Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – आज बुधबार छापावाल सुनको मूल्य १२०० रुपैँयाले घटेर ९९ हजार ३०० रुपैँयामा कायम भएको छ र चाँदीको मूल्य तोलाको १० रुपैँयाले घटेर १३ सय ७० रुपैयाँमा कायम भएको नेपाल सुन/चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । साथै, तेजावी सुनको मूल्य पनि तोलाको ९८ हजार ८०० रुपैयाँमा कायम हुन पुगेको छ ।

Read More

काठमाडौं – युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले शान्तिवार्ताको विषयमा बोलेका छन् । उनले रुससँग अब वास्तविक छलफल भइरहेको जानकारी दिएका छन् । उनले फेसबुकमा जनतालाई सम्बोधित गर्दै रुसमाथि जीतका लागि युक्रेनका सबै नागरिकको समर्थन आवश्यक भएको पनि बताएका छन् । यसमा रुससँग जुममार्फत् कुराकानी गरिरहेको समुह पनि समावेश छ । युक्रेनले आफू नेटोमा समावेश नहुने औपचारिक घोषणा गर्नुपर्ने रुसको दबाब छ । साथै, पूर्वी युक्रेनका पृथकतावादी विद्रोही क्षेत्र दोनेन्स्क र लुहान्स्कलाई स्वतन्त्र देशको रुपमा मान्यता दिनका लागि रुसले युक्रेनलाई आग्रह गरेको छ । दुुबै देशबीच लगातार वार्ता भइरहेको छ, जुन बुधबार पनि जारी रहेको छ । युक्रेनका प्रतिनिधि मिखाइल पोदलियाकले दुई…

Read More

कैलाली-कैलाली प्रहरीले होली पर्वलाई सभ्य तरिकाले मनाउन सम्पूर्णमा आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालयले फागू पूर्णिमाको अबसर पारेर शुभकामना दिदै यस्तो आग्रह गरेको हो। होली पर्व नजिकिएसंगै यस पर्वमा जबरजस्ती रङ दल्ने र लोला हान्ने जस्ता क्रियाकलाप नगर्न प्रहरीले अनुरोध गरेको छ। रमाईलो तथा मनोरञ्जनका नाममा हुनसक्ने उच्छृङ्खल तथा अपराधिक गतिविधि हुन वा गर्न नदिन सबैले सुरक्षाका उपायहरुमा ध्यान दिन पनि अनुरोध गरिएको हो। पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छाविपरीतका कार्य भए प्रहरी कानुनी रूपमा प्रस्तुत हुने समेत प्रहरीले चेतावनी दिएको छ।

Read More

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।  संसद् अधिवेशन अन्त्यको भोलिपल्ट एमालेले बैठक बोलाएको हो। बैठक दिउँसो दिउँसो ३ संसद भवनको ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिए। उनले सरकारले संसद अधिवेशन अन्त्य गर्नुको कारणबारे छलफल र निर्णय लिइने बताए। मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

Read More

काठमाडौँ -नेपाल प्रहरीले अहिले सुक्खा मौसममा हावाहुरी चल्ने, घर, पसल, कार्यालय र वनलगायतमा आगलागी भई जनधनको ठूलो क्षति हुने गरेको विगतको तथ्य स्मरण गराउँदै विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।महानगरीय प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरी मुख्यतः चैत, वैशाख र जेठ महिनाका करिब १०० दिन आगलागीका विपद्जन्य घटना बढी हुनसक्ने भएकाले त्यस्ता घटना हुन नदिन र भइहालेमा पनि कम क्षतिमा नियन्त्रण गर्नका लागि जनस्तरबाटै सावधानी अपनाउन आग्रह गरेको छ । आगलागीका घटना नियन्त्रण र क्षति न्यूनीकरणका लागि नेपाल प्रहरी प्रयासरत रहेको जानकारी गराउँदै परिसरका प्रवक्ता दिनेशराज मैनालीले केही कुराहरूमा ध्यान दिनसके आगलागी नहुने र भइहालेमा पनि कम क्षतिमा नियन्त्रण…

