरिकाको फरक कन्डिसनमा खेल्नु अघि नेपालले १० दिनअघि नै अमेरिका गएर लिग टू का लागि तयारी गरेको थियो । त्यहाँको स्थानीय टिमसँग दुई अभ्यास खेल खेल्नुका साथै नेपालले प्रशिक्षण समेत गरेको थियो ।…

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो । मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई चर्को दबाब दिइरहेका छन् । तर, दुवै पार्टीमा मन्त्री बनेकाहरू सरकारबाट फिर्ता हुन चाहिरहेका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले न्युज कारखानासँग भनेका छन्, ‘हामीलाई फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने केही भएको छैन । भएको भए पो भन्‍नु । तपाईंहरूले केही नभई बारम्बार सोध्नुहुन्छ ।’ एकीकृत समाजवादीका खतिवडाको यो भनाइले मन्त्री पद छाड्न उनी पनि…

Read More

जलेश्वर – महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । बालिकाको शव परीक्षणका लागि गए राति प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं- नेपाल सरकारले मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भारत निर्यात गर्न थालेको छ। बुधबार रातिदेखि मध्य मर्स्याङ्दीसहित पाँच वटा आयोजनाको ३ सय १२ मेगावाट विद्युत् भारत निर्यात गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। त्रिशूली, देवीघाट, कालीगण्डकी र मर्स्याङ्दी जलविद्युत् आयोजनाले यसअघि नै भारतमा विद्युत् बेच्न थालिसकेका थिए।नेपाली विद्युतले भारतीय बजारमा भाउ पनि राम्रो पाइरहेको छ। बुधबबार राति १२ बजेदेखि भरे राति १२ बजेसम्मको लागि प्रतियुनिट औसत भारतीय ६ रुपैयाँ ८८ पैसा अर्थात नेपाली ११ रुपैयाँमा बिक्री भइरहेको छ। आज निर्यात भइरहेको परिमाण र मूल्य अनुसार एकैदिन झन्डै साढे सात करोड रुपैयाँको विद्युत् भारत निर्यात हुने प्राधिकरणले जनाएको…

Read More

कैलाली- कैलालीमा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिकास्थित पाण्डेय चोकमा मोटरसाइकलले ठक्कर दिँदा घोडाघोडी नगरपालिका वडा नम्बर २ की ५१ वर्षीया तारा रावलको मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार राति छाडा चौपाया धपाउने क्रममा पुर्वबाट पश्चिमतर्फ आइरहेको सुपप्र ०१००८ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ठक्करबाट घाइते भएकी रावललाई उपचारका लागि घोडाघोडी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्ररहरीले जनाएको छ। मोटरसाइकल चालक बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का २० वर्षीय अशोक शाही घाइते रहेको प्रहरीले जनाएको छ। उनको सुखड अस्पतालमा उपचार भइरहेको छ।

Read More