बाजुरा-जिल्ला सदरमुकाम मार्तडीमा स्यालका अंगहरु फेला पारेको छ। मारेको स्यालका केही अंगहरु पोका बाधेर फालेको अवस्थामा फेला पारेको हो।
मार्तडी बजारमा अनुगमनका क्रममा बरामद गरिएका सामाग्री टिप्परमा लगेर जलाउँने क्रममा स्यालको टाउँको, खुट्टा र आन्द्रा फेला पारेको अनुगमन टोलीले जनाएको छ। बडीमालिका नगरपालिकाको फोहोर उठाउँने टिप्परमा बजार अनुगमनका क्रममा पसलमा भेटिएका म्याद सकिएका सामानहरु जलाउन लैजादै गर्दा प्लाष्टिकको बोराभित्र बाधेर टिप्परमा फालेको अवस्थामा फेला परेको हो।
स्यालको खुट्टामा मार्नका लागि प्रयोग गरिने पासो समेत फेला पारेको प्रहरीले जनाएको छ। स्यालका अंगहरु टुक्रा–टुक्रा पारेर बोरामा बाधेर फोहोर बोक्ने टिप्परमा राखेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ।खसी बोकाको मासु भनेर स्याल लगायतका वन्यजन्तुको मासु विक्रि वितरण भईरहेको छ की भनेर शंकाको विषय बनेको छ, यहाँ उपभोक्ताहरु सशंकित भएका छन्।