Read More

काठमाडौं-फागु अर्थात होली पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन तयारी थालिएको छ। काठमाडौं उपत्यकालाई लक्षित गर्दै विशेष सुरक्षा योजना बनाइएको छ। होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ३५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ। होली पर्वका नाममा उच्छृङ्खल र अराजक गतिविधि हुन नदिन सुरक्षा योजना लागू गरिएको महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले बताए। जथाभावी लोला हान्ने, पानी छ्याप्ने, ट्राफिक नियमको पालना नगर्ने, जाँड रक्सी खाएर गाडी चलाउने, झैझगडा गर्ने र दुर्व्यवहार गर्नेमाथि कडा कारबाही हुने उनले बताए। उनकानुसार ६८ वटा चोकमा चेकप्वाइन्ट राखिएको छ। सादा पोसाकका ट्राफिक प्रहरीसहितको टोलीले संयुक्त…

Read More

काठमाडौं-आईसीसी विश्वकप लिग टु क्रिकेट अन्तर्गतको एकदिवसीय सिरिजमा नेपालले आज पपुवा न्युगिनी ९पीएनजी० सँग प्रतिस्पर्धा गर्दै छ। युएईमा नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ। पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ। नेपालले यस अघि पीएनजीविरुद्ध दुई एकदिवसीय खेल खेलेको छ। दुबै खेलमा नेपालले जित निकालेको छ। जसको कारण पनि नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ। लिग टु मा नेपालले ८ खेलमा ८ अंक जोडेको छ। नेपाल छैटौं स्थानमा रहेको छ। अंक विहीन पीएनजी १३ खेल खेल्दै पुछारमा रहेको…

Read More

काठमाडौं-युक्रेनको राजधानी कीभमा ३५ घण्टे कर्फ्यु लगाइएको छ। कीभका मेयर भिटाली क्लिट्स्कोले कठिन र खतरनाक क्षणको चेतावनी दिँदै राजधानीमा ३५ घण्टाको कर्फ्यु घोषणा गरेका हुन्। रूसी हवाई हमलाले रातभर एउटा मेट्रो स्टेशन र आवासीय भवनहरूमा आक्रमण गर्दा चार जनाको मृत्यु भएको थियो। यस्तै, रूसी सेनाले मारिउपोलको एक अस्पतालभित्र डाक्टर र बिरामीसहित ४०० जनालाई बन्धक बनाएर राखेको डेपुटी मेयरलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। मंगलबार मात्रै करिब २० हजार मानिसहरुले शहर छाड्न सफल भएको एक वरिष्ठ युक्रेनी अधिकारीले जानकारी दिएका छन्। यसैबीच, युक्रेनी र रूसी अधिकारीहरुबीचको वार्ता आज पनि जारी रहने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।एजेन्सी

Read More

बाजुरा-जिल्ला सदरमुकाम मार्तडीमा स्यालका अंगहरु फेला पारेको छ। मारेको स्यालका केही अंगहरु पोका बाधेर फालेको अवस्थामा फेला पारेको हो। मार्तडी बजारमा अनुगमनका क्रममा बरामद गरिएका सामाग्री टिप्परमा लगेर जलाउँने क्रममा स्यालको टाउँको, खुट्टा र आन्द्रा फेला पारेको अनुगमन टोलीले जनाएको छ। बडीमालिका नगरपालिकाको फोहोर उठाउँने टिप्परमा बजार अनुगमनका क्रममा पसलमा भेटिएका म्याद सकिएका सामानहरु जलाउन लैजादै गर्दा प्लाष्टिकको बोराभित्र बाधेर टिप्परमा फालेको अवस्थामा फेला परेको हो। स्यालको खुट्टामा मार्नका लागि प्रयोग गरिने पासो समेत फेला पारेको प्रहरीले जनाएको छ। स्यालका अंगहरु टुक्रा–टुक्रा पारेर बोरामा बाधेर फोहोर बोक्ने टिप्परमा राखेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ।खसी बोकाको मासु भनेर स्याल लगायतका वन्यजन्तुको…

Read More

काठमाडौं-बुधवार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । राती देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

Read More